जाजरकोटमा नेकपाका नेतामाथि ‘विप्लव’ समुहद्धारा बाँस प्रहार

६ कार्तिक २०७६, बुधबार १४:२०

जाजरकोट – बारेकोट गाउँपालिकाको लिम्सामा हुँने नेपाल कम्युनिष्ट पाटी (नेकपा)को गाउँ कमिटिको सपथ ग्रहण गराउन हिडेका नेता माथी आक्रमण भएको छ । विप्लव समुहका कार्यक्रताले जिल्लाको नलगाड नगरपालिका खारा र बारेकोट गाउँपालिका – ८ लैखमको बीचमा रहेको उकालोमा (नेकपा) का केन्द्रीय सदस्य निरज आचार्य र कर्णाली प्रदेश कमिटिका सदस्य डम्वर सिँहमाथी आक्रमण भएको हो ।

९ जना नेता कार्यकता हिडिरहेको समयमा विप्लव समुह आक्रमण गरेको प्रहरीले जनाएको छ । केन्द्रिीय सदस्य आचार्य र कर्णाली प्रदेश कमिटी सदस्य सिंहलाई दायाँ खुट्टामा बाँसको भाटाले कुटेको अवस्थामा भेटाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरिक्षक केशर कार्कीले जानकारी दिए । घाईते दुवैजनालाई जाजरकोटको डल्ली भन्ने ठाउँमा प्रहरीको टोलीले सुरक्षामा लिएको छ । दवै जनाको दायाँ खुट्टामा निलडाम भए पनि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

विप्लव कार्यक्रताले दुवै नेताको मोवाईल फोन कव्जामा लिएका बताएको छ । विद्युतिय धराप राखेको भन्दै खच्चड व्यवसायीलाई नलगाड कालीमटीबाट लेखम सम्मको बाटोमा हिड्न नदिएको बताएको छ । प्रहरीले आक्रमणकारीको खोजी कार्य तिव्र पारेको छ । बुधबार लिम्सामा हुँने भनिएको कार्यक्रम समेत अवरुद्ध भएको छ ।

Next Post

2076-05-25

६ कार्तिक २०७६, बुधबार १४:२०