संसद बैठक : यस्तो छ आजको सम्भावित कार्यसूची

२९ पुष २०७५, आईतवार १२:५९

काठमाडौं– शिक्षा तथा स्वास्थ्य समितिबाट पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिवेदनसहित आइतबार बस्ने प्रतिनिधिसभामा बैठकमा प्रस्तुत हुने भएको छ ।

संशोधन सहित पारित विधेयक समिति सभापति जयपुरी घर्तीले १२ बजेपछि बस्ने बैठकमा पेस गर्ने संघीय संसद सचिवालयले जनाएको छ ।

समितिले तयार बनाएको प्रतिवेदनमा ऐन लागू भएको १० वर्षपछि मुलुकका सबै मेडिकल कलेज गैरनाफामुलक हुने व्यवस्था समेटिएको छ । विधेयकमाथि समितिको निर्णयमा काँग्रेसले फरक मत राखेको थियो भने माग सम्वोधन नभएको भन्दै त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीले १६ औं अनसन थालेका छन् ।

त्यस्तै आजको बैठकबाट अघिल्लो अधिवेशनमै छलफलमा आएका तीन वटा विधेयक पारित गर्ने कार्यसूची रहेको छ । तीन वटै विधेयक गत साउनमा संघीय संसद सचिवालयमा दर्ता भएर सैद्धान्तिक छलफल भएपनि संसद अधिवेशन अत्य हुँदा समितिमा दफावार छलफल हुन बाँकी थिए ।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक टेवल गर्ने कार्यसुची छ भने नेपालको संविधान अनुकुल बनाउन केही नेपाल ऐनलाई संसोधन गर्ने विधेयकमाथी सैद्धान्तिक छलफल हुने छ ।

त्यस्तै आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले नेपालको संविधान अनुकुल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०७५’ विचार गरियोस भनि प्रस्तुत गर्ने, वन तथा वाताबरणमन्त्री शक्ति बस्नेतले बन्यजन्तु तथा अर्थमन्त्री युवराज खतिवडाले निवृत्तभरण कोष विधेयक २०७५ लाई पारित गरियोस भनि प्रस्तुत गर्ने सम्भावित कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।

Next Post

अझै छैन सत्तारुढ नेकपाका नाममा ‘बैङ्क खाता’, सांसदहरूको लेबी रकम छुट्टाछुट्टै

२९ पुष २०७५, आईतवार १२:५९
काठमाडौँ – पार्टी एकताको आठ महिना पूरा हुँदा पनि नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का सांसदहरूले पूर्वपार्टीका नाममा लेबी बुझाउँदै आएका छन् । पार्टीको जिम्मेवारीबाहेक अन्य पदमा पुग्ने जोकोहीले पनि पार्टीले तोकेअनुसार लेबी बुझाउनुपर्ने नियम तत्कालीन दुवै पार्टीमा थियो । हुन त नेकपामा पनि यो नियम छ तर अहिलेसम्म […]