छोएन श्रमिक दिबशले श्रमिकलाई

१८ बैशाख २०७६, बुधबार १३:५५

कालिकोट–विश्वभर १३० औ अन्तराष्ट्रिय श्रमिक दिवस मनाईरहँदा कालिकोटमा विभिन्न सरकारि तथा निजि कलकाराखाना र उद्योगमा काम गर्ने मजदुर भने काममा व्यस्त छन् । मजदुर संघ संगठनले मजदुरको हक अधिकारको आवाज उठाउँदै देशभर बिभिन्न कार्यक्रम गरिरहँदा उनीहरुलाई भने यस विषयमा जानकारी समेत छैन । श्रमिक दिवशमा सरकारले समेत सार्वजनिक विदा दिएपनि उनीहरु काममा ब्यस्त छन् ।

कालिकोट मान्मकी लालपुरा विक एक दिन काम नगर्दा पाँचसय रुपैयाँ घाटा हुने भएकाले काममा आएको बताउछीन । ‘खै यस्तो दिवसको बारेमा त थाहा छैन, कसैले भनेको पनि छैन, काम छिटो सकेर घर फर्कनुपर्ने छ, हामीलाई दिवशले के दिन्छ ? ज्याला दिदैन ।’ मान्मका सरकारि भवन निर्माणमा काम गर्ने अधिकांश मजदुरको अवस्था यस्तै छ । उनीहरुलाई श्रमिक दिवश भनेको के हो र कसरी मनाइन्छ भन्ने थाहा छैन ।

सदरमुकाम मान्मको कृर्षि ज्ञानकेन्द्रको भवन निर्माण गर्नगाँउवाट आएकी कुष्मा शाहि पनि विहानै देखि गिटि, वालुवा वोक्नमा व्यस्त छन । ‘विहानैदेखि हामी चारजनाको समुह काममा नै व्यस्त छौं, अह ! के दिवश हो ? कहिले आउँछ, के गर्नुपर्छ केही थाहा छैन, मालीकले छिटो काम सक्न भनेको छ’ कुष्माले भनिन ।

दिनमा आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आरामको माग राख्दै मजदुरहरुले आन्दोलन गरेको दिनको सम्झनामा हरेक वर्ष अंग्रेजी महिना मे को १ तारेखमा श्रमिक दिवश मनाइन्छ । तर सरकारि भवनमा काम गर्ने मजदुरहरु विहानदेखि साँझसम्म काममा ब्यस्त छन् ।
जिल्लाको स्थानिय हाट वजारमा काम गदै आएका भरत लुवारले भने,‘ पढेको भए यस्तो दिवश थाहा हुन्थ्यो होला, फेरी साहुले छुट्टी पनि दिदैन, दिनमा १६ घण्टासम्म काम गर्छौं ।’

सरकारि भवन कलकारखाना र उद्योगमा मात्रै होइन विभिन्न योजनाहरुमा कार्यरत मजदुर पनि दिनभर काम मै व्यस्त छन् । अर्डर आएको काम गरिसक्न समितिले निर्देशन दिएकाले काम चापाचाप भएको मजदुरहरुको भनाई छ ।

उद्योग कारखाना र सरकारि कार्यालयमा कार्यरत मजदुरहरु समेत श्रमिक दिवशको दिन काममा व्यस्त छन् । श्रमिक दिवशकै अवसरमा मान्ममा समेत विभिन्न संघसंगठन र पार्टीहरुले दिवसका बारेमा कार्यक्रम गरेका छन, तर वास्तविक श्रमिकहरुलाई यसले छुन सकेन ।

Next Post

कर्मचारीको तलब बढ्ने

१८ बैशाख २०७६, बुधबार १३:५५
काठ्माडाैँ– सरकारले आगामी वर्षको बजेटबाट सरकारी कर्मचारीको तलब बढाउने घोषणा गरेको छ। संसदमा प्रस्तुत नीति तथा कार्यक्रमबाट सरकारले कर्मचारीहरुलाई हालसम्म प्रदान गरिंदै आएको सेवा सुविधामा पुनरावलोकन गर्ने नीति लिएको छ। अघिल्लो वर्ष तलब भत्तामात्र बढेकोमा कर्मचारीहरु यो वर्ष तलब बढाउनुपर्ने लविङ रहेका छन्। अलमल गर्ने, काम नगर्ने, अनुशासनहीन, अनियमितता र […]