एमालेले सोध्यो सुदूरपश्चिमका ६ मन्त्रीलाई स्पष्टीकरण

मिसन न्यूज १५ जेष्ठ २०७८, शनिबार १४:०९

धनगढी – नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ६ जना मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । शुक्रबार मात्र नियुक्त भएका तीन मन्त्री र तीन राज्यमन्त्रीलाई स्पष्टीकरण सोधिएको हो ।

अध्यक्ष केपी शर्मा ओली पक्षले बनाएको प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय विपरित मन्त्री बनेको भन्दै स्पष्टीकरण सोधेको हो ।

मन्त्री बन्नु र विपक्षीसँग साँठगाँठ गर्नु जघन्य अपराध भएको भन्दै स्पष्टीकरणमा किन कारबाही नगर्ने २४ घण्टाभित्र जवाफ दिन भनिएको   छ । ओली पक्षका नेताहरु मात्र भएको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै तीन मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको थियो ।

Next Post

संघीयता कार्यान्वयनमा प्रदेश तहसँग जोडिएका प्रश्न

१५ जेष्ठ २०७८, शनिबार १४:०९
नेपालको राजनीतिक इतिहासले भन्छ– नेपालमा भए/गरेका सबै राजनीतिक उपलब्धि बामपन्थी र उदारवादी प्रजातान्त्रिक शक्तिहरूको संयुक्त संघर्षका प्रतिफल हुन् । नेपालमा न समाजवादी बामपन्थी धारले भनेजस्तो परिवर्तन भएको छ, न त उदारवादी प्रजातान्त्रिक धारले भनेजस्तो भएको छ । यथार्थ के हो भने, नेपालमा यी दुवै धारको सहभागिता, सहकार्य र सक्रियतामा गरिएका आन्दोलनका […]