ललिजन बम– नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक क. पुष्पलाल श्रेष्ठले वि.सं. २००६ साल बैशाख १० गतेका दिन नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नु भएको थियो । नेपालमा राणाशासनको अन्त्यका लागि र प्रजातान्त्रिक आन्दोलनकै सन्दर्भमा कम्युनिष्ट पार्टीको जन्म भएको थियो । वि.सं. २००६ सालबाट शुरु भएको नेपाल कम्युनिष्ट आन्दोलन ६९ वर्ष लामो इतिहासको कालखण्डमा अनेकौ आन्दोनल तथा राजनीतिक संघर्षहरु, अनेकौं विचार दृष्टिकोण भएको हामी पाउँछौं ।
अन्तराष्ट्रीय कम्युनिष्ट आन्दोलन कै प्रभावबाट हो वा नेपालली कम्युनिष्ट आन्दोलक नै गतिविधिबाट होस जेहोस नेपाली जनताकै लागि गरिएका क्रान्तिहरु वर्तमान नेपाली कम्युनिष्ट आन्दोलनले अत्यन्तै ठुलो महान र ऐतिहासिक उपलब्धीहरु प्राप्त गरेको छ । किन भने नेपाली कम्युनिष्ट आन्दोलनमा देखा परेका सैद्धातिक चिन्तनहरुको आज एकरुपता महशुस भएको छ । नेपाली कम्युनिष्ट आन्दोलनको अग्रिम नेतृत्व गरिरहेका २ ठुला कम्युनिष्ट पार्टी एमाले माओवादी विच पार्टी एकता २०७५ साल जेष्ठ ३ गतेका दिन पार्टी नेपाल कम्युनिष्ट पार्टी घोषणा भएको छ । आज नेपाली राजनीतिकमा कम्युनिष्ट आन्दोलनको नया युग प्रारम्भ भएको छ । नेपाली कम्युनिष्ट आन्दोलनको लामो यात्राको इतिहासमा विचार दृष्टिकोणमा मतभेद राख्दै आएका पार्टीहरुको वैचारिक तथा सैद्धान्तिक एकताको लागि सामुहिक विचारलाई यहाँ प्रस्त गर्न खोजिएको छ ।
माओवादीका सैद्धान्तिक चिन्तनहरु
विश्व कम्युनिष्ट आन्दोलनमा माओवाद सैद्धान्तिक चिन्तनको अत्यन्तै महत्व छ । माक् र लेलिनले दिनु भएको सौन्दर्य चिन्चनलाई क। माओले पुर्याउनु भएको योगदानलाई अत्यन्तै महत्वका साथ हेरिन्छ । वर्तमान विश्वमा पुजिवादी चिन्तन र माक्र्सवादी चिन्तन विच द्धन्द्धात्मक अन्तरविरोध रही आएको छ । आजको यस जटिल परिस्थितिमा माओवादी सैद्धान्तिक चिन्तनको महत्वलाई नेपाली कम्युनिष्ट आन्दोलनमा प्रभाव र यसको समाज परिवर्तनमा क्रान्तिको ठुलो भुमिका रहेको छ । वि.सं. २०४६ सालमा निरंकुश पञ्चायती तानाशाही व्यवस्थाका विरुद्ध प्रजातान्त्रिक शक्तिहरुले जनआन्दोलन मार्फत बहुदलीय प्रजातन्त्रको घोषणा गरिएको थियो । राजतन्त्रात्मक बहुदलीय प्रजातन्त्रको २०४७ को संविधानलाई अस्विकार गरिएका कम्युनिष्ट पार्टीले भने माओवादका सैद्धान्तिक चिन्तनलाई विचारका रुपमा माओवादी पार्टीको २०५१ सालमा स्थापना गरेका थिए । शसस्त्र विद्रोहको तयारी गरी २०५२ सालमा जनयुद्धको घोषणा गरियो ।
