सप्तरी घटनाका थप एक घाइतेको मृत्यु, मृतकको संख्या ५ पुग्यो

२७ फाल्गुन २०७३, शुक्रबार १७:१७

राजविराज– नेकपा एमालेको मेची–महाकाली अभियानअन्तर्गत गत सोमबार सप्तरीमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर घाइते भएका मध्ये थप एक जनाको शुक्रवार मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको जमुनी मधेपुरा–८ का इनर यादव रहेका छन्।

यादवको उपचारका क्रममा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको मोर्चाका नेता एवम् राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्र मण्डलले जानकारी गराएका छन्। गम्भीर घाइते रहेका यादव आइसियुमा रहेका थिए।

यससँगै सप्तरी घटनामा मृत्यु हुनेहरुको संख्या ५ पुगेको छ। मृत्यु हुनेहरुमा सप्तरी मलेठ–२ का सञ्जन मेहता, वीरेन्द्र महतो, मलेठ–४ का पिताम्बर मण्डल र प्रसवन्नी–४ का आनन्द साह रहेका छन्।

मृतकहरको शव अझै धरानमै रहेको छ। शुक्रवार साँझसम्म उक्त शव राजविराज ल्याउने र शनिवार बिहान शव यात्रा पश्चात अन्तिम संस्कारका लागि परिवारको जिम्मा लगाउने मधेशी मोर्चा सप्तरीका संयोजक दिनेशकुमार यादवले जानकारी गराए।

Next Post

कुन मनोबलले चल्छ अब देश जोगाउने काम ?

२७ फाल्गुन २०७३, शुक्रबार १७:१७
नेकपा (एमाले) को शान्तिपूर्ण मेची–महाकाली यात्रा अस्ति सोमबार सप्तरी सदरमुकामनजिकै पुग्दा एकाएक हिंसात्मक रुप लियो । एमालेको सभाभर शान्त रहेको त्यहाँ कार्यक्रम सकिएलगत्तै गोली चल्दा अन्ततः ६ प्रदर्शनकारीले ज्यान गुमाउने गरी घटना हुनुको कारण कोट्याउँदै एमालेले पनि भनेको छ, ‘गृहमन्त्रीको भूमिकाप्रति प्रश्न उठाएको छ ।’ सुरक्षाको दृष्टिले अत्यन्तै संवेदनशील मानिएको […]