कालिकोटका १८ परिक्षा केन्द्रमा शिक्षा विभागले परिक्षा कडा गर्दै

६ चैत्र २०७५, बुधबार ०८:२९

कालिकोट – चैत १० गतेदेखि २१ गतेसम्म हुने एसईई परीक्षाका लागि कालिकोटका ९स्थानीय तहमा १८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ कालिकोटले जनाएको छ । ती केन्द्रबाट जिल्लाका ३ हजार ८ सय परीक्षार्थीले एसईई परीक्षा दिने छन् । जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख मकर भण्डारिका अनुसार, तीमध्ये नियमित साधारणतर्फ २ सय ६५ , नियमित प्राविधिक धारतर्फ ४७ जना, अपग्रेड २०७४ यताका २ सय ७० जना रहेका छन् ।

जिल्लाका ९ वटै स्थानियतहमा उत्तर पुस्तिका पुगिसकेको र प्रश्नपत्र मात्र ८ गते एकै साथ दिने भण्डारिले बताए । यसभन्दा अगाडि विद्यायालयहरुले परिक्षा फितलो गरि सिकाई उपलब्धिमा वृद्धि गराउने तर विद्यार्थि भने, माथिल्लो तहमा कमजोर परिणाम देखिएकाले स्थानिय तहमा गठित शिक्षा विभागहरुले यसपालिको परिक्षा कडाई गरिने जनाएको छ ।

कडाईका विच उत्कृष्ट नतिजा ल्याउने विद्यायार्थि र विद्यालय लाई स्थानिय तहले उचित पुरस्कार र अनुदानको पनि व्यावस्था गरेको नरहरिनाथ गाँउपालिका शिक्षा विभाग प्रमुख गगन बहादुर फडेराले बताए ।

एकाइले परीक्षार्थीको संख्या र विद्यालयदेखि परीक्षा केन्द्रको दूरीका आधारमा पायक पर्ने ठाउँहरूमा केन्द्र निर्धारण गरेको जनाएको छ  । कालिकोटको महावै देखि पलातासम्मका ९ स्थानीय तहमा परीक्षार्थीको संख्याका आधारमा एसईई परीक्षा केन्द्र निरधारण गरिएको छ  । समन्वय एकाइले माध्यमिक शिक्षा परीक्षालाई मयार्दित, व्यवस्थित, अनुशासित र शान्तमय वातावरणमा सम्पन्न गर्न केन्दा अध्यक्षहरु लाई एकदिने परिक्षकण दिइ परिक्षा केन्दमा खटाई सकेको बताए । उनले, पहिलो जस्तो परिक्षा फितलो नहुने पनि बताए ।

शिक्षा ऐन, २०२८ (संशोधन सहित), शिक्षा नियमावली २०५९ (संशोधन सहित), एसईई परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्दे्शिका, २०६८ (संशोधनसहित) लगायत अन्य प्रचलित नियम, ऐन–कानुन, नीतिगत व्यवस्था र निर्देशनहरूको अनिवार्य रूपमा पालना गर्ने गराउने सन्दर्भमा परीक्षासँग सम्बन्धित सवै सरोकारवालाका लागि लागू हुनेगरी आचारसंहिता समेत निर्माण गरिएको छ ।

आचारसंहिता अनुसार परीक्षार्थीहरूले परीक्षाको समयमा अनिवार्य रूपमा प्रवेशपत्र साथमा राख्नुपर्ने, प्रवेशपत्रमा उल्लिखित निर्देशनहरू तथा एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिकामा भएका परीक्षार्थीले पालन गर्नुपर्ने, प्रवेशपत्रबिना परीक्षामा बस्न नपाउने, नबसाउने, अन्यथा परीक्षाबाट निष्काशित गर्न सकिने पनि नियम बनाइएको छ  ।

Next Post

2075-12-06

६ चैत्र २०७५, बुधबार ०८:२९
[3d-flip-book id=”3751″ mode=”fullscreen” title=”false” template=”short-white-book-view” urlparam=”fb3d-page”]