लोकतान्त्रिक र बाम गठबन्दनको मनोनयन दर्ता

५ कार्तिक २०७४, आईतवार १७:४२

कालिकोट –  अागामी मंसिर १० गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनका लागि कालिकोटमा भव्य रुपमा मनोनयन दर्ता भएको छ ।
नेकपा माओवादी केन्द्र र नेकपा एमालेको वामगठवन्धन, नेपाली काँग्रेस, राप्रपा (प्रजातान्त्री) र नेमकिपाले मनोनय दर्ता गराएका हुन । वाम गठवन्धनबाट नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक दुर्गबहादुर रावतले प्रतिनिधीसभा निर्वाचनको लागि उम्मेदवार दर्ता गराएका छन् ।

यस्तै नेकपा एमालेबाट क्षेत्र नम्बर (क ) बाट कुर्मराज शाही र माआबादी केन्द्रका तर्फबाट विनाविभागीय मन्त्री महेन्द्रबहादुर शाहीले (ख) क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका हुन ।त्यस्तै नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको महामन्त्री भुपेन्द्रजंग शाहीले प्रतिनिधिसभा प्रत्यक्षन तर्फ उम्मेदवारी दर्ता गराएका छन् ।

कांग्रेसले प्रदेश क बाट महासमिती सदस्य टेकराज शाहीले मनोनयन दर्ता गरेका छन् । प्रदेश ख बाट नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति कालीबहादुर सहकारीले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेस र राप्रपा कालिकोटको सयुक्त लोकतान्त्री प्यानल बनेको छ ।

नेपाली कांग्रेसबाट प्रतिनिधिसभाको लागि उम्मेदवारी दिएका भुपेन्द्रजंग शाही गएको २०७० को निवार्चनमा कालिकोटबाट प्रत्यक्ष तर्फ पराजित भएका थिए । त्यस्तै नेमकिपा, राप्रपा ( प्रजातान्त्रीक) र नयाँ शक्ति पार्टीले पनि उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन कार्यालय कालिकोटले जनाएको छ ।

 

Next Post

तालमेलले उम्मेदवारी मनोनयन तनावपूर्ण

५ कार्तिक २०७४, आईतवार १७:४२
नेपालगन्ज– बाम गठबन्धनले केन्द्रीयस्तरमा चुनावी तालमेल गरेर सिट बाँडफाँड गरे पनि स्थानीयस्तरमा त्यसको कार्यान्वयनमा समस्या देखिएको छ । यसले गर्दा कतिपय जिल्लामा पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता तनावपूर्ण बन्यो । एमाले र माओवादी केन्द्रका जिल्लास्तरका नेता आरोपप्रत्यारोपमा, केन्द्रमा भएको सहमतिविपरीत उम्मेदवारी दर्ता।  मुगुमा गठबन्धनले केन्द्रबाट पठाएको निर्देशन कार्यान्वयन […]