हेलिकप्टरद्धारा सुत्केरी आमाको उद्दार

२६ मंसिर २०७४, मंगलवार १४:५७

कालिकोट/ सुत्केरीको ज्यान बचाउन हेलीकप्टर मार्फत उद्दार गरिएको छ । मंगलवार जिल्ला अस्पताल कालिकोटमा सुत्केरी भएकी खाँडाचक्र नगरपालिका–१ चन्द्रा शाहीलाई उद्दार गरिएको हो । चन्दाको अत्याधिक रक्तश्राव भएपछि थप उपचारका लागि मंगलबार बिहान हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ ।

सोमबार राती अप्रेसन गरेर छोरा जन्मिएपछि शाहीको अत्याधिक रक्तश्राव भएका कारणले हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला अस्पताल कालिकोटका डा. कौशल अलिले बताए । ‘अवस्था निकै जटिल थियो । राती अप्रेशन गरेर बच्चा निकालियो ।’ उनले भने,‘रक्तश्राव अत्याधिक भएपछि हेलिकप्टरमार्फत थप उपचारका काठमाडौं पठाइएको छ ।’

शाहीको अवस्था गम्भीर भएपनि जन्मिएको बच्चा निकै स्वस्थ्य रहेको जिल्ला अस्पताल कालिकोटका डा. अलिले बताए । ‘गर्भवती भएको ४२ हप्ता पुग्दा पनि सुत्केरी व्यथा नलागेको र औषधि प्रयोग गरी सुत्केरी व्यथा लगाउदा पाठयघरको मुख खुल्दा पनि बच्चा नजन्मिए पछि अप्रेशन गरी बच्चा जन्माईए हो ।’ उनले भने,‘पाठयघर च्यात्तिएर अत्याधिक रक्तश्राव भएर केश जटिल भएपछि नेपाल सरकारको लगानीमा हेलिकप्टर चाटर गरेर रिफर गरिए हो ।’

जिल्ला अस्पताल कालिकोटबाट यस आर्थिक बर्षमा १ सय ६३ जना महिला जिल्ला अस्पतालमा सुत्केरी हुन आएका मध्ये तीन जना सुत्केरीलाई हेलिकप्टर चार्टर गरेर जिल्ला अस्पतालबाट र १ जना गाडीबाट गरी ४ जना रिफर गरिए जिल्ला अस्पताल कालिकोट जनाएको छ । जसमध्ये रिफर गरिएका एक जना महिलाको बाटोमा मृत्यु भएको थियो ।

 

Next Post

वाम गठबन्धनको दुई तिहाइ पुग्याे

२६ मंसिर २०७४, मंगलवार १४:५७
काठमाडौं- नेकपा एमाले र नेकपा माओवादी गठबन्धनले प्रतिनिधिसभा तथा प्रदेशसभाका प्रत्यक्षतर्फ दुई तिहाइ स्थानमा जित हासिल गरेको छ । निर्वाचन आयोगले सोमबार राति साढे नौ बजे सार्वजनिक गरेको विवरणअनुसार प्रतिनिधिसभातर्फ १५४ स्थानमा मत परिणाम घोषणा हुँदा वाम गठबन्धनले ११२ स्थानमा विजयी भएको छ । जसमा एमालेले ७६ र माओवादीले ३६ […]