कर्णालीमा तीजको हर्षोल्लासमय रौनकता

१७ भाद्र २०७६, मंगलवार ०९:०८

कालिकाेट – कर्णालीमा हरितालिका तीज धुमधामका साथ मनाइएको छ । विगतका बर्षझै यसपालिको तिजमा पनि निकै रौनकताले छाएको हो । देश विदेशका हिन्दू नारी जस्तै कर्णालीका नारीले पनि तीजलाई भव्य स्वागत गरेकि छन् । तीज नारीहरुको लागि एउटा महत्वपूर्ण चाड भएकाले यसलाई विशेष रुपमा मनाउने प्रचलन रहेको छ । यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने गरिन्छ । कर्णालीमा तीज अन्य धर्म र जातजातिका महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् ।

आद्य शक्ति भगवानशिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भन्ने विश्वास छ । वर्षाैदेखि हरितालिका तिज कर्णालीका हिन्दु नारीहरूले यो पर्व खुसियालीका साथ मनाउदै आएका छन् । कर्णालीको तीजमा माइतीले बाबु आमा, दाजुभाइ छोरी र चेलीलाई घरमा गई लिएर आउने वा बोलाएर मीठामीठा परिकार खुवाउने चलन छ । मनका भावना एवम् सुखदुख साँटासाट गरी एउटै ठाउँमा खाने बस्ने चलन छ । यस दिन विशेष महत्वकासाथ दर खाने गरिन्छ । यहि दर खाने दिन बाट नै तिज पर्वको आरम्भ भएको मानिन्छ । दरमा ठाउँ अनुसार विभिन्न मिठा परिकार साथै खीर, सेलरोटी, केरा लगायतका खाना, फलफुल खाने गरिन्छ ।आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ । सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ । भोलिपल्ट दिनभर पानी सम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राती ढीलासम्म बसेर पेटभरी खाने प्रचलन कर्णालीमा छ । कर्णालीको समाजमा तीज महिलाहरूद्वारा भव्य मनाइने एउटा पर्वको रुपमा परिचित भएको छ ।

मौलिकता हराउँदै

कर्णालीमा तीजको शैली फेरिदैँ गएको छ । विगतको तुलनामा तीजको शैली फेरीदै गएको हो । आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि कर्णालीमा नयाँ शैलीलाई बढी जोड दिइएको पाइएको छ । पुरानो शैलीको तिज मनाउने चलन हराउँदै आएको छ । तीज एक पौराणिक कालदेखि चलिआएको परम्परालाई पनि उत्तिकै प्राथामिकता राखिएको छ । सृष्टि र समाज चल्नको लागि परम्परागत मान्यता अनुसार, महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनु पर्ने हुन्छ । कर्णालीको तीजले मौलीकतालाइ पनि संरक्षण गर्न जरुरी रहेको संचारकर्मी भरतराज बिष्टले बताए । विगतको तुलनामा कर्णालीको पुरानो शैलीको तिज लोभ हुँदै गएको उनले सुनाए ।

यसरी आफू जन्मेको घर, माता, पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतिको यादलाई कमी गर्ने शक्ति तीजले दिने गरेको नारी जानकारहरुले बताइन् । तीज एउटा अवसरको महत्वपुर्ण पर्व रुपमा स्थापीत भएको कालिकोट खाँडाचक्र नगरपालिकाकी उपमेयर विजया बिष्टले बताइन् । गरगहना प्रर्दशन गुर्न भन्दा पनि कर्णालीको मौलिकताको संरक्षण गर्न जरुरी भएको बिष्टले बताइन् ।

कर्णालीमा पनि तीजको अवसरमा महिलाहरूलाई मीठामीठा भोजनका परिकारहरू खुवाइन्छ । नयाँ लुगा कपडा चिटिक्क लगाउने प्रचलन छ । महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । तीज नारीको लागि महा पर्व भएकाले यसको सदुपयोग गर्न आवश्यक रहेको तिला कर्णाली बहुमुखि क्याम्पसकी प्रध्यापक मिठु शाहीले बताइन् । पौराणीक प्रचलनको तीज शैलीलाई संरक्षण गर्दै विकसित शैलीको तीज पनि मनाउनु उचित रहेको प्रध्यापक शाहीले बताइन् ।

तीजमा विवाहित महिलाहरू आफ्ना पतिको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् । त्यस्तै अविवाहित नारी सुयोग्य वरको आशा राखी व्रत बस्छन् । ब्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मणब्राह्मणीहरूलाई दान दक्षिणा गर्ने चलन रहेको छ । तीजको व्रत अन्य व्रत भन्दा फरक ढंगले लिइन्छ । पौराणिक कालदेखि चलिआएको तीज पर्व नारीको सुख दुःखको पोख्ने चौतारी बनेको छ ।

Next Post

2076-05-11

१७ भाद्र २०७६, मंगलवार ०९:०८