परिवर्तनका लागि वैचारिक लडार्इ लड्छाैं : शाही

९ चैत्र २०७३, बुधबार १८:००

नेपाल तरुण दलको चौथो महाधिवेशनबाट पश्चिम नेपालको कालिकोटका भुपेन्द्रजंग शाही महासचिवमा निर्वाचित भएका छन् । कर्णालीको कालिकोटबाट राजनीतिक यात्रा सुरु गरेर देशको प्रभावशाली युवा मोर्चाको महासचिवमा निर्वाचित हुनु आफैमा महत्वपुर्ण उपलब्धि हो । नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष समेत भईसकेका शाहीले पाएको जिम्मेवारीले कर्णाली र पश्चिम नेपालका यूवालाई उत्साहित बनाएको छ । महाचिवमा निर्वाचित भएपछि तरुण दलले गरेका काम र भावि योजनाका बारेमा मिसनईन्युज डटकमसंग कुराकानी गरेका छन् ।

नेपाल तरुण दलको महासचिवमा सर्वसम्मत नीर्वाचित हुँदा कस्तो लागिरहेको छ ?

सवै भन्दा पहिलो महादिवेशन सर्वसम्मत सकिएको छ । महादिवेशनले तरुण दलको मात्र हैन नेपाली कांग्रेस हरेक संगठन,शुभ चिन्तकको एकताको सन्देश दिएको छ । त्यसैले अव पार्टी एकजुट भएर अघि बढ्ने सन्देश जाँदा म अत्यान्तै संगठन र महासचिव पदबाट सन्तुष्टी छु ।

अध्यक्षको दौडमा लागे पनि महासचिवमा चित्त बुझाउँनु भो हैन ?

वास्तवमा पार्टीको भातृ संगठन भएकाले कुन पदमा रहने भन्दा पनि काम गर्ने अवसरको रुपमा तरुणको नेतृत्व गरेर केही काम गर्नु पर्छ भन्ने हो । जुन मेरो सोच थियो पद भन्दा पनि सहमति भएपछि महासचिव पदमा चित्त बुझाएको छु । पार्टीमा सहमतिको वातावरण बनेपछि पार्टीको हितको लागि पद ठुलो कुरा होइन । सर्वसम्मत भएपछि महासचिव पदमा चित्त बुझाएको छु ।

६०–४० को भागबन्डा अन्त्य गर्छौ हुन्नुहुन्थयो । फेरी त्यही भागबन्डामा पर्नु भयो नि ?

पार्टी भित्र भागबन्डा हुनुहुन्न भनेर पहिलेदेखि नै लागेको हुँ । तर यसको मत्लव पार्टीमा भागबन्डा हुनुहुन्न भनेको चाँही पार्टीमा एउटै पक्षले हालीमुहाली गर्नुपर्छ भन्ने होइन । पार्टी भित्र फरक मत र फरक विचार हुनु स्वभाविक नै हो । पार्टी भित्र फरक समुह पनि छन नभएको होइन । तर सवैको भावनाको प्रतिनिधित्व हुन जरुरी छ । पार्टी सवैको हो । जित्नेको पार्टी भन्ने र हार्नेको पार्टी त अर्कै पार्टी होइन नी त्यसैले मलाइ भागबन्डा भन्दा पनि सवैको प्रतिनिधित्व भएको लाग्छ ।

नेपाल तरुण दलको भावि कार्ययोजना के छ ?

सवैभन्दा पहिला नेपाल तरुण दलको जुन परिचय छ त्यो नै परिवर्तन गर्न खोजि रहेका छौ । किनकी युवा संगठन भन्दा वित्तीकै लड्ने भिड्ने र बलमा आधारित संगठन हो भन्ने आम मानिसको वुझाइ छ त्यसलाई अन्त्य गर्ने छौ । वास्तवमा यूवाहरु भनेका लड्ने मात्र होइनन् । युवा भनेका विचार र सृजनाका संवाहक पनि हुन । युवाहरुले देशको नेतृत्व गर्न सक्छन् भन्ने खालको संगठन बनाउन चाहान्छौ । अव तरुण दललाई रचनात्मक,सृजनात्मक र सकरात्मक संगठन बनाउने अभियान छ । नेपालका हरेक युवाहरुलाई उद्यमशिल बनाउने र तरुण दलको संगठनलाई गतिशिल बनाउने तयारी छ ।

नेपाल तरुण दलको संगठन विस्तामा मात्र लाग्नु हुन्छ या आम युवाहरुको हितमा काम गर्नु हुन्छ ?

