बाजुरामा जहाज दुर्घटना, महासेनानी गुरुङको मृत्यु

१६ जेष्ठ २०७४, मंगलवार १८:१६

बाजुरा— नेपाली सेनाको कार्गो विमान बाजुराको कोल्टी विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा जहाज चालक महासेनानि क्याप्टेन कैलाश गुरुङको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। सहचालक मेजर अनिता अाले र सुवेदार पूर्ण खड्का घाइते छन्।

घाइतेहरुलाई सीता एयरको विमानबाट उपचारका निम्ति नेपालगञ्ज पठाइएको बाजुराका प्रहरी प्रमुख डिएसपी दलबहादुर बोगटीले जानकारी दिए। दुर्घटनामा ज्यान गुमाएका महासेनानी गुरुङको शवलाई पनि नेपालगञ्ज लगिएको छ।
घाइतेहरुलाई सीता एयरको विमानबाट उपचारका निम्ति नेपालगञ्ज पठाइएको बाजुराका प्रहरी प्रमुख डिएसपी दलबहादुर बोगटीले जानकारी दिए। दुर्घटनामा ज्यान गुमाएका महासेनानी गुरुङको शवलाई पनि नेपालगञ्ज लगिएको छ।

एन ए ४८ नम्बरको कल साइन भएको सो बिमान कार्गो बोकेर नेपालगञ्जदेखि हुम्लाको सिमिकोटका लागि उडेको थियो। त्यहाँ मौसम खराबीले अवतरण गर्न नसकेपछि चालकले विमानलाई कोल्टीतर्फ डाइभर्ट गरेका थिए। अवतरणका क्रममा विमानस्थल नजिकै ठोक्किएर पल्टिएको थियो।

जहाज धावन मार्ग पश्चिम पट्टिको डिलमा ठोक्किएर दुर्घटनामा परेको हो। जहाज करिब मध्यान्ह सवा १२ बजे अवतरणका क्रममा धावनमार्गमा पल्टिएको हो।
दुर्घटनापछि पाइलट बसेको ठाउँमा अागलागी भएको थियो। सेना तथा प्रहरीले तत्कालै उद्धार गरी उनीहरुलाँई विमानबाट बाहिर निकालेका थिए।

Next Post

यो सब लफडा फेरि केका लागि ?

१६ जेष्ठ २०७४, मंगलवार १८:१६
काठमाडाैं : कहीं नभएका र कहिल्यै नदेखिएका, अरुतिर कतै नहुने अचम्महरु यो देशमा एकपछि अर्को गर्दै देखिन थालेका छन् । एउटा त छँदैथियो, एउटै चुनाव दुईवटा प्रधानमन्त्रीले गराउने । अर्को थपियो, एउटै चुनावमा दुईथरि मापदण्ड र मतदाता तोक्ने । यस्तो काम दुनियाँमा कहीं भएको छैन । हुने सम्भावना पनि छैन […]