ओली–प्रचण्डले मुख्यमन्त्री टुंग्याए, नामसहित

१५ माघ २०७४, सोमबार ०९:४९

काठमाण्डौं, १३ माघ । एमाले–माओवादी नेतृत्वको बामगठबन्धनले आफ्नातर्फका मुख्यमन्त्री र सभामुखको नाम टुंगो लगाएको खुलासा भएको छ ।

प्रदेश नम्बर २ मा बाहेक ६ वटै प्रदेशमा सरकार गठनका लागि बामगठबन्धनको संयुक्त कार्यदलको आइतबार दिउँसो बस्ने बैठकले मुख्यमन्त्री र सभामुखको नाम सार्वजनिक गर्ने भएको छ ।

गठबन्धनका प्रमुख नेताद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डवीचको आन्तरिक सहमति अनुसार प्रदेश नम्बर ३ मा एमालेकी अष्टलक्ष्मी शाक्य, प्रदेश नम्बर ४ मा पृथ्वीसुब्बा गुरुङ/किरण गुरुङ्, ५ नम्बर प्रदेशमा शंकर पोखरेल, ६ नम्बर प्रदेशमा माओवादीका महेन्द्रबहादुर शाही र ७ नम्बर प्रदेशमा पनि माओवादकीकै वीरमान चौधरी मुख्यमन्त्री बन्ने भएका छन् ।

 

Next Post

जनयुद्ध स्थापनाको अवसरमा सडक उद्घाटन गर्ने विप्लप निकट युवाको तयारी

१५ माघ २०७४, सोमबार ०९:४९
कालिकोट– नेपाल कम्युनिष्ट पार्टी निकट राष्ट्रिय युवा जनस्वयमसेवकले जनयुद्ध स्थापनाको अवसरमा आगामी फागुन १ गते सडक उद्घाटन गर्ने तयारी गरेको छ । बुधवार सदरमुकाम मान्ममा पत्रकार सम्मेलनको आयोजना गरि सो कुरा जानकारी गरिएको हो । नरहरिनाथ गाउँपालिकाले उक्त सडकको टेन्डर आव्हान समेत गरिसको छ । गाउँपालिकाले टेन्डर आव्हान गरे पनि […]