पहिलो कुरा हाम्रो संगठनलाई सुधार गर्न जरुरी छ । संगठन भित्रै धेरै कुरा परिवर्तन गर्नु पर्ने छ । तरुण दल गतिशिल र उर्जाशिल बन्यो भने मात्र अरु काम गर्न सकिन्छ । तपाईले भने जस्तै नेपालका हरेका युवाहरुका सरोकार राख्ने समस्या सामाधान गर्न के गर्नु पर्छ ? राज्यको भुमिका के रहन्छ ,युवा संगठनको भुमिका के रहन्छ त्यसमा भर पर्ने कुरा हो । सवै युवा संगठन मिलेर युवाहरुको भविश्य उज्जल गर्न तर्फ तरुण दल लाग्छ ।

देशमा यूवाहरु बेरोजगारले तड्पीएको अवस्था छ । बेरोजगार न्युनिकरणमा तरुण दलको भुमिका के रहन्छ ?

महत्वपुर्ण प्रश्न गर्नु भयो । हाम्रो देशमा ठुलो समस्याका रुपमा रहेको बेरोजगारी समस्या देखिएको छ । सवै भन्दा पहिला देशको विकास हुनको लागि आर्थिक विकास हुनु जरुरी छ । आर्थिक विकास भनेको एउटा स्वरोजगारले पनि नेपालको गरिबी हट्ने कुरा हुन्छ । बेरोजगार अन्त्यका लागि युवालाई उद्यमशिल बनाउने अभियानमा छौ । त्यसका लागि युवाहरु र नेपाल सरकारको सयुक्त रुपमा शेयर हालेर ‘युथ डेव्लोमेन्ट बैंक ’ स्थापना गर्ने र त्यो मार्फत उद्यमी गर्न चाहाने युवाहरु विना धितो ऋण दिने र त्यो ऋणको सहिसदुपयोग गराउनु पर्छ भन्ने कार्ययोजना बनाएका छौ । काम गर्ने उद्योग भए बेरोजगार न्युनिकरण हुन्छ भन्ने मलाई लाग्छ ।

कतिपय युवारुहमा बेरोजगारीसंगै अशिक्षा पनि मौलाएको छ,के काराणले होला ?

युवाहरुसंग जोडिएको महत्वपुर्ण कुरा शिक्षा पनि एक हो । जबसम्म एउटा नागरिक एउटा युवा शिक्षित हुँदैन् दक्ष हुँदैन उसले समाजका लागि र आफ्नै लागि केहि पनि गर्न सक्दैन । त्यस काराणले गुणस्तरिय शिक्षाको आवश्यकता देखिन्छ । अव हरेक युवा शिक्षित बन्नु पर्छ र जुन ठाउँमा भविश्य छ त्यसैमा अध्ययन गर्न जरुरी छ । राज्यले कुनै युवा या नागरिकलाई शिक्षाबाट बन्चित नभई गुणस्तरिय शिक्षा मा जोड दिन जरुरी छ । त्यसका लागि हामि अभियान गछौ । सरकारले पनि गुणस्तरिय शिक्षा दिन तयार हुनु पर्यो । अनि मात्र दक्ष जनशक्ति उत्पादन हुन्छ । सरकारको वेवास्ताले गर्दा युवाहरु बेरोगार मौलाउने र अशित हुने गरेका छन् ।

युवालाई पार्टीको झन्डामा गोलबन्द बनाएर परिणाम अन्तमा राम्रो पाउँदैनन् यसका लागि के भन्नु हुन्छ ?

वास्तवमा युवा संगठन पनि पार्टीमा आवद छन् । युवाहरु पार्टी भन्दा पृथक छन भन्न सकिदैंन । किनकी संगठनमा लागिपछि स्वभाविक रुपमा पार्टीमा सरोकारको विषय हुन्छ । तर पनि युवालाई फाइदा हुने कुरामा हकहित पुग्ने कुरामा पार्टीभन्दा पनि माथि उठेर हाम्रा मागहरु राख्छौ । त्यसैले युवा संगठनहरु पार्टीले जे गर्छ त्यहि बुझ्छ भनेर पनि हुँदैन । युवाहरुका सवालमा फरक ढंगले प्रस्तुत हुन्छौ । युवाहरुको तरुण दलले नै नेतृत्व गर्ने गरि अरु युवा संगठनहरु संग सहकार्य र समन्वय गरेर अगाडि बढ्ने सोछमा छौ ।

नेपाल तरुण दलको महासचिव भैरहँदा के अवसर पाउँनु भो के चुनौती छ ?

