लकडाउन वैशाख २५ गतेसम्म लम्ब्याउने सरकारको निर्णय  

१४ बैशाख २०७७, आईतवार १९:२१

काठमाडौं – सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
नेपालमा कोरोनाबाट संक्रमित दोस्रो व्यक्ति भेटिए लगतै सरकारले ११ चैतबाट लकडाउन लागू गरेको थियो । त्यसयता चारपटक लकडाउन बढाइएको छ । पछिल्लो पटक थपिएको लडाउन १५ वैशाखसम्म थियो ।

तर उदयपुरको भुल्केमा समुदाय स्तरमा संक्रमण देखिनुका साथै संक्रमित पनि बढेर ५२ पुगेको छ ।

कोभिड- १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको थियो भने कार्यदलले एक साता लम्ब्याउन सिफारिस गरेको थियो ।

Next Post

प्रचण्ड र कांग्रेस विचकाे गाेप्य खुलासा, कांग्रेसले मुद्दा उठाउने, प्रचण्डले मिडिया प्रयाेग गर्ने

१४ बैशाख २०७७, आईतवार १९:२१
काठमाडाैँ – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल सहित उनीपक्षीय नेता र कांग्रेसका प्रभावशाली नेताहरुबीचको गोप्य भेटवार्ताले केपी ओली नेतृत्वको सरकार ढाल्ने आन्तरिक र बाह्य रणनीति तय गरेको छ । शनिबार भएको बैठकले सरकार ढाल्नका लागि के के गर्ने भन्ने बारेमा आन्तरिक र बाह्य रणनीति तय गरेको बुझिएको छ। राप्रपाका पूर्व अध्यक्ष […]