कर्णालीमा थप दुई जनाको पीसीआर रिपोर्ट पोजेटिभ

१० जेष्ठ २०७७, शनिबार १०:३२

सुर्खेत– सुर्खेतमा गरिएको स्वाब परीक्षण रिपोर्टमा थप दुइ जनाको पीसीआर रिपोर्ट पाजेटिभ आएको छ । भारतबाट केही दिन पहिले सुर्खेत आएका उनीहरुको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि पुनः परीक्षणका लागि नेपालगञ्ज पठाइएको हो । पोजेटिभ रिपोर्ट आएका ३ जना को भएता पनि ३ मध्ये १ जनाको भने, संकास्पद रहेको कर्णाली प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले बताए ।
बिहीबार बबई नाकामा गरिएको आरडीटी परीक्षणमा पोजेटीभ रिपोर्ट आएका १३ जना मध्य दुई जनाको पीसीआर रिपोर्ट पोजेटिभ र एक जनाको शंकास्पद आएको निर्देशक डाक्टर खड्काले बताए ।

उनका अनुसार , दुई जनालाई शुक्रबार साँझ नै प्रदेश अस्पताल कालागाउँको आइशोलेसन कक्षमा राखिएको छ । तीनै जनाको पुनः परीक्षण रिपोर्ट आज दिउसोसम्म आइसक्ने जनाइएको छ ।

तिनै जनाको स्वास्थ्य अवस्था सामान्य छ । शंकास्पद रिपोर्ट आएका दुइ जना श्रीमान श्रीमति हुन् । तीन जनाको ट्राभल्स हिष्ट्रीमा कति जना आएका थिए भन्ने खोजीमा सामाजिक विकास मन्त्रालय जुटेको छ । सुर्खेत बराहतालका उनीहरुलाई नेपाली सेनाको खुलामञ्चस्थित क्वारेन्टाइनमा राखिएको थियो । कर्णालीमा यसअघि दैलेख आठविसका एक जनामा कोरोना पुष्टी भएपछि थप उपचारको प्रदेश अस्पतालमा राखिएको छ ।

Next Post

कर्णालीमा कोरोना संक्रमितको संख्या ४ पुग्यो

१० जेष्ठ २०७७, शनिबार १०:३२
सुर्खेत– कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा शनिवार ३ जनामा कोरोना संक्रमण देखिएको हो। संक्रमणको पुनः पुष्टीका लागि स्वाब नेपालगंज पठाइएको थियो। नेपालगंजमा गरिएको परीक्षणमा पजि पोजेटिभ देखिएको हो। गत सोमबार दैलेखका १ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । यो संगै […]

You May Like