सुर्खेत- विश्वभर फैलिएको कोरोना भाइरसको जोखिमबाट बच्न कर्णालीमा धमाधम आर्थिक संकलन भईरहेको छ । राहत तथा उद्धारका लागि विभिन्न संघ संस्था तथा वित्तीय संस्थाहरुबाट रकम संकल भइरहेको हो । कर्णालीका नागरिकलाई रोग भोकबाट बाँच्चनको लागि यतिवेला सहयोगी हातहरु जागेका छन् ।
कोरोनाको विषम अवस्थालाई मध्यनजर गर्दै कर्णालीमा कार्यरत संस्थाले राहत सहयोग गर्न थालेका हुन् । कर्णाली एकिकृत विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालले ३ लाख रकम कर्णाली प्रदेश स्तरिय विपद् कोषमा जम्मा गरेको छ । कोरोना भाईरस रोकथाम तथा राहत स्वरुप कर्णाली प्रदेश सरकारले स्थापित गरेको प्रदेश स्तरिय विपद् कोषमा रकम दाखिला गरिएको हो ।
किर्डाक नेपालका कार्यक्रम व्यवस्थापक नविनकुमार शाहीले ३ लाखको चेक कर्णाली प्रदेशका मुख्यमन्त्रीको रोहबरमा आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई हस्तान्त्रण गरिएकोछ । मन्त्री भण्डारीलाई चेक हस्तान्त्रण गर्दै किर्डाक नेपालका कर्मचारीले यस्तो कोरोनाको कहरको संकटमा सहयोग गरेको बताए ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाईरसको संकटमा किर्डाक नेपालले उत्साहपूर्ण रुपमा रकम विपद् कोषमा सहयोग गरेकोमा धन्यवाद प्रकट गरेका छन् ।
किर्डाक नेपालका कर्मचारीको व्यक्तिगत रकम संस्थामार्फत हस्तान्त्रण गरिएको कार्यक्रम व्यवस्थापक नविनकुमार शाहीले बताए । १५० जना कर्मचारीको ५ दिन बराबरको तलवबाट ३ लाख जम्मा गरिएको उनले बताए । मुख्यमन्त्री शाहीले अन्य कर्णालीमा रहेका सवै संस्था र वित्तिय संस्थालाई समेत कर्णालीको विपद् कोषमा रकम जम्मा गर्न आग्रह गरेका गेका छन् ।
‘संस्था र अन्य धेरै वित्तिय संस्थाहरुले यो संकटमा हातेमालो गरेका छन् ।’ उनले भने ‘सहयोगी हातहरुलाइ हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।’ कर्णाली प्रदेशका दश वटा जिल्लाममा रहेका ७९ वटा स्थानीय तह, प्रदेशको विपद् कोषमा रकम जम्मा भइरहेको छ ।
कर्णाली प्रदेश स्तरिय विपद् कोषमास यस अघि भाटभटेनी डिपार्टमेन्टल स्टोरले २५ लाख सहयोग जम्मा गरेको थियो । त्यस्तै सुर्खेतमा रहेको बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाले पनि प्रदेश विपद् कोषमा २५ लाख जम्मा गरेको छ ।
सानीमा बैंक कर्णाली प्रदेशको कार्यालयले १० र एभरेष्ट बैंक शाखा सुर्खेतले ६ लाख रकम विपद् कोषमा जम्मा गरेको छ । सुर्खेतमा कार्यक्षेत्र बनाएर काम गरिरहेका धेरै वित्तिय संस्थाहरुले प्रदेश विपद् कोषमा सहयोग रकम धमाधम जम्मा गरेका छन् । कर्णाली प्रदेशको राजधानीमा रहेको वीरेन्द्रनगर नगरपालिकाको नगर स्तरिय विपद् कोषमा समेत सहयोग रकम जम्मा भईरहेको छ ।