कोरोना कहर : कर्णाली प्रदेश सरकार बेखवर, अक्सिजन अभावमा बिरामी भर्ना बन्द

मिसन न्यूज १ जेष्ठ २०७८, शनिबार १२:५६

सुर्खेत– कोरोना महामारीको बेला कर्णाली प्रदेश सरकार बेखबर बनेको छ । अस्पतालमा अक्सिजनको चरम अभाव भएता पनि सरकार मौन रहेको छ । सरकारको चरम लापरबाहिले कर्णालीमा कोरोनाको भयावह अवस्था आइरहेको छ । सरकारसँग करोडौं बजेट थन्किएको छ । विकास निर्माणमा खर्च गर्न नसकेको बजेट फालाफाल भएता पनि नागरिको ज्यान जोगाउनमा वेवास्ता गरेको आम गुनासो छ ।

दोस्रो लहरमा एकसयको मृत्यू

कारोना कहरको दोस्रो लहरमा कर्णालीमा एकसय जनाले ज्यान गुमाएका छन् । गत बैशाख ११ गतेदेखि आजका दिनसम्म कर्णालीमा कोरोनाका एकसय बिरामीले ज्यान गुमाएका हुन् । बैशाख ११ गतेभन्दा पहिला ३४ जना बिरामीको मृत्यू भएको थियो । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले दिएको जानकारी अनुसार, हालसम्म १ लाख ६ हजार १७ जनाले आरटी पीसीआर चेकजाँच भएको छ ।

जसमा १२ हजार ४ सय ५८ जना पीसीआर पोजेटिभ र १३ हाजार ५ सया ५३ जना एन्टिजेन्ट प्रविधिबाट संक्रमित देखिएका छन् । जसमा ९ हजार ६ सय ५० जना निको भएर घर फर्किएका छन् । हाल ३२ सय ४२ जना कोरोना संक्रमित छन् । ५ हजार २ सय ५६ जना आइसोलेसनमा रहेका स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतले आजदेखि थप कोरोनाका बिरामी भर्ना नगर्ने बताएको छ । प्रदेश अस्पतालले शुक्रबार सूचना जारी गर्दै अक्सिजनको अभाव हुँदा कारोनाका थप बिरामी भर्ना लिन नसकिने जनाएको हो । नेपालगञ्जबाट अक्सिजनको आपूर्ति हुन नसक्दा नयाँ बिरामी भर्ना गर्न समस्या भएको अस्पतालले बजनाएको छ ।

प्रदेश अस्पतालमा धान्न नसकिने गरि धेरै बिरामी थपिएका छन् । अक्सिजन आउन छाडेका कारण कोरोनाका नयाँ बिरामी अस्पतालले भर्ना लिन नसक्ने प्रदेश अस्पतालका निर्देशक डा.डम्बर खड्काले बताएका  छन् ।

प्रदेश अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आए पनि यहाँ रहेको कोरोना संक्रमित बिरामीलाई हाइफ्लो अक्सिजन दिनुपर्ने भएकाले अक्सिजन सिलिन्डर आवश्यक रहेको निर्देशक खड्काले बताए अक्सिजन प्लान्ट सञ्चालनमा आए पनि हाइफ्लो अक्सिजन दिन नसक्ने अवस्था आउदा यो स्थिति आएको निर्देशक खड्काले जानकारी दिए । अस्पतालमा दुईवटा अक्सिजन प्लान्ट भए पनि त्यसबाट उत्पादन हुने अक्सिजनले बिरामीलाई थेग्न सक्ने अवस्था छैन ।

प्रदेश अस्पतालमा हाल करिब १०० सिलिन्डर अक्सिजन उत्पादन हुँदै आएको छ । तर, अस्पतालमा दैनिक ३०० बढी अक्सिजन आवश्यक पर्छ । हाल अस्पतालमा ९२ जना जटिल प्रकृतिका संक्रमित उपचाररत रहेको निर्देशक खड्काले बताए ।

Next Post

पार्टीकाे आन्तरिक जीवनमा भावनात्मक एकता जरुरी

१ जेष्ठ २०७८, शनिबार १२:५६
साविकका दुई पार्टी (एमाले र माओवादी केन्द्र) बीचको एकताबाट निर्माण भएको नेकपा भित्र शीर्ष तहमा रहेका केही नेताका व्यक्ति विशेषका स्वार्थसिद्धिका समस्याले चरम रुप लिएको परिणाम स्वरुप तत्कालीन पार्टीबीचको एकता भङ्ग हुने अवस्थामा पुगेको विषय हामी सबैलाई घाम जत्तिकै छर्लङ्ग छ । तत्कालीन पार्टीभित्रको उक्त अवस्था कायम रहेकै बेलामा सर्वोच्च […]