सुर्खेत- खानेपानी मन्त्री मणि थापाले प्रतिनिधि सभा विगठन गरि सरकारले चुनावमा जाने तयारी गर्नु अग्रगामी कदम भएको बताए । संसद विघटन गरेर चुनाव घोषणाले स्थायित्व दिने प्रयास भएको मन्त्री थापाले बताएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई संकटमुक्त गरेर नयाँ जनादेशमा जाने बाटो खुला गरेरको समेत मन्त्री थापाले बताए । मंगलबार वीरेन्द्रनगरमा प्रेस संगठन नेपाल, सुर्खेतले आयाेजना गरेकाे पत्रकार भेटघाट कार्यक्रम मन्त्री थापाले यस्तो बताएका हुन् ।
नेकपाका स्थायी कमिटि सदस्य समेत रहेको मन्त्री थापाले प्रधानमन्त्रीको उक्त कदमले देशलाई स्थायित्व दिने दाबी गरे । देशले ताजा जनमतको माग गरेको बताउँदै उनले जनतामाझ चुनावमा जानुका विकल्प अब नरहेको बताए । नेकपाको विषयमा मन्त्री थापाले पार्टी विभाजन नहुने र चुनाव अघिनै मिलेर जाने दाबी गरेका छन् ।
ओली समूहमा कर्णाली प्रदेशको संयोजनको समेत जिम्मेवारी पाएका मन्त्री थापाले आफ्नै भूमिका समेत अमूर्त रहेको बताए । अहिले पार्टीमा निम्तिएको अवस्थालाई मध्यनजर गर्दै व्यवस्थापन गर्न कर्णालीको जिम्मेवारी दिइएको बताए ।