कालिकोट–नेपाल कम्युनिष्ट पार्टीको जिल्ला अध्यक्षका लागि ५ जनाको सिफारिस भएको छ । तत्कालीन एमालेका जिल्ला अध्यक्ष नगिन्द्र शाही र माओवादी केन्द्रबाट ४ जनाको सिफारिस भएको छ । माओवादीबाट धन्जीत शाही,लक्ष्मी चौलागाई (शैलेन्द्र), गणेश शाही र जनकनाथ योगीको नाम सिफारीस भएको छ ।
कर्णाली प्रदेशबाट तत्कालीन एमालेका नेता यमलाल कंडेल र माओवादी नेता जनदन शर्मालाई प्रतिवेदनको जिम्मा दिइएको थियो । कर्णाली प्रदेशका १० वटै जिल्लाबाट जिल्ला नेतृत्व र प्रदेश नेतृत्वको प्रतिवेदज केन्द्रमा गएको नेकपाले जनाएको छ ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका नेताहरु पद लिनको लागि चहलपहल निकै पढेको छ । पार्टी एकिकरणको लामो समय पछि जिल्ला नेतृत्व तोक्न पार्टी केन्द्रीय समितिले पहल थालेपछि जिल्लामा नेताहरूबीच ठुलो प्रतिष्पर्धा हुनेक्रम रहेको छ ।
जिल्ला अध्यक्ष पद आफनो पोल्टामा पार्न पूर्व एमाले र पूर्व माओबादी केन्द्रका जिल्ला संघिय राजधानी पुगेका छन् । जिल्ला अध्यक्ष बन्नका लागि पुर्व एमाले कालिकोटका अध्यक्ष नगिन्द्र शाही (नेशनल) को एमालेबाट एकल सिफारिस भएको छ । माओवादीबाट भने ४ जनाको नाम केन्द्रमा गएको छ । पुर्व एमालेका जिल्ला अध्यक्ष नगिन्द्र शाही (नेशनल) गएको प्रदेशसभा र प्रतिनिधिसभामा माओवादीलाई हार्दिकता देखाएकाले अव पार्टी नेतृत्व आफुलाई दिनुपर्ने दावी गरेका छन् ।