व्यत्तिगत रुपमा मलाई चुनौती छैन् । संस्थागत चुनौती नै महत्वपुर्ण हुन भन्ने लाग्छ । व्यक्तीगत ढंगले भन्नु पर्दा म कर्णाली कालिकोट मान्छे नेपालको प्रमुख दल त्यसैमा प्रमुख भातृय संगठनको महासचिव हुन पाउँदाखेरी खुसी र गौरवको विषय नै लागेको छ । भोलीको नेतृत्व गर्न प्लेट फमको रुपमा छ । त्यो भन्दा पनि काम गरेर देखाउनु पर्ने अवस्था छ । नेपाल तरुण दलबाट धेरै मानिसले कामको आसा गरेका छन् त्यहि भएर पनि सकृय र सचेत भएर संगठन विस्तारमा लाग्नु पर्ने छ । युवामा नैरेश्यता वितिषणता देखिएको छ त्यसलाई अन्त्य गरि युवाले गरेका आसामा साथ दिने तयारीमा छौ । युवाहरु आफ्नै देशमा नवसी विदेशिनु पर्ने बाध्यता छ । त्यसलाई अत्यगरी स्वदेशमै रोजगारीको सृजना गर्न तर्फ उन्मुख हुने छौ । अर्काे कुरा अहिले देशमा संविधान बने पनि कार्यान्वयनमा केहि चुनौतीहरु थपिएका छन् । त्यसमा युवाहरुको महत्वपुर्ण भुकिा रहने छ । संविधान कार्यान्वयन नभए देशमा स्थायी शान्ती हुन सक्दैन । राजनीतिक निकासका लागि तिनै तहको निर्वाचन हनु पर्छ । मुलुको जल्दोवुल्दो राजनीतिक विषय संविधान संशोधन र निर्वाचन घोषणा नहुनु पनि हाम्रो चुनौती हुन ।

संविधान कार्यान्वयनमा तरुण दलको भुमिका के हुन्छ ?

नेपाल तरुण दलले कांग्रेसलाई मात्र होइन सवै दललाई आग्रह गर्छ । राष्ट्रिय स्वास्र्थका लागि दलिय स्वार्थभन्दा माथी उठ्नु पर्छ । कुन दल तल पर्ने र कुन दल माथि हुने भन्दा पनि सवै दलले मेरो गरुको ब्राह्रै टक्का नभिनेर एकजुट हुन जरी छ । संविधान कार्यन्वयनका लागि नेपाल तरुण दलले दफाव सृजना गरिरहेको छ । धेरै वर्षपछि स्थानीय निर्वाचन हुन सकेको छैन । निर्वाचन ताेकिएकै समयमा हुनु पर्यो । स्थानीय तहको निर्वाचन नहुँदा गाउँमा नयाँ नेतृत्व आउन सकेको छैन । विकासमा पनि वाधा भएको छ । भ्रष्टाचार मौलाएको छ । सवै कुरा सहज हनुका लागि सवै दललाई आग्रह गर्दछौ संविधान कार्यान्वयनमा एकमत हुनु पर्यो । साथै संविधान कार्यान्वयनदखि हरेक विकासका मुद्दामा नेपाल तरुण दलले मेची महाकाली अभियान पनि सूरु गर्दै छ । युवाहरुको दवाफमा राजनीतीक दललाई खुला दिमागले सोच्ने अवसर मिल्छ । पार्टीको स्वार्थ भन्दा राष्ट्रिय स्वार्थमा लाग्नु पर्छ । यस्तै देशका जल्लावुल्दा विषयमा तरुण दलको महत्वपुर्ण भुमिका छ ।

यहाँ २०७० सालको संंविधानसभामा कालिकोटबाट प्रत्यक्ष उमेदार हुनु भो अव भातृय संगठनमै सिमित हुनुहुन्छ या पार्टीमा लाग्नु हुन्न ?

