कर्मचारीको तलब बढ्ने

२१ बैशाख २०७६, शनिबार १२:४६

काठ्माडाैँ– सरकारले आगामी वर्षको बजेटबाट सरकारी कर्मचारीको तलब बढाउने घोषणा गरेको छ।

संसदमा प्रस्तुत नीति तथा कार्यक्रमबाट सरकारले कर्मचारीहरुलाई हालसम्म प्रदान गरिंदै आएको सेवा सुविधामा पुनरावलोकन गर्ने नीति लिएको छ।

अघिल्लो वर्ष तलब भत्तामात्र बढेकोमा कर्मचारीहरु यो वर्ष तलब बढाउनुपर्ने लविङ रहेका छन्।

अलमल गर्ने, काम नगर्ने, अनुशासनहीन, अनियमितता र भ्रष्‍टाचारमा संलग्‍न हुने जोकोहीलाई कडा कारबाही गरी राम्रो काम गर्ने पुरस्कृत गर्ने परम्परा बसाल्ने नीति अख्तियार गरी सरकारले कार्यक्रममा उल्लेख गरेको छ।

Next Post

राष्ट्र प्रमुखको हैसियतले यो सरकार राष्ट्रपतिकै हो: प्रधानमन्त्री

२१ बैशाख २०७६, शनिबार १२:४६
काठमाडाैँ–राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सरकारको नीति तथा कार्यक्रम पढ्दा पटक पटक मेरो सरकार भनेकोमा तीव्र आलोचना भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रप्रमुखको हैसियतले सरकार राष्ट्रपतिकै भएको बताएका छन्। प्रधानमन्त्री ओलीले शनिबार बालुवाटारमा पत्रकारहरुसँग मेरो सरकार भन्ने अर्थलाई बृहत र सामुहिक अर्थमा बुझ्नुपर्ने बताए। ‘मैले मेरो देश भन्छु। मैले मेरो […]