टिकट नपाएपछि हुम्लाकाे विमानस्थल बन्द

२० जेष्ठ २०७४, शनिबार १२:३२

हुम्ला : हुम्लाको सिमकोट विमानस्थलबाट हुने उडानमा टिकट नपाएपछि स्थानीय वासिन्दा आन्दोलित भएका छन्। राजनैतिक दल, नागरिक र ब्यापारीहरुले शनिबार बिमानस्थलबाट हुने सबै उडान रोकेका छन्। निजी कम्पनीका बिमानहरुले भारतीय तथा अन्य देशका पर्यटकमात्रै बोक्ने गरेको र स्थानीयलाई बिरामी हुँदा समेत टिकट नदिएपछि आन्दोलन गर्नुपरेको उनीहरुको भनाई छ।

स्थानीयले उडानमा अवरोध खडा गरेपछि अहिले निजी कम्पनीका ६ वटा विमान अलपत्र परेका छन्। समस्या समधानका लागि अहिले स्थानीय राजनैतिक दलका प्रतिनीधि, व्यापारी , विमानस्थल प्रशासन र निजी विमान कम्पनीका प्रतिनिधिबीच वार्ताको तयारी भएको छ। हुम्लाको सिमकोट बजारमा विमानहरुले ढुवानी गर्न नमान्दा खाद्यन्नको चरम अभाव भएको स्थानीय व्यापारीहरुको भनाइ छ।

खाद्यान्नलगायत दैनिक उपभोग्य समानहरु सुर्खेत र नेपालगन्जमा अलपत्र अवस्थामा रहेको उनीहरुले बताएका छन्। खाद्यान्न ढुवानी गर्ने नेपाली सेनाको कार्गो बिमान गत मंगलबार दुर्घटना भएपछि समान ढुवानी ठप्प भएको छ।

सिमकोट विमानस्थलमा गोमा, सिता, मकालु र रारालगयत निजी कम्पनीका गरी दैनिक ९ वटा उडान हुदै आएको छ। करिब एक महिनादेखि स्थानीय नागरिक, कर्मचारी, बिरामी समेतलाई निजी कम्पनीका जहाजले बोक्न नमानेको स्थानीयको आरोप छ। सिमकोटमा सरकारी बिमानले हप्ताको एक पटक मात्रै उडान गर्ने गरेको छ।

Next Post

मिस नेपालको उपाधि निकितालाई

२० जेष्ठ २०७४, शनिबार १२:३२
काठमाडौं- मोडल निकिता चन्दकले यस वर्षको ‘मिस नेपाल-२०१७’ को उपाधि जितेकी छन् शुक्रबार राति दरबार मार्गस्थित होटल अन्नपूर्णमा आयोजित कार्यक्रममा मोरङ उर्लाबारीकी २० वर्षीया निकिताले नयाँ मिस नेपाल वर्ल्डको उपाधि जितेकी हुन्। उनलाई पूर्व मिस नेपाल अस्मी श्रेष्ठले आफ्नो शिरको ताज फुकालेर पहिर्‍याइदिएकी थिइन्। उनले मिस कन्फिडेन्ट र पब्लिक च्वाइस […]