सुरक्षा कोषलाई व्यवहारिक बनाउन महासंघको माग

९ कार्तिक २०७६, शनिबार ०९:०९

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई व्यवहारिक बनाउन सरकारसँग माग गरेको छ । महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले व्यवहारिक कठिनाईका कारण सो कोषमा आवद्ध हुने रोजगारदाताहरुमा समेत उत्साह नदेखिएको दावी पनि गरे ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालको  व्यवसायिक वातावरणको सूचकाँकमा आएको सुधारले बाह्य लगानी भित्र्याउन उत्साह भरेको उल्लेख गर्दै साना तथा मझौंला उद्योग संचालनका लागि उत्साह भर्न आवश्यक कानुन निर्माण गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

यता, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव शिशिरकुमार ढुंगानाले भने निजी क्षेत्रका व्यवसायीहरुले सरकारको नीति, नियमसँग अपडेट नभएको भन्दै गुनासो गरे । उनले चार वर्षअघि निर्माण गरिएका कानुनको विषयमा पनि निजी क्षेत्रले जानकारी नलिएको पनि बताए । सचिव ढुंगानाले सरकारले व्यवसायिक वातावरण बनाउन पर्याप्त कानुनको तर्जुमा गरेको पनि बताए ।

Next Post

नेपालले धेरै ठूलो सफलता हासिल गरेको छ : अर्थमन्त्री खतिवडा

९ कार्तिक २०७६, शनिबार ०९:०९
काठमाडौं– अर्थमन्त्री डा.युवराज खतिवडाले विश्व बैंकले हालै सार्वजनिक गरेको व्यवसायिक वातावरणको सूचकाँकमा नेपालले प्राप्त गरेको सफलता धेरै ठूलो भएको बताएका छन् । अर्थमन्त्री खतिवडाले संघीयताको कार्यान्वयन र आवश्यक कानुनको प्रबन्ध सरकारले गरेको हुनालेनै नेपालको व्यवसायिक वातावरणमा गत वर्षभन्दा सुधार आउन सकेको पनि स्पष्ट पारे । विश्व बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनमा […]