नेपाली कांग्रेस सरकारविरुद्ध देशभर प्रदर्शनमा उत्रियाे

१५ श्रावण २०७५, मंगलवार १२:४५

कालिकाेट– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार सरकारविरुद्ध देश भर प्रदर्शन गर्ने क्रममा कालिकोटमा पनि प्रर्दशन गरेको छ । नेकपा नेतृत्वको सरकारले अधिनायकताको बाटोमा अग्रसर भएको भन्दै कांग्रेसले कालिकोटमा विरोध प्रदर्शन गरेको कांग्रेस जिल्ला सहसचिव दमन शाहीले जानकारी दिए । उनले सरकार लोकतान्त्रिक मूल्य मान्यता विपरित हिंडेकाले त्यसको रक्षा गर्न कांग्रेस आन्दोलित हुनु परेको बताए ।

संघीय व्यवस्थाको भावनाविपरीत अधिकारको केन्द्रीकरण गर्ने, शक्ति पृथकीकरणको सिद्धान्तलाई खिल्ली उडाउँदै स्वतन्त्र न्यायालयप्रति आक्रामक रूपमा प्रस्तुत हुने, संवैधानिक निकायलाई कार्यकारीको छाँयामा राख्ने, सरकार र पार्टी एकैजस्तो गरेर सञ्चालन गर्ने, कर्मचारीतन्त्र तथा सुरक्षा निकायहरूलाई व्यवसायिक रूपमा सञ्चालन गर्नुको सट्टा पार्टीप्रतिको प्रतिवद्धताका आधारमा चलाउने प्रवृत्ति सरकारमा बढेकाले आन्दोलित हुनुपरेको नेपाली कांग्रेस कालिकोटका सभापति हर्षबहादुर बमले बताए ।

कालिकोटमा मंगलबार विहान १२ : ३० बजे प्रतिमा चौकबाट सुरु हुने जुलुस, जिरो प्वाइन्ट, हुँदै मान्मको बजारमा कोणसभामा परिणत भएको छ । कोणसभालाई कांग्रेसका सभापति र अन्य तहका नेताहरुले सम्बोधन गर्ने गरेका छन् । जिल्लाको प्रर्दशनमा नेपाल तरूणदल, नेविसंघ र महिला संघलगायतका भातृय संगठनले पनि भाग लिएका छन् । देशैभर विभिन्न जिल्ला सभापतिहरुले आन्दोलनलाई शसक्त बनाउने जनाएका छन् ।

Next Post

दशैँसम्ममा दुनै सडक सञ्जालमा जोडिने

१५ श्रावण २०७५, मंगलवार १२:४५
डोल्पा – विकट हिमाली जिल्ला डोल्पालाई सडक यातायातको पहुँचमा जोड्न जाजरकोट–डोल्पा मोटरबाटो निर्माण कार्यलाई तीव्र पारिएको छ। अहिले दाङ–त्रिपुराकोट सडकखण्डको निर्माण कार्यलाई तीव्रता दिइएको नेपाली सेनाले जनाएको छ। सेनाले जिम्मा लिएको उक्त सडकखण्डअन्तर्गत खदाङ–त्रिपुराकोट खण्डको बीचमा पर्ने दर्जनौं भिर छिचोलेर मोटर गुड्ने चौडा सडक बनाइएको छ। कूल लम्बाइ ११७ दशमलब […]