रास्कोट नगरमा मोटरसाइकल आतंक

२१ श्रावण २०७५, सोमबार १०:१३

कालिकोट– जिल्लाको रास्कोट नगरपालिकामा मोटरसाइकल आतंक मचिएको छ । स्थानीय निर्वाचन भए यता मोटरसाइकल किन्ने होडवाजि र आतंक मचिएको हो । साविकका सिप्खाना, स्युना र फुकोट गरी तिन वटा गाविस मिलेर बनेको रास्कोट नगरपालिकामा १६ वटा मोटर साइकल खरिद भएका छन् । १६ वटा मोटरसाइकलको मुल्य ३८ लाख ५४ हजार ४ सय हुन्छ । प्रत्येक वडाध्यक्ष र केहि कर्मचारीका लागि मोटरसाइकल खरिद भएका हुन् । तर, अधिकांससंग सवारी चालक अनुमति पत्र रहेका छैनन् ।

एक कर्मचारीले भने, ‘मोटरसाइकलले साताउन थाले । महिनै पिछे दुर्घटना हुने गरेका छन् ।’ २ जना वडाध्यक्ष बाहेक कसैसंग पनि लाइसेन्स नभएको उनले बताएका छन् । खरिद गरेको ४ महिना नवित्दै ८ वटा मोटरसाइकल थोत्रा बनेका छन् । १५० सिसिका पल्सर बजाज कम्पनीका मोटरसाइकल नगरपालिकाले खरिद गरेको थियो । विग्रेका थोत्रा मोटरसाइकल मर्मत गर्न अझै मोटो बजेट खर्च हुने भएको कर्मचारीले बताए ।

                                                                                 फेसनको साधन बन्यो

रास्कोटमा मोटरसाइकल सवारीको नाममा आवागमन गर्ने साधन नभइ फेसनको रुपमा संचालन भएका रास्कोट निवासी अनन्त बरालले बताए । उनले भने, ‘नगरपालिकाको स्रोतले धान्न नसक्ने गरी मोटरसाइकल खरिद गरी दुर्घना गराउने र लाइसेन्स बेगरका व्यक्तिले चलाउने गरेका छन् ।’ देशभर सवारी साधन संचलानमा कडाइ भए पनि रास्कोटमा कुनै पनि निकएको ध्यान गएको छैन् । अधिकांस जनप्रतिनिधिले आफ्नो नातागोता र आफन्तलाई मोटरसाइकल काम चलाउन दिने गरिएको स्थानीयले बताए । धेरैजसो मोटरसाइकल त सिकारुकै नियन्त्रणमा रहने गरेका छन् । जिल्लाको जितेगडादेखि रास्कोट नगरपालिकाको कार्यालयसम्म २७ किलोमिटर सडकको लम्वाइ रहेको छ । जितेबाट मान्म बजार आउन झुलुङ्गे पुलबाट मोटरसाइकल गुडाउने गरिएको छ । विना काममा कार्यालय प्रयोजनका लागि नभइ खाली वेकाममा मोटरसाइकल गुडाउने गरिएको स्थानीयले बताएका छन् ।

  मोटरसाइकल जुवाइलाई कोशेली

३ नम्वरका वडाध्यक्ष देउसिगे कुमालको मोटरसाइकल सिकारु छोरा र जुवाइले दुर्घटनापछि ट्राफिकले नियन्त्रणमा लिएको मोटरसाइकल ।
३ नम्वरका वडाध्यक्ष देउसिगे कुमालको मोटरसाइकल सिकारु छोरा र जुवाइले दुर्घटनापछि ट्राफिकले नियन्त्रणमा लिएको मोटरसाइकल ।

यातायात कार्यालयलले सवै मोटरसाइकलको स्थायी नम्वर नगरपालिकालाई उपलव्ध गराए पनि अझै रातो प्लेडमा संचालन गर्ने गरेका छन् । स्थायी नम्वर हुँदाहुँदै अस्थायी नम्वर मात्र प्रयोग गर्ने गरिएको पाइएको छ । जिल्ला ट्राफिक कार्यालयले रास्कोट नगरपालिका वडा नम्वर ३ को मोटरसाइकल नियन्त्रणमा लिएको छ । वडाध्यक्ष देउसिगे कुमालका छोरा र जुवाइले सदरमुकाम मान्ममा ल्याएर दुर्घटना गराएपछि ट्राफिकले नियन्त्रणमा लिएको छ । मोटरसाइकल काम नलाग्ने गरी थोत्रो बनाएको छ । जिल्ला ट्राफिक कार्यालयका इन्चार्ज नन्द जैसीका अनुसार, जिल्लामा अधिकांस स्थानीय तहले लाइसेन्स नलिएर मोटरसाइकल संचालन गर्ने गरिएका छन् । स्थायी नम्वर लामो समयसम्म प्रयोग गरेर ट्राफिकलाई छल्ने काम भएकोे जैसीले सुनाए ।

