नैतिकताको खडेरी तोड्छु भन्दै प्रधानमन्त्रीले दिए राजीनामा

१० जेष्ठ २०७४, बुधबार १७:५२

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिएका छन् । बुधबार देशबासीका नाममा सम्बोधन गर्दै प्रचण्डले राजीनामाको घोषणा गरेका हुन् ।
आफूले सफल प्रधानमन्त्रीका रुपमा विदा लिन पाएको भन्दै उनले खुसी समेत व्यक्त गरे । प्रचण्डले सम्बोधन गरेर राजीनामा दिन चाहेका थिए । तर, स्थानीय तहको संख्या बृद्धिको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद चल्न नदिने चेतावनी दियो ।

दुई दिनसम्म चलेको सहमतिको प्रयास असफल भएपछि प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट देशबासीलाई सम्बोधन गर्ने निर्णय लिए । राजनीतिको सबैभन्दा ठूलो समस्या इमानको कमी र उपयोगको संस्कृति भएको भन्दै उनले भने, ‘दलहरु र नेताहरुबीच भएका लिखित र अलिखित सहमतिहरु थुप्रै पटक च्यातिएका थुप्रै उदाहरण हामीसँग छन् । सत्ता साझेदारीका हकमा त अहिलेसम्म कुनै पनि समझदारी पालना भएका छैनन् ।’

तर, आफूले नेपाली राजनीतिमा रहेको नैतिकताको खडेरी तोड्ने संकल्प गरेको भन्दै उनले भने, ‘नेपाली कांग्रेससँग भएको समझदारी अनुसार नै म अगाडि बढ्दैछु ।’
उनले दोस्रो चरणको चुनाव आफ्नो नेतृत्वको सरकारले नै गराओस् भन्ने सिंगो देश र प्रतिपक्षको सदिक्षाप्रति आभार प्रकट गरे ।

सत्ता छाड्नुपर्दा अहिलेसम्म देखिने गरीको पीडा, आक्रोस र छटपटीको परम्परा तोड्दै अवका दिनमा राजनीतिज्ञ, सांसद र नागरिकका रुपमा मुलुक र जनताको उत्थानमा क्रियासिल रहने प्रतिवद्धतासहित आजै र अहिले नै प्रधानमन्त्री पदबाट राजीनामाको घोषणा गर्छु ।’ माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय एकता र सहमतिका निम्ति प्रयासरत रहने समेत बताएका छन् ।

Next Post

"कालिकोट : शुन्यदेखि सयको बाटो "

१० जेष्ठ २०७४, बुधबार १७:५२
प्रकाश न्याैपाने- सर्वप्रथम पहिलो चरणको स्थानीय तहको निर्वाचनमा विजयी सबैलाई बधाई तथा सफल कार्यकालको छ । यो निर्वाचनबाट पराजय भोग्नु हुने सबैलाई झनै शुभकामना । तपाइहरुको आगामी बाटोलाई अझै स्पष्ट र शानदार बनाएर आऊने दिनमा जनताको मन र मत जित्ने त्यो आँट र साहस तपाईमा पलाओस् । बर्षौ देखि हामीले […]