नेपाली जयाँ जनवादी क्रान्तिको कार्यदिशालाई स्वीकार गर्दै एक्काइसौ सताब्दिको जनवादलाई नेपाली क्रान्तिको मौलिक हकका रुपमा वर्ग संघर्षका कार्यक्रमहरु तय गरिएका थिए । क्रान्तिकारी जनवादी शासन व्यवस्थाको लागि सक्रियतापूर्वक सैनिक संगठनबाट सामन्त वर्ग र हलाल नोकरशाही पुजिवादी वर्गको प्रतिक्रियावदी अधिनायकत्वलाई ध्वस्त पारी सर्वहारा वर्गको नेतृत्व र मजदुर किसान एकताको आधारमा आम जनताको संयुक्त त्रान्तिकारी जनवादी अधिनायकत्वको राज्यसत्ता स्थापनाका लागि नेपालमा माओवादी क्रान्ति गरिउको थियो । यस आन्दोलनमा महिला, दलित, किसान, मजदुर, पिछडिएको वर्ग जनजानी समुदाय प्रत्यक्ष संलग्न थिए । नेपाली सामाजको सही अन्तर विरोधलाई पहिचान गरी वर्गसंघर्षको माध्यमबाट गणतन्त्र स्थापनाका लागि ठुलाठुला वर्ग संघर्षका कार्यक्रम भएका थिए ।
नेपालमा हुकुमी राजतन्त्र र नोकरशाही प्रजातन्त्र अन्त्यका लागि माओवादी क्रान्ति भने निर्णायक मोडमा पुगेको थियो । दरबार हत्याकाण्ड र शाही घोषणाले सबै खोले प्रजातान्त्रिक शक्तिहरु बाहिरिनु पर्यो । स्थायी शान्ति र गणतन्त्र स्थापनाका लागि प्रजातान्त्रिक शक्ति र माओवादी शक्ति विच वार्ता भयो । वार्तामा माओवादीले अघि सारेका एजेण्डमा १२ बुदे सहमती भई २०६२।६३ को जनआन्दोलन सफल भएको थियो । नेपालमा एक दशक लामो माओवादी विद्रोह अन्ततः शान्तिपुर्ण राजनैतिकमा अवतरण गरिएको थियो । संविधान सभाको निर्वाचन र संविधान निर्माणको एक दशक लामो सहमतीबाट नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रान्मक संविधान जारी गरिएको छ । नेपालमा दुई दशक लामो राजनीतिक क्रान्तिमा ओवादी विद्रोहको एक ऐतिहासिक कार्यभार पुरा गरेको छ । नेपाली कम्युनिष्ट आन्दालमा माओवादीका दृष्टिकोण र चिन्तनको अत्यन्तै महत्व राख्दै आएको छ । माओवादी सौन्दर्यता चिन्तनसम्म आईपुग्दा नेपालको सन्दर्भमा भन्नु पर्दा बहुदलिय संसदीय व्यवस्थालाई पनि आत्मसाथ गरेको छ । विश्व कम्युनिष्ट आन्दोलनको इतिहासमा माओवादको चिन्तन र नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा माओवादीको विचार मौलिक दृष्टिकोणबाट त्रान्ति सम्पन्न भएको मानिन्छ । माओवादी विचारको आधारमा सर्वहारा श्रमजीवि जनताको क्रान्तिकारी जनवादी अधिनायकत्व गर्न चाहान्छ ।
तर नेपालको सन्दर्भमा लोकतान्त्रिक पुजिवादसँग वैचारिक दृष्टिकोणबाट समाजवादको परिकल्पना गरिएको छ । कार्लमाक्ले भन्नु भएको थियो “क्रान्तिकारी आचरण जसमा आत्मपरक र वस्तुपरक तत्वहरुको सिद्धान्त र व्यवहारको एकता स्थापित गरिन्छ र परिस्थितिमा परिवर्तन दुवै साथ साथ जारी रहन्छ । वस्तुगत र आत्मागत सिद्धान्त र व्यवहारको एकता हुन्छ । अनि मात्र क्रान्तिकारी गतिविधि पनि परिस्थिति अनुरुप परिवर्तन गर्नु यो नै