भरतपुरमा पुनः मतदान गर्ने निर्णय विरुद्ध अदालत जाने अाेलीकाे चेतावनी

२० जेष्ठ २०७४, शनिबार १७:२७

काठमाडौं : चितवनको भरतपुर महानगरपालिकामा पुन मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध नेकपा एमाले अदालत जाने भएको छ। मतगणनाका क्रममा मतपत्र च्यातेपछि अवरुद्ध भएको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्णय निर्वाचन आयोगले शनिबार गरेको थियो।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको एमालेको स्थायी समिति बैठकले आयोगको पुन मतदान गर्ने निर्णयले लोकतान्त्रिक मूल्य मान्यताको उपहास गरेको निष्कर्ष निकाल्दै त्यसविरुद्ध सबै प्रकारका न्यायिक उपचारको खोजी गर्ने निर्णय गरेको हो।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आयोगको निर्णयविरुद्ध कानुनी उपचार खोज्ने बताए। उनले पुन मतदान गराउने निर्णय गर्दैमा सबै कुरा सकियो भनेर नसोच्न सत्तारुढ दललाई चेतावनी दिदै एमाले कानुनी उपचार खोज्नमा लाग्ने बताए।

एमालेले पुन मतदान गराउने निर्णयलाई नाटकको संज्ञा दिदै त्यसलाई अस्वीकार गर्ने निर्णय पनि गरेको छ। सरकारद्धारा योजनावद्ध ढंगले पुन मतदान गराउने काम भएको भन्दै उसले सो प्रक्रियामा सहभागी नहुने निर्णय पनि गरेको छ।

अध्यक्ष ओलीले निर्वाचन आयोगले एउटा संबैधानिक निकायको भूमिका अनुसार निर्वाचन गराउने दायित्व पुरा गर्नुको सट्टा दवावमा आएर लाचारी निर्णय गरेको आरोप लगाए। निर्वाचन आयोगको शनिबार बसेको बैठकले विभिन्न प्रतिवेदनबाट मतगणना स्थलको अनधिकृत कब्जा भएको भन्ने पुष्टि हुन आएको भन्दै भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुन मतदान गराउने निर्णय गरेको हो।

Next Post

पेशागत महासंघद्धारा जनप्रतिनिधि सम्मानित

२० जेष्ठ २०७४, शनिबार १७:२७
कालिकाेट : पेशागत महासंघ नेपाल जिल्ला कमिटी कालिकाेटले एमालेबाट निर्वाचित जनप्रतिनिधीलाई सम्मान गरेको छ । शनिवार खाँडाचक्रकोमा मान्ममा महासंघले एक कर्यक्रमको आयोजना गरी सम्मान गरेको हो । बधाई तथा सम्मान कार्यक्रममा जिल्लाका ९ स्थानीय तहमा निर्वाचित प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा सदस्यलाई महासंघले बधाई दिएको छ । नेकपा एमाले कालिकोटका […]