नेपाललाइ खोप र सिलिन्डर तत्कालै दिने चीनको प्रतिबद्धता

मिसन न्यूज २४ बैशाख २०७८, शुक्रबार १६:४२

काठमाडौं- छिमेकी मित्रराष्ट्र चीनले तत्काल केही थान अक्सिजन सिलिन्डर र कोरोनाबिरुद्धको भ्याक्सिन उपलब्ध गराउने भएको छ । बेइजिङस्थित नेपाली दूतावासका अनुसार चीनले पहिलो चरणमा दिने भनेको ३ हजार ५ सय थान अक्सिजन सिलिन्डरमध्ये ४ सय थान र १० वटा भेन्टिलेटर चार दिनभित्र दिने प्रतिबद्धता चीनले जनाएको हो ।

चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेसहितको टोलीले बिहीवार चीनको परराष्ट्र मन्त्रालयअन्तर्गतको सहयोग प्रस्ताव हेर्ने निकाय चिनियाँ इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिड्का) का पदाधिकारी र भ्याक्सिन उत्पादक सिनोफार्मका अधिकारीहरूलाई भेटेर सहयोगका लागि अनुरोध गरेको थियो ।

गत वैशाख दोस्रो साता चीन र दक्षिण एसियाका पाँच मुलुकबीच भएको भिडियो वार्तापछि चीनले नेपाललाई महामारी प्रतिरोधका लागि घोषणा गरेको ५० लाख आरएमबी बराबरको सहायताअन्तर्गत अक्सिजन सिलिन्डर पठाउने भएको हो । नेपाली दुतावासका अनुसार चीनले बाँकी अक्सिजन सिलिन्डर भने दोस्रो र तेस्रो चरणमा क्रमशः उपलब्ध गराउने बताएको छ । त्यस्तै नेपालले किन्न चाहेको २० लाख डोजमध्ये १० लाख डोज कोरोना भ्याक्सिन पनि मे महिनाभित्र उपलब्ध गराउन सक्ने चीनले बताएको हो । ‘आउँदो मे १० तारिखसम्ममा तत्काल सहायता सामग्री व्यवस्था गरिदिन चिनियाँ पक्ष सहमत भएको छ, चीनले तुरुन्तै ४ सयवटा अक्सिजन सिलिन्डर र १० वटा भेन्टिलेटर तयार गरिदिने भनेको छ,’ सिड्काका महानिर्देशक पाई पिनसँगको भेटघाटपछि राजदूत पाण्डेले बताए ।

Next Post

नयाँ सरकार गठनको सम्भावना टर्‍यो, फेरि ओली नै प्रधानमन्त्री !

२४ बैशाख २०७८, शुक्रबार १६:४२
काठमाडौं – नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुको राजीनामा रोकिएसँगै बहुमतको नयाँ सरकार गठनको सम्भावना तत्काललाई टरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि संसदको अधिवेशन सोमबार बोलाइएको छ । विश्वासको मतका लागि प्रतिनिधिसभाका १३६ सांसदको समर्थन चाहिन्छ । प्रधानमन्त्री ओलीले नेतृत्व गरेको दल नेकपा एमालेका […]