दुरसञ्चारमा भुमिगत शैलीको आन्दोलन

३० श्रावण २०७६, बिहीबार १३:३२

सुर्खेत – नेपाल दुरसञ्चार कार्यालय सुर्खेतका कर्मचारीले भुमिगत शैलीमा आन्दोलन गरेका छन् । कर्मचारीले आन्दोलन गरिरहेको दुइ दिनपछि थाहा भएको छ । तिन दिनसम्म टेलिकममा आउने सेवाग्राहीले सेवा नपाएपछि वास्विकता बाहिर आएको हो । कर्मचारी आन्दोलनमा उत्रिएको खबर भने कसैलाई थाहा छैन् । तिन दिनसम्म सेवा बन्द भएको कार्यालय प्रमुखलाई थाहा छ न त सेवाग्राहीलाइ नै ।

टेलिकमबाट ग्राहकले दुई दिनदेखि सेवा नपाएको चौतर्फी गुनासो आएपछि बल्ल बाहिर सार्वजनिक भएको हो । विहिबार देखि नेपाल टेलिकम सुर्खेतमा कार्यरत कर्मचारीले सेवाग्राहीलाई सेवा दिएका छैनन् । कार्यालयको आन्तरिक विबादलाइ लिएर ग्राहकसम्म सेवा प्रभावित भएको छ । सरकारी स्वामित्वमा संचालन भएको दूरसञ्चार सेवा प्रदायक संस्थानले कर्णालीका ग्राहकलाइ समस्यामा पारेको छ । नेपाल दुरसञ्चारको कार्यालय सुर्खेतले हाल जुम्ला, कालिकोट, जाजरकोट, दैलेख र सल्यानमा सेवा दिदै आएको छ । तर, दुई दिनदेखि कर्मचारी आन्दोलनमा उत्रिएपछि ग्राहक सेवाबाट बन्चित भएका छन् ।

कार्यालय प्रमुख नवराज खतिवडाको कार्य सम्पादनमा समस्या आएपछि दुइ दिनदेखि कार्यालय भित्रै आन्दोलनमा उत्रिएका साहायक प्राविधिक अधिकृत कुम्मबहादुर शाहीले बताए । पत्रकार समाचार संकलनको लागि कार्यालयमा आउँदा तिन दिनपछि मात्र माग पुरा हुँदा विबाद सुल्झिएर आन्दोलन फिर्ता गरिएको शाहीले बताए । नेपाल दुरसञ्चारमा तल्लो तहका कर्मचारीको बार्षिक कार्य सम्पादनमा कार्यालय प्रमुखले प्राविधिक सल्लाह नलिएको आरोप थियो । तर, आफुभन्दा ठुलो जिमेवारी कार्यालयको व्यक्तीले मात्र कामको मुल्यांकन गर्न पाउने कार्यालय प्रमुख नवराज खतिवडाले बताए । उनले आफुमाथि कर्मचारीले अटेरी गरेर सेवाग्राहीलाई समेत सास्ती दिएको सुनाए ।

तल्लो तहका कर्मचारीले सेवानै बन्द गरेर आन्दोलनमा उत्रिनु नराम्रो काम भएको उनको भनाइ छ । कर्मचारीको मागलाई तत्काल सम्वोधन गरेर सेवाग्राहीलाई परेको असरप्रति कार्यालय प्रमुख खतिवडाले क्षमा समेत मागेका छन् । तिन दिनपछि मात्र कार्यालय संचालनमा आएको छ । विहिबारदेखि गरिएको आन्दोलन आइतबार फिर्ता गरिएको छ । अधिकांस कर्मचारीले हाकिमसँग आफ्ना मागहरु नराखेरै कार्यालयको ग्राहकलाइ सेवा बन्द गरेका थिए । अधिकांस सेवाग्राहीहरु अन्योलमा परेका थिए ।

Next Post

योजनामा पारदर्शीता खै ?

३० श्रावण २०७६, बिहीबार १३:३२
कर्णाली प्रदेश सरकारले विनियोजन गरेका योजना के जुगा हेरेरै विनियोजन गरिएको हो त ? हैन भने, आर्थिक वर्ष सकिएको वेला किन आउँछन अशुभ समाचार ? समृद्ध कर्णाली र सुखारी कर्णालीवासी भनेको नारा त खुबै सदुपयोग भएछ नी ? कर्णाली प्रदेश सरकारले विनियोजन गरेका अधिकांस योजनाहरु जुगा हेर्दै दिदै गरेको त […]