नयाँ वर्षको दिनमा प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने

३० चैत्र २०७५, शनिबार २२:०७

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नयाँ वर्षको उपलक्ष्यमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले नागरिक न्युजसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले २०७५ सालभित्र सरकारले हासिल गरेका उपलब्धि तथा ०७६ सालमा सरकारका नीति तथा योजनालगायत विषयमाथि सम्बोधन गर्ने जानकारी दिए।

प्रधानमन्त्रीले आइतबार बिहान ७ बजे प्रधानमन्त्री निवास बालुवाटारबाट टेलिभिजनमार्फत सम्बोधन गर्ने अर्यालले बताए।

Next Post

नेपाललाई अब विद्वानहरुको देश बनाउनु पर्दछ : प्रधानमन्त्री

३० चैत्र २०७५, शनिबार २२:०७
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई निरक्षरहरुको नभई विद्वानहरुको देश बनाउनु पर्ने बताएका छन् ।  विद्यालय भर्ना अभियानका सन्दर्भमा  बालुवाटारमा नेकपा निकट यूवा र विद्यार्र्थीहरुसँग  अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । “नेपाललाई निरक्षरहरुको होइन, विद्वानहरुको देशको रुपमा पहिचान बनाउनु पर्दछ ” प्रधानमन्त्री ओलीले भने, “हाम्रा विद्वान पुर्खाको […]