सुर्खेत – कर्णालीमा पछिल्लो समय जनप्रतिनिधि संस्कृति संरक्षण अभियानमा सक्रिय भएका छन् । कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहमा परम्परागत धार्मिक संस्कृति पुरानै शैली प्रदर्शन हुँदै आएका छन् । कर्णालीको भेसभुसा, रितिरेवाज, चालचलनजस्ता संस्कृति लोप हुने भएकाले यसको संरक्षणका लागि स्थानीय तहका जनप्रतिनिधिको ध्यानआकर्षण भएको हो । कर्णालीका सुर्खेत, दैलेख, सल्यान, जाजरकोट, पश्चिम (रुकुम), डोल्पा, हुम्ला, कालिकोट, जुम्ला र मुगु जिल्लामा कर्णालीको संस्कृति जोगाउने अभियान थालिएको छ ।
कर्णालीको संस्कृति विश्वकै लोपउन्मुख भएको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए । ‘यसको संरक्षण गर्न जरुरी छ, मुख्यमन्त्री शाहीले भने, कर्णालीका हेरक नागरिकले यो धार्मिक आस्थालाई प्राथामिकतामा दिनु पर्छ ।’ संस्कृति संरक्षण गर्ने प्रमुख भुमिका स्थानीय तहका जनप्रतिनिधिको भएकाले सवै वर्गलाई समेटिने गरी यसको संरक्षण गर्न आवश्यक रहेको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दलबहादुर रावलले बताए । कालिकोटको रास्कोटमा अनन्ते त्रयोदशी पुर्णीमाको अवसरमा रास्कोट नगरपालिकामा रहेका मन्द्रीरमा बारदेवको पुजाआँजा गर्ने प्रचलन छ । त्यस्तै सान्नी त्रिवेणी गाउँपालिकामा रहेका वड्डामाणु, डाडामाडुलगायतका मन्दीरमा जुवारे पुर्णीमाको अवसरमा धार्मिक मेला लाग्ने गर्दछ ।
रास्कोटको शिवनाथ मन्दीर, खापरमाडु, डाडामाणु, दाडामष्टो, रमालमष्ठा, मस्टामुणु, धलपुरा र दुधेसिल्ला मन्दीरमा धुमधाम मेला लाग्ने परम्परागत प्रचलन छ । धार्मिक संस्कृतिको संरक्षणका लागि सान्नी रास्कोटका जनप्रतिनिधिले चालेका कदम सकरात्मक भएको स्थानीयले खुसी व्यक्त गरेका छन् । धार्मिक मेलाको अवसरमा एक आपसमा मित्रता कायम गर्ने, गाउँभन्दा बाहिर गएका दाजुभाइ तथा इष्टमित्रसँगको भेटघाट गर्ने सुखदुख साँतासाँट गर्ने गर्ने संस्कार रहेको छ । रास्कोट शिवनाथ मन्दीरको मेला पुरानै शैलीमा लाग्दा खुसी लागेको स्थानीय यूवा मेगराज शाहीले बताए । कालिकोटका दुई स्थानीय तहको अगुवाइमा सम्पन्न गरिएका धार्मिक मेला त एक उदाहरण मात्र हो । यस्तै कर्णालीका सवैजसो स्थानीय तहमा धार्मिक मेला लाग्ने गर्दछ ।
पुरानै शैलीमा संस्कृति
विगतको द्धन्दमा हराएको मौलिक पर्व तथा मेला संचालनमा हुँदा सवैको मनमा शान्ति र स्वतन्त्रता जागेको कालिकोट विजयपुरवासी मंगल शाहीले बताए । तत्कालिन द्धन्द्धको वेला यो क्षेत्रमा परम्परागत धार्मिक मेला बन्द भएका थिए । तर, देशमा शान्ति भएपछि पुनः पुरानै शैलीमा धार्मिक जात्रा लगाउने गरिएको छ । स्थानीयको सक्रियतामा जनप्र्रतिनिधिले संस्कृति संरक्षण अभियानमा लागेका छन् । रास्कोटको धार्मिक तथा साँस्कृतिक परम्परा जोगाउँन रास्कोट नगरपालिका सकृय भएको नगर प्रमुख काशिचन्द्र बरालले सुनाए । परम्परागत धार्मिक आस्थालाई कुनै पनि शक्तिले नरोक्ने जनप्रतिनिधिको भनाइ रहेको छ । रास्कोटकोटका धार्मिक मेलामा नगरपालिकाले श्रमरोजगार बैंकमा आवद्ध यूवालाई स्वयशेवकको रुपमा परिचालन गरिएको थियो ।
त्यस्तै सान्नी त्रिवेणीको संस्कृति संरक्षणका लागि गाउँपालिका कम्ममर खसेर लागेको छ । यहाँ हुने धार्मिक मेलालाई मध्यनजार गर्दै गाउँपालिकाले देवि देवताका मन्दिर निर्माण गर्दै आएको छ । सान्नीमा लाग्ने धार्मिक मेलामा गाउँपालिकाले बजेटको व्यवस्थापन गरेर संस्कृति जोगाउँने मेसो गरेको छ । यहाँ लाग्ने मेला मात्र नभइ साँस्कृति क्षेत्रका सवै पर्वको संरक्षण गर्ने अभियानमा लागेको गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले बताए । कालिकोटका प्रायःसवैजसो स्थानीय तहमा जनप्रतिनिधिले सास्कृतिक तथा धार्मिक आस्थाको जोर्गेना गर्दै आएका छन् । जिल्लाका ९ वटै स्थानीय तहमा हुने धार्मिक मेलामा धामी झाँक्रि नाँच प्रदर्शन गर्ने प्रचलन रहेको छ ।