 मोटरसाइकल पाल्नै हम्मे—हम्मे

नगरपालिकामा सवैजसो मोटरसाइकल दुरुपयोग हुने गरेका छन् । कतिपय वडाध्यक्षलाई मोटरसाइकल किन्ने इच्छा नभए पनि नगर प्रमुख कासीचन्द्र बरालले सबैलाई नगरको लाखौं रुपैयाँ खर्चेर खरिद गरेका छन् । रास्कोटमा सडकको पुहँच पुगेकाले मोटरसाइकल खरिद गरिएको नगर प्रमख कासीचन्द्र बरालले बताए । कतिपय वडाध्यक्षले मोटरसाइकलको सट्टा अन्य सुविधा लिने इच्छा हुँदाहुँदै पनि नगर प्रमुखले खरिद गरी बाध्यताले भिडाएको एक वडाध्यक्षले बताए । नगर प्रमुखको लागि ४० लाखको हाइलक्स गाडी प्रयोगमा छ । मोटरसाइकल प्रयोगभन्दा पनि चारपांग्रे मात्र प्रयोग गर्ने गरेको नगर प्रमुख बरालले बताए । नगरपालिकाले महिनामा एउटा मोटर साइकललाई १५ लिटरका दरले दिने गरेको नगरपालिकाले बताएको छ । तर, न्युनतम १५ लिटर भनिएता पनि कसैले त महिनामा ४० लिटर पनि पुगाउने गरेको एक कर्मचारीले बताए । १६ वटा मोटरसाईकलमा न्युनतम महिनामा ३२ हजार पेट्रोल खर्च हुने गरेको छ ।

 वडाध्यक्ष संज्यालको तमशा

वडा नम्वर १ का अध्यक्ष नवराज संज्याल वालकसहित चार जना सावर राखेर मोटरसाइकल गुडाउदै ।
वडा नम्वर १ का अध्यक्ष नवराज संज्याल चार जना सवार राखेर मोटरसाइकल गुडाउदै ।

दुइ जनाभन्दा धेरै यात्रु नवोक्ने नयिम हुदाहुँदा रास्कोट नगरपालिका वडा नम्वर १ का वडाध्यक्ष नवराज संज्यालले आफुसहित चार जना सवारी वोकेर मोटरसाइकल गुडाउदै गरेको प्रमाण भेटिएको छ । संज्यालले हेल्मेड नलगाएर आफ्नो पछाडी दुइ ठुला मान्छे एक वालक वोकेर मोटरसाइकलमा कुदीरहेका छन् । उनि घरबाट नगरपालिकाको कार्यालयतिर आइरहेका छन् । ट्राफिक नियमभन्दा पनि आफु नै असुरक्षित हुने गरी जनप्रतिनिधिले मोटरसाइकल चलाउने गरेका छन् । अरुलाइ ज्ञान दिने भनिएका यस्ता जनप्रतिनिधिले नियम र कानुनलाइ ठाडाे लात हानेका छन् ।

Next Post

प्रहरी इन्काउन्टरमा दुई अपहरणकारीको मृत्यु

२१ श्रावण २०७५, सोमबार १०:१३
काठमाडौं- अपहरणमा परेका बालकको खोजीको क्रममा भक्तपुरमा प्रहरी र अपहरणकारीबीच मुठभेड भएको छ। मुठभेडको क्रममा दुई अपहरणकारीको मृत्यु भएको छ। आइतबारसाँझ काँडाघारीबाट ११ वर्षिय बालक अपहरणमा परेका थिए। अपहरणमा परेका बालकको खोजीको लागि परिचालन भएको प्रहरी र अपहरणकारीबीच डोलेश्वरमा गोली चलेको महानगरीय अपराध महाशाखाले बताएको छ। प्रहरी इन्काउन्टरमा मृत्यु हुनेमा […]