काेराेना कहरमा अध्यक्ष बमद्धारा पत्रकारलाई जाकेट काेसेली

३ जेष्ठ २०७७, शनिबार २१:५४

कालिकोट – कालिकोट जिल्लाको सान्नित्रिवेणी गाउँपालिका– वडा नम्बर ५ का अध्यक्ष नरेश बमले जाकेट वितरण गरेका छन् । नेपाली काँग्रेस जिल्ला कार्य समिति कालिकोटका  सदस्य समेत रहेका बमद्धारा जिल्लामा कार्यरत पत्रकारलाई लाइट जाकेट वितरण गरेका हुन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड – १९ काे समाचार संकलनमा समस्या आउने गरेकाे  थियाे । महामारीलगायत अन्य विषयमा समाचार संकलनमा जाकेट प्रयाेग गर्नकाे लागि लकडाउनकाे विचमा अध्यक्षम बमले एक कार्यक्रमका  विच वितरण गरेका छन् ।

लकडाउनका समयमा फिल्डमा समाचार संकलन गर्दा विभिन्न समस्या झेल्दै आएकाले सो समस्या समाधानका लागि अध्यक्ष बमले आफ्नो व्यक्तिगत ३० हजार लगानीमा २७ जना पत्रकारलाई जाकेट वितरण गरेकाे बताए । नेपाल प्रेस युनियन जिल्ला शाखा कालिकोटको समन्वयमा अध्यक्ष बमले पत्रकारलाई जाकेट वितरण गरेका छन् ।

Next Post

मोटरसाइकलकाे बाहिर ‘प्रेस’ भित्र दुई थान पेस्ताेल

३ जेष्ठ २०७७, शनिबार २१:५४
जनकपुरधाम –  सर्लाहीमा ‘प्रेस’ लेखिएको मोटरसाइकलबाट हतियार बरामद भएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन लगाइएको समयमा भारतीय नम्बरको मोटरसाइकलमा ‘प्रेस’ लेखेर घुमिरहेको अवस्थामा आइतबार बिहान प्रहरीले चेकजाँच गर्दा हतियार बरामद भएको हो । जिल्लाको विष्णु गाउँपालिका ३ विश्वनाथ टोलस्थित बाँसघारीबाट बीआर ३० एम ६७८७ नम्बरको प्रेस लेखिएको […]