२८ लाख नगदसहित धाविका मीरा राई सम्मानित

२१ पुष २०७३, बिहीबार १६:०८

२१ पुस, झापा । अन्तर्राष्ट्रिय अल्ट्रा रनर मीरा राई २८ लाख नगदसहित सम्मानित भएकी छन् ।

विहीबार झापाको दमकमा भएको एक समारोहकाबीच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट, प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्री र सांसद् महेन्ऽकुमारी सुब्बाले राईलाई २८ लाखको चेक हस्तान्तरण गरे ।

साथै उनका प्रशिक्षक तथा कराातेका राष्ट्रिय प्रशिक्षक ध्रुव बिक्रम मल्ललाई पनि २ लाख नगदले सम्मान गरिएको छ ।

अल्ट्रा म्याराथनमार्फत नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमै चम्काउन सफल भएको भन्दै राईलाई बेलायतमा कार्यरत आधा दर्जन संघसंस्थाले सम्मान गरेको हो ।

मीराको सहयोगका लागि बेलायतमा रहेका किराँत राई यायोख्खा, जेन मार्सल आर्ट एकेडेमी, भोजपुर समाज र नेपाल युथ अर्गनाइजेसनले साथ दिएको जनाइएको छ ।

Next Post

अब पोखरा पुग्ने सडक पनि चार लेनको बनाइने

२१ पुष २०७३, बिहीबार १६:०८
१९ पुस, काठमाडौं । सरकारले अब पोखरासम्म पुग्ने सडकलाई पनि फराकिलो बनाउने भएको छ । सडक विभागले अहिले पृथ्वी राजमार्ग अन्तरगत मुग्लिन-नारायणगढ सडकखण्डलाई चार लेनको बनाउन प्रक्रिया सुरु गरेको छ । र, एसियाली विकास बैंकको सहयोग आउने भएपछि मुग्लीन-पोखराको झण्डै ९३ किलोमिटर सडक विस्तारको विस्तृत डिजाइनिङ थालिएको विभागले जनाएको छ […]