कालिकोट — नयाँ प्रविधिको दुनियाँमा ‘न्यु मिडिया’ को विकासले फट्को मारेको छ । केहि वर्ष पहिला रेडियो समेत नसुनीने ठाउँमा अचेल अनलाईन पत्रिका र सामाजिक संजालमा समाचार हेर्ने गरिन्छ । भौगोलिक रुपले कर्णाली विकट र कठिनाई भएता पनि संचार विकासमा अगाडि छ । यहाकाँ नागरिकहरु देश र विदेशका समाचार थाहा पाउन, रेडियो मात्र सुन्दैनन् । टेलिभिजन मात्र हेर्दैनन् । पत्रपत्रिका मात्र पढ्दैनन् ।
आजकाल गाउँका कतिपय सामान्य नागरिकले हातमा मोवाइल चलाएर समाचार हेर्ने र पढ्ने गरेको पाइएको छ ।
स्थानीय स्तरमा हुने घटना सामाजिक संजाल (फेसवुक) मा सोझै स्थानीयले पोस्ट गर्छन् । पोष्ट गरेको कुरा एक कान दुईकान हुँदै मैदान हुन्छ । सवैले जानकारी लिन्छन् । ‘न्यु मिडिया’ अन्तर्गतको अर्काे ससक्त माध्याम भनेको अनलाईन पत्रिका हो ।
पछिल्लो समय अनलाइन मिडिया मार्फत नागरिकहरुले सुचना र समाचारको जानकारी पाईरहेका छन् । अझ त आगामी बैशाख ३१ गते सरकारले तोकेको स्थानीय चुनावमा उम्मेदवारको प्रचारप्रसार गर्ने माध्याम पनि न्यु मिडिया बनेको छ । स्थानीय राजनीतिक दलका नेता कार्यकर्ताले सामाजिक संजाल र अनलाइन पत्रिकामा आफ्नो नाम प्रकाशन गर्न लागि परेका छन् ।
पार्टीले कुनै व्यक्तीलाई उम्मेदवारी घोषणा नगरे पनि पार्टीलाई दवाफ गर्ने माध्याम न्यु मिडिया बनेको छ । जिल्लाका ३ नगरपालिका र ६ गाउँपालिकाबाट सम्भावित मेयर र अध्यक्षलगायतका पदमा आकांक्षीले सामाजिक संजाल व्यापक प्रयोग गरेका छन् । कतिपयले आफै उम्मेदवारी घोषणा गर्ने गरेका छन् भने कसैले अर्काे मान्छे मार्फत भए पनि प्रचार गर्न लगाएका छन् । दलका नेताले सामाजिक संजालमार्फत निकै प्रचार गरिरहेका छन् । जिल्लाका पार्टी प्रमुख र कार्यकर्ताहरुले अनलाइन र सामाजिक संजालमा फोटोसहित प्रचार गर्न थालेका छन् ।
नेकपा एमाले कालिकोटका अध्यक्ष नगिन्द्र शाही (नेशनल) ले आफ्नो फेसवुक पेजबाट आगामी हुने स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै उनले लेखेका छन् , ‘सम्भावना धेरै छन् । गराैं मिलेर, सवै सम्भव छ ।’ उनले पार्टीको चुनाव चिन्ह सहित समाचारका कटिग न्युज पनि फेसवुकमा पोष्ट गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका नेता मोतिराज बम,दमनबहादुर शाही र आनन्द शाहीलगायत नेताहरूकाे विभिन्न अनलाइन मिडिया र सामाजिक संजालमा चुनावी चर्चामा नाम अाए । न्यु मिडियाले स्थानीय चुनावकाे माहाेलमा स्थानीय नागरिक र चुनावमा अाकांक्षी उम्मेदवारकाे मन जित्न सफल भएकाे छ । न्यु मिडियाबाट सवैजसाे उम्मेदवारका अाकांक्षी नेताहरू खुसी छन् ।
जिल्लाका राजनीतिक दलहरु मध्यबाटै ५० जनाभन्दा धेरै मेयर र अध्यक्षका आकांक्षीको नाम मिसनईन्युज डट कम अनलाईन पत्रिकाले प्रकाशन गरेको छ । अनलाईनमा प्रकासित समाचार जिल्लाका स्थानीय रेडियो र पत्रपत्रिकाले पनि प्राथामिकताका साथ साभार गरेका छन् । अनलाइनमा नाम आएको भन्दै सवैजसो उम्मेदवारका आकांक्षी दंग भए । दलका नेताहरुले घरदैलो गरेका फाटोहरु र अन्य चुनावी गतिविधि फेसवुक पेजमा पोष्ट गर्ने गरेका छन् ।