कर्णाली प्रदेश सरकारले कोरोनाबाट मृत्यु भएकालाई एक लाख दिने

१ असार २०७७, सोमबार १३:३४

सुर्खेत – कर्णाली प्रदेश सरकारले कोरोनाका कारणले कर्णालीका नागरिकहरुको मृत्यु भएमा १ लाखको बीमा दिइने भएकाे छ। कर्णाली प्रदेशसभा आर्थिक वर्ष २०७७/ ०७८ विनियोजन विधेयक, अर्थ विधेयक र बजेट वक्तव्य प्रदेश सभामा प्रस्तुत गर्दे आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कोरोनामा कारणले कर्णालीका नागरिकहरुको मृत्यु भएमा १ लाखको बीमा दिइने बताएका हुन् ।

जनताको नै सरकार भएकाले कोरोनाबाट गम्भीर बिरामीलाई पनि हवाई उद्दारको व्यवस्था गरिएको मन्त्री ज्वालाले बताए ।  कोरोना महामारीको संक्रमण फैलिन नदिन सरकारले हरप्रयास गरेको बताउदै मन्त्री ज्वालाले जनतालाई अनुभुति हुनेगरि सरकारले काम गर्ने बताए ।

Next Post

सलह किराबाट बाली जोगाउन सुझावसहित अनुरोध

१ असार २०७७, सोमबार १३:३४
काठमाडौं – भूमि व्यवस्था र कृषि तथा सहकारी मन्त्रालयले सलहले सलह किराबाट खाद्यबाली जोगाउनेबारे किसानलाई सुझावसहित विशेष अनुरोध गरेको छ ।  दुई मन्त्रालयद्वारा सयुक्त रुपमा जारी अनुरोधपत्रमा असार १३ गते भारतबाट सलह किराको ठूलो झुण्ड नेपालमा प्रवेश भई खेतवारीमा रहेका खडा वालीहरुलाई व्यापक क्षति पुर्याउने संभावना रहेकोले खाद्य संकट निम्तीन […]