२५० किलाेग्राम ताैल भएको मृत भालुको अन्त्येस्टी

२० भाद्र २०७४, मंगलवार ०९:२४

जुम्ला : पातारासीको तल्फी र पेरेगाउँको माझमा मृत भेटिएको भालुको अन्त्येस्टी गरेको छ। जुम्ला खलंगाबाट १६ कोष टाढा रहेको तल्फीमा भालु मरेको खबर पाएपछि मरेको भालुलाई वन कार्यालयका कर्मचारी र प्रहरीले दुई दिन लगाएर सदरमुकाममा ल्याएकोे जिल्ला वन अधिकृत मोहन श्रेष्ठले जानकारी दिए।  जिल्ला पशुसेवा कार्यालयका डांक्टर रोशन कर्माचार्य र पशु विकास अधिकृत ज्ञानेन्द्र बुढ्थापाको प्राविधिक टोलीले पोस्टमार्टम गरेपछि भालुलाई जिल्ला वन कार्यालयमा गाडिएको छ।  पोष्टमार्टमका क्रममा २ वटा गोली लागेको पाइएपनि  भालुको शरिरमा एउटा गोलीमात्रै भेटिएको डाक्टर कर्माचायले बताए। भालुको पित्त थैली नभएको र पछाडिका २ खुट्टा नभएको उनले जानकारी दिए।

मृत भालुको तौल झण्डै २५० केजीको थियो। भालुका विभिन्न ठाउँमा घाउहरु रहेका र धेरै स्थानमा हतियार प्रयोग गरेको वन अधिृकत श्रेष्ठले जानकारी दिए। भालु ठूलो भएकोले बजारमा ल्याउन कठिन भएकोले ४ घण्टासम्म कर्मचारी र प्रहरीले बोकेर पातारसीको लुमसम्म ल्याएको उनको भनाइ छ। त्यहाँबाट ट्याक्टरको सहायतामा सदरमुकाम पुरयाइएको सहायक वन अधिकृत भरत बुढ्थापाले जानकारी दिए।

भालुलाई जिल्लाका राजनैतिक दल, जनप्रतिनिधिहरु, पत्रकारसहित सरोकारवालालाई राखेर मुचुल्का बनाई वन कार्यालयमै गाडिएको छ। मकै खान आएको भालु गाउँ पसेपछि गाउँलेले आक्रोशित भएर मारेको हुनसक्ने प्रहरीको अनुमान छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख डा.तपन कुमार दाहालका भालुको आक्रमणबाट २ जना घाइते भएको र उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको बताए। यसबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

Next Post

भ्रष्ट्राचारका मुद्दाहरुको आक्रमक छानवीन हुनुपर्छः अमेरिकी राजदूत

२० भाद्र २०७४, मंगलवार ०९:२४
काठमाडौं— नेपाल आयल निगममा भएको घोटालाबारे प्रतिक्रिया जनाउँदै नेपालका लागि अमेरिकी राजदूत एलाइना बी तेप्लिजले भ्रष्ट्राचारका घटनाहरुबारे सरकारले छानवीन गर्नुपर्ने बताएकी छिन् । भ्रष्ट्राचारका रिपोर्टहरु सर्वत्र छन्। सरकारले तिनमा संलग्नहरुलाई निलम्बन, अनुसन्धान र यो कलंक अन्त्यका लागि भ्रष्ट्राचारका मुद्दाहरुको आक्रमक छानवीन अघि बढाउनुपर्छ।’ रिपब्लिका अंग्रेजी दैनिकको बुधबारको सम्पादकीयलाई कोट ट्विट गर्दै […]