सुर्खेत – कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पनि भारतले गरेको सिमा अतिक्रमणका विरुद्धमा नाराबाजी गरिएको छ । भारतले एकपछि अर्को ठाउँमा सीमा मिच्दै आएको भन्दै सुर्खेतका नागरिकहरु आन्दोलनमा उत्रिएका हुन् । भारतले राजनीति नक्शामा नेपालको भुमि सार्वजनिक गर्दा पनि सरकारले ठोस कदम नचालेको भन्दै सुर्खेतमा यूवाहरुले आन्दोलन गरेका छन् ।
सिमा अतिक्रमणकाविरुद्ध कर्णाली युथ पावर र हंरी यूथ क्लवलकोे नेतृत्वमा शनिवार नाराबाजी गर्दै विरेन्द्रनगरममा -यालीसहित विरोध प्रदर्शन गरिएको हो ।
हालै भारतले गरेको राजनीती नक्सामा नेपालको कालापानी र लिपुलेख समेटियको भन्दै सुर्खेतका यूवा आक्रोसित बनेका छन् ।
कालापानी लिपुलेक फिर्ता गर, सुगौलि सन्धि खारेज गरजस्ता नारा लगाउँदै विरेन्द्रनगरको मंगलगडी हुँदै विरेन्द्र चौकमा कोर्णसभा गरेर विरोध प्रदर्शन गरिएको थियो । यूवाहरुले नारामा सुगौली सन्धी लगायत सबै असमान सन्धी खारेजको माग गरेका थिए । सिमा अतिक्रमणकाविरुद्ध कर्णालीका सुर्खेतलगायतका दश वटै जिल्लामा विरोध प्रदर्शन गरिएको छ ।