कर्णालीबाट पहिलाे पटक महिला नेतृत्व, निर्माण व्यवसायीमा शाही निर्वािचत

६ आश्विन २०७५, शनिबार ०९:३०

काठमाडाैं – नेपाल निर्माण व्यवसायी महासंघको ११ औं राष्ट्रिय अधिवेशनमा कर्णालीले पहिलो पटक महिला नेतृत्व पाएको छ । कर्णाली प्रदेशबाटै महिला निर्माण व्यवसायी ताराकुमारी शाही केन्द्रिय सदस्यमा निर्वाचित भएकी हुन् । देशभर ४ वटा महिला कोटा मध्ये तारा शाहीको उम्मेदवारी रहेको थियो । चारै महिला सदस्य निर्विरोध निवौचित भएकी छन् ।

निर्माण व्यवसायीमा महिलालाई निर्विरोध निर्वाचित गराएकोमा खुसी र आशा पलाएको निर्वाचित तारा शाहीले बताईन् । उनले भनिन,‘निर्माण व्यवसायीमा महिलाको सहभागीता निकै कमजोर अवस्थामा छ । अब हामीले महिलालाई पनि प्राथामिकतामा राख्न जरुरी छ । कर्णाली प्रदेशबाट त महिला निर्माण व्यवसायी कम मात्रामा सक्रिय छन् ।’ कर्णालीबाट पहिलाे पटक महिला नेतृत्व पाउँदा सकरात्मक सन्देश बाहिर गएकाे केन्द्रिय प्रतिनिधि जीवन शाहीले बताए । उनले भने, ‘नेपाल निर्माण व्यवसायी महासंघमा विगतकाे वेला धन र डनकाे हावी हुने गरेकाे थियाे । अव भने, बैचारिक र सफल नेतृत्व हुन जरूरी छ ।’

नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षका लागि यज्ञध्वज कार्की (वाइ.डी) रामशरण देउजा र रबि सिंह अध्यक्ष पदका लागि चुनावी मैदानमा भिड्दै छन् । महिला बाहेक अन्य पदमा भने निर्विराेध नभएपिछ  चुनाव हुने भएकाे हाे । नेपाल निर्माण व्यवसायी महासंघकाे वास्तविक पहिचान दिन अध्यक्षकाे लागि उम्मेदवारी दिएकाे वाइ.डी कार्कीले  बताए ।

Next Post

2075-06-10

६ आश्विन २०७५, शनिबार ०९:३०
[3d-flip-book id=”3102″ mode=”fullscreen” title=”false” template=”short-white-book-view” urlparam=”fb3d-page”]