पोखरामा बम विष्फोट, प्रहरी र पत्रकार घाइते

८ फाल्गुन २०७४, मंगलवार १६:११

कास्की – पोखराको विजयपुरमा वम विस्फोट हुँदा दुईजना सामान्य घाईते भएका छन् । घाईते हुनेमा प्रहरी कुलबहादुर खत्री र पत्रकार घनश्याम पाण्डे रहेका छन् । पत्रकार पाण्डेको टाउको र घाँटीमा चोट लागेको छ । घाईतेको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहका अनुसार झोलामा शंकास्पद वस्तु भेटिएपछि सेनाको बम डिष्पोजल टोलीलार्ई बोलाईएको थियो । पत्रकार पाण्डेले फोटो खिच्नको लागि क्यामेराको फ्लास अन गर्नेबित्तिकै बम पड्किएको थियो ।
बममा जडान गरिएको टाईम डिभाईस फ्लासका कारण अन भई विस्फोट भएको हुनसक्ने सिंहको भनाई छ । तर, यसबारे पुष्टि भने भईनसकेको उनले जनाए ।

सेनाले पोखराको नागढुंगा नजिक राखिएको नीलो झोलाको शंकास्पद वस्तु निष्क्रिय पारेको छ । बम कसले राखेको भन्ने विषयमा यकिन नभएतापनि विप्लव माओवादीले बन्द आयोजना गरेको र बम पनि राखेको हुनसक्ने आशंका प्रहरीको छ।

Next Post

भ्रष्ट्राचारमुक्त पचालझरना बनाउँछु : सेजुवाल

८ फाल्गुन २०७४, मंगलवार १६:११
कालिकोट– पचालझरना गाउँपालिका अध्यक्ष कडगराज सेजुवाल (विश्वप्रकाश) ले भ्रष्ट्राचार मुक्त पालिका बनाउने प्रतिबद्धता गरेका छन् । अध्यक्ष सेजुवालले पहिलो अर्धबार्षिक सार्वजनिक सनुवाई कार्यक्रममा सम्वोधन गर्दै यस्तो प्रतिबद्धता गरेका हुन् । ‘विकासको प्रमुख बाधक भ्रष्ट्राचार भएकाले गाउँपालिकामा भ्रष्ट्राचारको अन्य हुन्छ । भ्रष्ट्राचार मात्र मुक्त गर्ने हो भने, गाउँपालिका स्वतह रुपमा समृद्ध […]