कालिकोट-स्थापनाको छोटो समयमानै निजि क्षेत्रको उत्कृष्ट वाणिज्य बैंकको रुपमा स्थापित सानीमा बैंकले सान्नी त्रिवेणीमा शाखा विस्तार गरेको छ । सोमबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष डम्वरबहादुर शाहीले रिवन काटेर औपचारिक रुपमा शाखाको उद्घाटन गरेका हुन् । सान्नी त्रिवेणीको शाखा गरी ७३ औं शाखा पुगेको छ । देशभर सानीमा बैंकले शाखा विस्तार गरेसंगै कालिकोटको ग्रामिण क्षेत्रमा पनि सेवा दिने भएको हो ।
बैंकको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष डम्वरबहादुर शाही (डिवि) ले अब जिल्ला सदरमुकाम मान्म पुगेर चेक साँट्ने दिन गएको बताए । उनले भने, ‘स्थानीयलाई स्थानीय निकायमै सेवा दिनको लागि बैंक शाखा विस्तार भएकोले बधाइ दिन चाहान्छु ।’ सान्नी त्रिवेणी गाउँपालिकामा हालसम्म कुनै पनि बैंक शाखा स्थापना नहुदा स्थानीयले निकै सास्ती पाएको अध्यक्ष शाहीले बताए । नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको सम्पूर्ण स्थानीय तहमा वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गर्ने लक्ष्यका साथ सानीमाले शाखा बढाइरहेको प्रबन्धक बिष्टले बताए । शाखा विस्तार योजनाअन्र्तगत जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकामा ग्राहकलाई भरपुर सेवा दिने प्रबन्धक रोहनकुमार बिष्टले बताए ।
बैंकका मुलुकभर अधिकांस शाखामा एटिएम र झण्डै ७ सय वटा रेमिट सञ्चालनमा रहेको बैंकले जनाएको छ । बैंकले विशेषगरी हाइड्रोपावर, कृषि, विपन्न वर्ग र पर्यटनका क्षेत्रमा लगानी गर्दै आएको शाखाका प्रबन्धक बिष्टले जानकारी दिए । बैंकले हरेक सम्भावित बजार क्षेत्र र स्थानीय तहमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले शाखा संचालन गरिएको बिष्टले सुनाए । गैरआवसीय नेपालीहरुले लगानी गरेर संचालनमा ल्याएको बैंकले पछिल्लो समय निकै ग्राहकलाई खुसी बनाएको छ ।
शाखा स्थापनाको शुभकामना दिदै सान्नी त्रिवेणी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत भक्तबहादुर भण्डारीले आफ्नो नियमीत कारोबारलाई उपभोक्ताको सेवालाई मध्यनजर गर्दै बैंक गतिविधि संचालन गर्नु पर्ने बताए । २०६१ सालमा स्थापना भएको नेपालकै सबै भन्दा कान्छो व्यवसायीक बैंकको रुपमा उदय भए पनि बैंकले छोटो अवधिमा समाजमा सफलता हात पार्दै आएको छ । साविकका रकु, मेहलमुडी र मुम्रा गरी तिन वटा गाविस मिलेर बनेको गाउँपालिकाको केन्द्र तोकिएको स्थानमा शाखा स्थापना गरिएको छ । रकु र मुम्राको पाइक पर्ने स्थान मेहलमुडीमा बैंक शाखाले सेवा दिने भएको हो ।