बर्षौबर्षदेखि रोग, भोक, गरिवी, अशिक्षा र अभावले उदाहरण बनेको कालिकोटको पलाँताले समृद्धि र विकासको कोल्टो फेरेको छ । पलाँता विकासको संम्भावना भुलिसकेका स्थानीयलाई गाउँपालिकाले समृद्धि र विकासको स्वाद चखाएको छ । कुनै वेला पलाँताभन्दा वित्तिकै विकट मानिने अहिले बदलिएको छ । हालको पलाँता देशकै नमुना गाउँपालिकाको उदाहराण बनेको छ । भौगोलिक विकटता र शोषणमा परेको पलाँता स्थानीय सरकार आएपछि विकासको मुहार बदलिरहेको छ । कतिपय गैसस र तत्कालिन सरकारलाई मागी खाने भाँडो बनेको पलाँतालाई स्थानीय सरकारले समृद्धितिर धकेलिरहेकोे छ । हिजोको तुलनामा स्थानीय सरकार स्थापनापछि पलाँता बदलिएको छ ।
भौगोलिक विकटतासँगै विकासका हरेक पुर्वाधारमा निकै समस्या झेलीरहेको थियो पलाँता गाउँपालिकाले । स्थानीय सरकार आएपछि विगतका ति दुःखका अनुभुति भुल्दैछन् स्थानीयले । पलाँता गाउँपालिकाले, वेरोजगार निवारणका लागि विकास निर्माण कार्यदल गठन गरेर यूवालाई रोजगारी सृजना गरेको छ । पलाँताका २५५ जना युवालाई मासीक २४ हजारका दरले तलवको सुविधा दिएर विकासका काममा संलग्न गराइएको छ । आगामी वर्षमा ५ सय लाई रोजगारी दिने तयारी गरेको छ । यो सकारात्मक प्रयासले पलाँता नमुना बनेको हो । गाउँपालिकामा, महिला स्वास्थ्य स्वयमसेविकालाई तलवको व्यवस्था, अस्पाताल निर्माण गर्नुका साथै सवै विद्यालयमा निशुल्क पुर्ण शिक्षा कार्यक्रम संचालन गरेको छ ।
खानेपानी तथा सरसफाइको क्षेत्रमा एक घर एक धारा कार्यक्रम सुचारु छ । पलाँताको डरलाग्दो चुनौतीपुर्ण चट्टान छिचोल्दै ५१ किलोमिटर सडकको ट्रायाक खोलिएको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले सार्वजनिक यातायात संचालन गर्ने तयारीले झनै पलाँतावासीलाइ आशा र भरोसा जोगाएको छ । बर्षौवर्षदेखि पुल नहुँदा समस्या झेलिरहेका पलाँतावासीले स्थानीय सरकार पाएपछि कर्णाली नदिमा झुलुंगे पुल पाएका छन् । पुल नहुँदा आवतजावत गर्न निकै दुःख भोक्नु परेको थियो । पलाँता तुइन मुक्त भइसको छ । महिला सशक्तिकरण, वालवालिका तथा गरिव विपन्न समुदायलाई लक्षित गरेर सचेतना मुलक कार्यक्रम संचालन भइरहेको छ । गाउँपालिकाले प्राविधिक शिक्षा स्थापना गर्ने तयारी गरेको छ । पलाँताका हरेक नागरिकलाई सुचनाको पहुँचमा राख्ने उद्देश्यले रेडियो स्थापना गरेको छ । विगतको तुलनामा पलाँताको समृद्धि र विकासले निकै फट्को मारेको छ ।