तरुण दल भातृ संगठन भए पछि पार्टीको संगठन हो । तरुण दल भातृय संस्था भनेर कुनै जुनियर संस्था हैन पार्टीको । मलाई लाग्छ तरुण दल भनेको आधा पार्टी जस्तै हो । पार्टिका धेरै जिम्मे्वारिमा रहेका साथिहरु हुनुहुन्छ नेपाली काँग्रे्स भित्र रहेका यूवाहरुको मजवुत संगठन भएकाले तरुणदलको संगठन र पार्टिको जिम्मेवार संगठनमा रहेको एउटै लाग्छ । म तरुण दलको महासचिवमा रहँदा देस भरिका जिल्लाहरुमा जानु पर्ने भएकाले कहिलेकाहिँ जिल्लामा पुग्न त्यति सोचे अनुसार नहुने होकि आफुलाई पनि अलि अलि चिन्ता लागिरहेको छ । तर कालीकोट जिल्लाका ९ हजार जनताले मलाई मत दिनु भएको छ । उहाँहरुको मतको मुल्यलाई कुनै पनि हालतमा म खेर जान नदिने कुरामा प्रतिबद्ध छु । उहाँहरुको सोचलाई पुरा गर्नका लागि, उहाँहरुको मुहार फेर्नका लागि म सुन्दर कालीकोटर र समृद्ध कालीकोट बनाउन म निरन्तर कालीकोटे जनताहरुको साथमानै रहने कुरामा प्रतिबद्ध रहने छु ।

देशभरका तरुणहलाई सकरात्मक बाटोमा लिन तपाईको के भुमिका रहन्छ ?

यूवाहरुले अव कसैको कुरा काटेर आलोचना गर्ने हैन । युवा भनेका देशका भावि कर्णदार हुन भनि कुरेर वस्ने अवस्था छैन । हामि भविस्यका कर्णदार मात्र हैनौ वर्तमानका साझेदार पनि हौ । युवाहरुले भोलीको बाटो आजबाटै बनाउनु पर्छ । अहिलेको महत्वपुर्ण कु्रा भनेको युवाहरुले उद्यम गरेर उद्यमी बन्न जरुरी छ । देश निर्माणका लागि केही न केही योगदान गर्न जरुरी छ । युवाले अफ्नो गाउँमा वा आफ्नो क्षेत्रमा जाने बुझेको सिपलाई सदुपयोग गर्नु पर्छ । उद्यमी भन्ने सवालमा सानोदेखि लिएर ठुलोसम्म जे पनि गर्न युवा तयार हुनु पर्छ । जवसम्म देशमा आर्थिक प्रगती हुन सक्दैन तवसम्म मुलुक परिवर्तन हुन सक्दैन । त्यसैले मुलुकको समृद्धिका लागि आर्थिक रपान्तरण हुुन जरुरी छ । अर्थिक रपान्त्रणका लागि एउटा समुन्नत राष्ट्र र समृद्ध नेपाल निर्माण का लागि हामि सम्पुर्ण युवाहरु लाग्न आवश्यक ठान्छु ।

देशबाट हजारौ युवाहरु बेरोजगारले विदेशीनु पर्ने बाध्यता छ यसका लागि राज्यले कस्तो निति अपनाउन जरुरी छ ?

