लोकसेवाद्वारा नयाँ भर्ना कार्यतालिका सार्वजनिक , १५ जेठमा ८ हजारको संख्यामा भर्ना खुल्दै

१० जेष्ठ २०७६, शुक्रबार ०७:२२

काठमाडौं – लोकसेवा आयोगले आगामी १५ जेठमा पहिलो चरणअन्तर्गत ८ हजार पदमा कर्मचारी भर्नाका लागि विज्ञापन आह्वान गर्ने भएको छ । आयोगले लामो अन्योल चिर्दै ठूलो संख्यामा कर्मचारी भर्नाको नयाँ प्रक्रिया थालेको हो ।

आयोगले स्थानीय तहका लागि कर्मचारी भर्ना प्रक्रियाको कार्यतालिका सार्वजनिक गर्दै भर्ना खुलाउने औपचारिक घोषणा गरेको हो । आयोगले बिहीबार स्थानीय तहका पदको पदपूर्तिसम्बन्धी विशेष कार्यतालिका सार्वजनिक गर्दै जेठको तेस्रो बुधबार खुलातर्फको पदपूर्तिको विज्ञापन आह्वान गरिने जानकारी दिएको छ ।

कार्यतालिकाअनुसार चौथो, पाँचौं, छैटौं र नवौं तहसम्मका विभिन्न प्राविधिक तथा अप्राविधिक पदमा खुला प्रतिस्पर्धाका लागि विज्ञापन आह्वान गरिनेछ । आयोगका प्रवक्ता किरणराज शर्माका अनुसार हाल खुला प्रतिस्पर्धाका आधारमा लिइने पदका लागि मात्रै विज्ञापन आह्वान गर्न लागिएको हो । आन्तरिक प्रतिस्पर्धाका लागि भने छिट्टै अर्को प्रक्रिया सुरु गर्ने आयोगको तयारी छ । खुला प्रतिस्पर्धाका लागि झन्डै ८ हजारको संख्यामा विज्ञापन आह्वान हुने आयोगको आँकलन छ ।

यस्तो छ कार्यतालिका

लोकसेवा आयोगले प्रकाशित गरेको कार्यतालिका अनुसार नवौं तहका अप्राविधिक÷प्राविधिक पदमा खुला प्रतिस्पर्धाका लागि लिइने परीक्षाको लिखित परीक्षा आगामी भदौमा हुनेछ भने नतिजा प्रकाशन असोजमा हुनेछ । यसैगरी, अन्तर्वार्ता र सिफारिस कात्तिकमा गरिनेछ ।

छैटौं तहका अप्राविधिक पदको पहिलो चरणको लिखित परीक्षा साउनमा सञ्चालन हुनेछ र साउनमै नतिजा प्रकाशन हुनेछ । त्यस्तै, द्वितीय चरणको लिखित परीक्षा भदौ–असोजमा हुनेछ भने असोज÷कार्तिकमा नतिजा प्रकाशन भई कार्तिक÷मंसिरमा अन्तर्वार्ता र सिफारिस गरिनेछ ।

त्यस्तै, छैटौं तहका प्राविधिक पदको पहिलो चरणको लिखित परिक्षा साउनमा सञ्चालन हुनेछ र साउनमै नतिजा प्रकाशन हुनेछ । त्यस्तै, द्वितीय चरणको लिखित परीक्षा सञ्चालन भदौ÷असोज मा हुनेछ भने कात्तिकमा नतिजा प्रकाशन तथा कात्तिक÷मंसिरमा अन्तर्वार्ता र सिफारिस हुनेछ । पाँचौं तहका अप्राविधिक पदको पहिलो चरणको लिखित परीक्षा साउनमा सञ्चालन हुनेछ र साउनमै नतिजा प्रकाशन हुनेछ । त्यस्तै, द्वितीय चरणको लिखित परीक्षा सञ्चालन भदौ÷असोजमा हुनेछ ।असोज÷कात्तिकमा नतिजा प्रकाशन हुने र कात्तिक÷मंसिरमा अन्तर्वार्ता र सिफारिस गरिने आयोगको कार्यतालिकामा उल्लेख छ ।

यसैगरी, पाँचौं तहका प्राविधिक पदको लिखित परीक्षा साउन÷भदौा सञ्चालन हुनेछ । भदौमा नतिजा हुने र भदौ÷असोजमा अन्तर्वार्ता र सिफारिस गरिनेछ । चौथो तहतर्फका अप्राविधिक पदहरूको पहिलो चरणको लिखित परीक्षा साउनमा सञ्चालन हुनेछ र साउनमै नतिजा प्रकाशन हुनेछ । त्यस्तै, द्वितीय चरणको लिखित परीक्षा सञ्चालन भदौ÷असोजमा हुनेछ ।

असोज÷कात्तिकमा नतिजा प्रकाशन हुने र कात्तिक÷मंसिरमा अन्तर्वार्ता र सिफारिस गरिने आयोगको कार्यतालिकामा उल्लेख छ । त्यस्तै, प्राविधिक पदको लिखित परीक्षा साउन÷भदौमा सञ्चालन हुनेछ । भदौमा नतिजा प्रकाशन हुने तथा भदौ÷असोजमा अन्तर्वार्ता र सिफारिस गरिने आयोगले जानकारी गराएको छ । आयोगले परीक्षाका लागि स्थानीय तह लक्षित पाठ्यक्रम निर्माण गरी स्वीकृतिको प्रक्रियामा रहेको बताएको छ । पाठ्यक्रम पद र तहअनुसार फरक फरक हुनेछन् ।

Next Post

कर्णालीमा गणतन्त्र दिवसको भव्य तयारी

१० जेष्ठ २०७६, शुक्रबार ०७:२२
सुर्खेत – कर्णाली प्रदेशमा गणतन्त्र दिवस–२०७६ लाई भव्य रुपमा मनाउन तयारी शूरु गरिएको छ । शनिवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा वसेको वैठकले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षतामा गणतन्त्र दिवस मुल समितिको गठन गरेको छ । कर्णाली प्रदेश सभाका सभामुख, कर्णालीवाट संघीय संसदमा प्रतिनिधित्व गर्ने साँसद, उच्च अदालत सुर्खेतका मुख्य […]