नयाँ वर्ष २०७७ शुरु, लकडाउनका कारण देशैभर देखिएन उत्साह र उमंग

१ बैशाख २०७७, सोमबार १३:३९

काठमाडौं – आज अर्थात सोमबारदेखि नयाँ वर्ष २०७७ शुरु भएको छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते आज देश विदेशमा बस्ने नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता र असफलता मूल्याङ्कन गरी नयाँ योजनाको संकल्प गर्ने गर्दछन् ।

कोरोना संक्रमणका कारण मुलुक लकडाउनमा भएकाले यो पटक नयाँ वर्षको खासै उल्लास छैन । विगतमा भीडभाड हुने पर्यटकीय स्थलहरु समेत सुनसान छन् । मानिसहरुले घरमै आफ्नो परिवारबीच मात्रै नयाँ बर्ष मनाउने तयारी गरेका छन् । नयाँ वर्षको अवसरमा पिकनिक खान जाने, विभिन्न स्थानमा घुम्न जाने, साथीसंगी भेला भएर रमाइलो गर्ने र मन्दिरमा गएर पूजा गर्ने सबै कार्य रोकिएका छन् ।

सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने वैशाख संक्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान, दान, गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ । नयाँ वर्षको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र विभिन्न राजनीतिक दलका नेताहरुले देश–विदेशमा रहेका समस्त नेपालीहरुमा शुभकाना व्यक्त गरेका छन् ।

Next Post

सुत्केरीलाई कांग्रेस नेता भुपेन्द्रजंग शाहीकाे खाद्यान्‍न सहयोग

१ बैशाख २०७७, सोमबार १३:३९
सुर्खेत– नेपाली कांग्रेसका नेता भुपेन्द्रजंग शाहीले लगडाउनकाे वेला समस्यामा परेकी एक सुत्केरीलाई खाद्यान्‍न सहयोग गरेका छन् । कालिकोटदेखि काठमाडौं पुगेकी पचालझरना गाउँपालिका खाद्दु – ३ कि लालसरा परियारलाई नेता शाहीले खाद्यान्‍न सहयोग गरेका हुन् । चैत १० गते काठमाडौं पुगेर छोरीलाई जन्म दिएकी उनी चैत ११ गतेदेखि सरकारले गरेको लकडाउनका […]