मुहार फेर्दै कालिकोटको पलाँता

६ कार्तिक २०७६, बुधबार १२:११

कालिकाेट- विगतमा रोग, भोक, गरिवी, अशिक्षा र अभावले उदाहरण बनेको कालिकोटको पलाँता स्थानीय सरकार स्थापनापछि बदलिएको छ । भौगोलिक विकटतासँगै विकासका हरेक पुर्वाधारमा निकै समस्या झेलीरहेको थियो पलाँता गाउँपालिकाले । तर, स्थानीय सरकार आएपछि पलाँताको मुहार फेरिएको हो । पलाँता गाउँपालिकाले, वेरोजगार निवारणका लागि विकास निर्माण कार्यदल गठन गरेर यूवालाई रोजगारी सृजना गरेको छ । हाल पलाँताका २५५ जना युवालाई मासीक २४ हजार तलवको सुविधा दिएर विकासका काममा संलग्न गराइएको छ । आगामी वर्षमा ५ सय लाई रोजगारी दिने तयारी रहेको गाउँपाका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए ।

गाउँपालिकामा, महिला स्वास्थ्य स्वयमसेविकालाई तलवको व्यवस्था गरिएको छ । गाउँपालिकामा १५ शइयाको अस्पाताल निर्माण गर्नुका साथै आयोवेद्धिक अस्पताल स्थापना गर्ने गाउँपालिले बताइको छ । कक्षा १ देखि १२ सम्मका सवै विद्यालयमा निशुल्क पुर्ण शिक्षा कार्यक्रम संचालन गरेको छ । त्यस्तै खानेपानी तथा सरसफाइको क्षेत्रमा एक घर एक धारा कार्यक्रम संचालन भइरहेको छ ।

हालसम्म पलाँता गाउँपालिकाले पलाँतामा ५१ किलोमिटर सडकको ट्रायाक खोलेको छ । करिव ९ करोड ३६ लाखको लागतमा उक्त सडक निर्माण भएको गाउँपालिकाले जनाएको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले सार्वजनिक यातायात संचालन गर्ने तयारी समेत गरेको छ ।  पलाँताका २९ सय घरधुरीका नागरिकलाई अवको दुई वर्षभित्र यातायातको पुहँच पुगाउँने लक्ष्य रहेको गाउँपालिकाले बताएको छ । बर्षौवर्षदेखि पुल नहुँदा समस्या झेलिरहेका पलाँतावासीले स्थानीय सरकार पाएपछि कर्णाली नदिमा झुलुंगे पुल पाएका छन् ।

पुल नहुँदा आवतजावत गर्न निकै दुःख भोक्नु परेको थियो । घाटवारीदेखि थिर्पु जोड्ने पुल निर्माण भएपछि स्थानीय खुसी भएका छन् । पुल नहुँदा पहिला तुइन तरेर पलाँतावासीले जिविको चलाउने गरेका थिए । हाजभोल भने, पलाँतामा तुइनमुक्त भइसको छ । महिला सशक्तिकरण, वालवालिका तथा गरिव विपन्न समुदायलाई लक्षित गरेर सचेतना मुलक कार्यक्रम संचालन भइरहेको छ । गाउँपालिकामा काम गर्ने साँझेदार संघसंस्थालाई बजेटदेखि हरेक कुरामा एकद्वार प्राणाली लागु गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए ।

गाउँपालिकाले प्राविधिक शिक्षा स्थापना गर्ने तयारी गरेको छ । पलाँताको खिनमा भेटेरिनरी र धौलागोहमा कृषि प्राविधिक शिक्षा पढाइ हुने भएको हो । पलाँताका हरेक नागरिकलाई सुचनाको पहुँचमा रहनको लागि गाउँपालिकाले एफएम रेडियो संचालनमा ल्याएको छ । देशभरका खबर स्थानीयलाई जानकारी गराउने र पलाँताका खबर बाहिर जानकारी गराउने उद्देश्यले रेडियो स्थापना गरिएको जनाइएको छ ।

पलाँताका सवैघरधुरीलाई लक्षित गरी पलाँता उज्यालो कार्यक्रमले पनि निरन्तरता पाइरहेको छ । आगामी फागुन १ गते देखि पलाँताका ९ वटै वडामा विद्युत पुगाउने तयारी रहेको छ । हाल वडा नम्बर ४, ५ र ६ मा ७० किलोवाट क्षमताको विद्युत संचालनमा आइरहेको छ । वाँकि सवै वडामा काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

Next Post

आश भरोसा लाग्दो पलाँता

६ कार्तिक २०७६, बुधबार १२:११
बर्षौबर्षदेखि रोग, भोक, गरिवी, अशिक्षा र अभावले उदाहरण बनेको कालिकोटको पलाँताले समृद्धि र विकासको कोल्टो फेरेको छ । पलाँता विकासको संम्भावना भुलिसकेका स्थानीयलाई गाउँपालिकाले समृद्धि र विकासको स्वाद चखाएको छ । कुनै वेला पलाँताभन्दा वित्तिकै विकट मानिने अहिले बदलिएको छ । हालको पलाँता देशकै नमुना गाउँपालिकाको उदाहराण बनेको छ । […]