स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि डा. केसीको इमर्जेन्सीमा उपचार हुँदै

२० असार २०७५, बुधबार १९:४२

काठमाडौं –  जुम्ला पुगेर अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर समस्या उत्पन्न भएपछि  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको छ। श्वासप्रश्वासमा समस्या आएपछि उनलाई प्रतिष्ठानको आकस्मिक कक्षमा लगेर उपचार गरिएको  केसीको उपचारमा संलग्न रहँदै आएका चिकित्सक डा. प्रवीण गिरीले बताए।

उनले भने, ‘छाती दुख्ने तथा श्वास फेर्न धेरैनै गाह्रो भए पछि इमर्जेन्सीमा ल्याएका हौँ।’ यस्तै उनले डा केसीलाई अस्पताल ल्याउन नदिन प्रहरीले अवरोध गरे पनि आफूहरूले बल प्रयोग गरेर जबरजस्ती उठाएर ल्याएको बताए। उनले भने, ‘सरलाई अत्यधिक गाह्रो भएपछि हामीले बल प्रयोग गरेर ल्याएका हौँ अहिले उहाँको आकस्मिक कक्षमा उपचार भइरहेको छ।

स्वास्थ्यमा सुधार भएपछि उहाँलाई हामी सेमी आइसियुमा सार्छौँ।’ तोडमोड नगरी तत्काल चिकित्सा शिक्षा विधेयक प्रतिस्थापन गर्नुपर्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पठनपाठन सुरु गर्नुपर्नेलगायत माग राख्दै डा. केसी १६ गतेदेखि जुम्ला पुगेर १५ औँ अनशन बसिरहेका छन्।

Next Post

टिम ओलीको गम्भीर गल्ती– खेल्नुपर्ने टेस्ट म्याच, उत्रिए ट्वान्टी–ट्वान्टीमा

२० असार २०७५, बुधबार १९:४२
काठमाडौँ– ‘चियरगल्र्स’ सहित मैदानमा देखिने ट्वान्टी–ट्वान्टी क्रिकेटले जति मनोरन्जन दिन्छ, त्यसको तुलनामा एकदिवसीय (वनडे) र पाँच दिने (टेस्ट) म्याच धेरै पछाडि हुन्छन् । लगाव र अनुशासनसहित एकदिवसीय र टेस्ट म्याचमा जसरी खेलाडी मैदानमा उत्रिन्छन्, त्यसको तुलनामा ट्वान्टी–ट्वान्टीका खेलाडीले पनि दर्शककै मनोरन्जनलाई ध्यान दिन्छन् । प्रधानमन्त्री केपी ओली र राज्यमन्त्रीसहित उनको […]