सुत्केरीलाई कांग्रेस नेता भुपेन्द्रजंग शाहीकाे खाद्यान्‍न सहयोग

२ बैशाख २०७७, मंगलवार ११:५०

सुर्खेत– नेपाली कांग्रेसका नेता भुपेन्द्रजंग शाहीले लगडाउनकाे वेला समस्यामा परेकी एक सुत्केरीलाई खाद्यान्‍न सहयोग गरेका छन् ।

कालिकोटदेखि काठमाडौं पुगेकी पचालझरना गाउँपालिका खाद्दु – ३ कि लालसरा परियारलाई नेता शाहीले खाद्यान्‍न सहयोग गरेका हुन् ।

चैत १० गते काठमाडौं पुगेर छोरीलाई जन्म दिएकी उनी चैत ११ गतेदेखि सरकारले गरेको लकडाउनका कारण घर फर्किन नपाएपछि समस्यामा परेकी थिइन् ।

नेपाल तरुण दलका महासचिव समेत रहेका नेता शाहीले लालसरा परियार, उनका पति हंस परियार र छोराछोरीको लागि आवश्‍यक खाद्यान्‍न र केही नगद प्रदान गरेका हुन् ।

Next Post

बैशाख १५ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

२ बैशाख २०७७, मंगलवार ११:५०
काठमाडौं – कोरोना भाइरस रोथामका लागि सरकारले लागू गरेको लकडाउन वैशाख १५ गतेसम्म लम्बिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो । त्यस्तै, बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णय गरेको छ ।