झैन्डै ५० लाख युवाहरु विदेशीयका छन् । उहाँहरु विदेशीय भनेर सरकारले चुपचाप लाग्नु हुँदैन । वेरोगारी भएपछि विदेश गए पनि उहाँहरु नेपाली हो । उहाँहरुको मनमुटुमा नेपाली माया छ । त्यसैले विदेशमा भएकाहरुको पनि नेपाल सरकारले चिन्ता गर्न जरुरी छ । ति युवाहले के गरिरहेका छन् के खाइ रहेका छन् उनीहरुको सुुखदुःख बुझ्नु पर्छ । त्यो सवै कुरा नेपाल सरकारले बुझ्नु पर्छ । त्यस कारणले मैले एउटा यस्तो अवधाराणा राखेको छु । युवा स्वरोजगार बैदेशिक केन्द्र स्थापना गर्ने तयारीमा छ । विदेशियका युवाहरुलाइ मद्यत गर्नको निम्ती पनि युवा स्वरोजगार बैदेशिक केन्द्र जरुछ । युवाहरु विदेश जानु पुर्व काउन्सिलीगदेखि लिएर विदेश गएर गर्ने कस्तो काम गर्ने सवै बुझ्न र सिक्नको लागि सहज हुन्छ । तालिम सिप शिकाएर दक्ष जनशक्ति बनाएर पठाएपछि युवाहरुकै हित हुन्छ । शिप सिकेर गएको व्यक्तीकै काराणले देशमा विप्रेशण ‘रेमिटान्स’ बढेर आउँछ । युवाहरुले विदेशमा कमाएको पैसाँ देशमा ल्याएर सहि सदुपयोग गर्न जरुरी छ । त्यो पैसाँले पैसाँ नै उत्पादनमा लगाउनु पर्छ । एउटा उद्यममा लगानी गर्नु पर्छ अनि मात्र वेरोजगार कम हुन्छ । अर्काे कुरा नेपालमा पनि रोजगारको राम्रो सम्भावना छ ।
किनकी जलस्रोत,जडिवुटी,पर्यटनलगायका क्षेत्रमा राज्यले लगानी गर्नु पर्छ । विदेशीने युवाहरुलाइ देशमै रोजगारको व्यवस्था हुनु पर्छ । कृषि क्षेत्रमा पनि लगानी राज्यले बढाउनु पर्छ । अनिमात्र युवाको प्रगती हुन्छ युवाको प्रगती भए देशको प्रगती हुन्छ ।

नेपाल तरुण दलले अन्य युवाका संगठन संघ कसरी समन्वय गर्छ ? लडाई र गुण्डा गर्दिमा पनि युवा सकृय छन नी ?

अव युवाहरु हामी आपसमा लड्नुको अर्थ र औचित्य छैन । अव कुनै संग या पार्टीका युवा संगठनको विरुद्ध लड्नु भन्दा पनि हाम्रौ लडाई अन्याय असमानका विरुद्धमा हुन्छ । वेरोगार र अशिक्षाका विरुद्धमा लड्नु पर्छ । अव वाहुवलको प्रयोग गर्नु भन्दा पनि अव विवेक र विचारको लडाई लड्न जरुरी छ । नेपाल तरुण दल लड्ने संगठन हुँदैन । अव तरुण दल बैचारीक संगठन र विचार वोकेका युवाहरुको संगठन बनाउछौ । मुलुक परिपर्वतनका लागि तरुण दल विचारबाट लड्छ । अव हरेक युवाहरुलाई स्वरोजगारी वनाउन र देश समृद्ध बनाउको लडाइमा नेपाल तरुण दल लाग्छ । सवै युवालाई सकरात्मक विचार दिएर देश बनाउने तर्फ लाग्छौ । मुलुकको आर्थिक रुपान्त्रण गर्न कटिबद्ध भएर लाग्ने छ ।

नेपाल तरुण दलको चौथो महाधिवेशन सकिए पनि संगठनले किन पुर्णता पाएन नी ?

संगठनले पुर्णता नपाएकै काराण हामिलाई काम गर्न पनि समस्या खड्कीएको छ । जुन संगठनले गती लिनु पर्ने हो त्यो चाही लीएको छैन । आसा छ छिट्टै टुंगो लागेर संगठनले पुर्णता पाउँछ । अहिले तरुण दल राष्ट्रिय मुद्दामा अल्झिएको छ । पार्टीले समय दिएर नेपाल तरुण दलको संगठनलाई पुर्णता दिन जरुरी छ ।

Next Post

कालिकोटमा मेयर र अध्यक्षमा यस्ता छन् आकांक्षी, त्रिपक्षिय भिडन्त

९ चैत्र २०७३, बुधबार १८:००
कालिकाेट:आगामी बैशाख ३१ गते हुने स्थानीय निर्वाचनाका लागि जिल्लामा चुनावी चहलपहल बढेको छ । दुई दशकदेखि हुन नसकेको स्थानीय चुनाव सरकारले घोषणा गरेपछि जिल्लामा चुनावी माहोल तातिएको हो । स्थानीय चुनावमा भिड्ने आकांक्षीको संख्यामा पनि कमी छैन । ठुला तिन पार्टी नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपालगायतका […]