संसद् अधिवेशन फागुन २३ गतेको लागि राष्ट्रपतिद्वाराआह्वान

१७ फाल्गुन २०७७, सोमबार १२:३६

काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् । उनले सरकारको सिफारिसअनुसार सोमबार फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले प्रधानमन्त्री कार्यालयबाट संसद अधिवेशनको पत्र प्राप्त भइसकेको भन्दै सोहीअनुसार राष्ट्रपतिले २३ गते ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेको जानकारी दिए ।

केहीबेरमै राष्ट्रपति कार्यालयबाट संसद अधिवेशन आह्वानसम्बन्धी विज्ञप्ति जारी हुने उनको भनाइ छ । शुक्रबार बसेको क्याबिनेट बैठकले संसद बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएपनि ढिलागरी पत्र पठाइएको छ । संसद अधिवेशन आह्वान भएसँगै प्रतिनिधिसभाबाट नयाँ सरकार गठनको पहल थालिने छ।

Next Post

दलका नेताहरुले गरे विप्लव र सरकारबीचको ३ बुँदे सहमतिको स्वागत

१७ फाल्गुन २०७७, सोमबार १२:३६
काठमाडौं-सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको ३ बुँदे सहमतिको राजनीतिक दलका नेताहरुले स्वागत गरेका छन् । बिहीबार बिहान विप्लवका तर्फबाट खड्गबहादुर विश्वकर्मा, उदय चलाउने र सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र राजन भट्टराईबीच ३ बुँदे सहमति भएको हो ।  वार्ताबाट राजनीतिक विषयको समाधान वार्ताबाट गर्ने, शान्तिपूर्ण राजनीतिक गतिविधि सञ्चालन गर्ने, […]