क्रान्तिकारी आचरण हो ।” लोकतान्त्रिकक मुल्यमान्यता अनुसार माओवादको विचारलाई कम्युनिष्टहरु एक दलिय अधिनायकत्वको पक्षमा हुन्छ भनी आशंका पनि गरिएका छन् । जनताको जनवादी व्यवस्थाको परिकल्पना गरिएता पनि नेपालको सन्दर्भमा लोकतान्त्रिक प्रतिष्पर्धाको राजनीतिकलाई स्वीकार गरिएको छ । जनताको मानव अधिकार, नागरिक अधिकार, संवैधानिक अधिकार, राजनीतिक अधिकार, आवधिक निर्वाचन र संघीय राज्य व्यवस्था लगायतका मुल्य र मान्यतालाई टेकेर लोकतान्त्रिक गतिविधिलाई स्वीकार गर्दै माक्सवाद र लेलिनवादको स्रद्धान्तिक आधारमा कम्युनिष्ट पार्टी निर्माण गर्दै नेपाली कम्युनिष्ट आन्दोलकलाई विश्व सामु उदारणीय मार्ग दर्शनका रुपमा चिरपरिचत हुने अवसर प्राप्त गरेको छ ।
माओवादीका सैद्धान्तिक आधारहरु
संविधान सभा
संघीयता
गणतन्त्र
धर्म निरपेक्षता
समानुपातिक समावेशी
वैचारिक विचारको क्रमभङ्गता
एमालेका सैद्धान्तिक चिन्तनहरु
नेपाली कम्युनिष्ट आन्दोलनमा एमालेका सैद्धान्तिक चिन्तनहरु पनि अत्यन्तै महत्वका साथ हेरिएको छ । नेपाली कम्युनिष्ट आन्दोलनको र आजको समग्र मुलुकको नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको वर्तमान परिस्थितिको विचारलाई भविष्यमा सुनिश्चित गर्न केही सैद्धान्तिक चिन्तहरुलाई स्मरण गर्न चाहन्छु । संसदीय प्रजातन्त्रको पक्षमा लेलिनले भन्नु भएको थियो “राजनीतिक स्वतन्त्रताले मेहनतकस जनतालाई तुरुन्त गरिवबाट मुक्त गर्दैन तर यसले मेहनतकस जनतालाई गरिवी हटाउन संघर्ष गर्न एउटा हतियार दिन्छ ।”
संसदीय प्रजातन्त्रको अध्यासबाट कम्युनिष्ट पार्टीले जनतालाई संगठित गरी क्रान्तिकारी वर्गको बहुमत प्राप्त गरी जनवादी वर्गको समाज निर्माणको महत्वपुर्ण अवसरको रुपमा मानिन्छ । यिनै सैद्धान्तिक विचारका आधारमा नेपाली कम्युनिष्ट आन्दोलनका अनेकौ घटना, परिघटना तथा प्रजातान्त्रिक आन्दोलना विशिष्ट अनुभव तथा अन्तराष्टिय कम्युनिष्ट आन्दोलनमा पुर्ण सोभियत संघ र पूर्वी युरोपमा भएको समाजवादको विघटनका अनुभवबाट बहुदलीय प्रतिस्पर्धाको शासन प्रणालीलाई नेपाली त्रान्तिको सिद्धान्तका रुपमा क. मदन भण्डारीले पाचौं राष्ट्रिय महाधिवेशन वि.सं. २०४९ मा प्रस्ततु नेपाली क्रान्तिको कार्यक्रम “जनताको बहुदलीय जनवाद” एक महत्वपुर्ण विचार प्रस्तुत गर्नु भएको थियो । यो विचार नेपाली कम्युनिष्ट आन्दोलन अहिले एक सशक्त र अगुवा विचार बन्न पुगेको छ ।
माक्सवाद लेलिनवादको सिर्जनात्मक प्रयोग र जनताको बहुदलीय जनवाद, सिद्धान्त, कार्यक्रम र नीति नै पार्टी निर्माणको मुख्य वैचारिक आधार हो । नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्वदायी भुीमका निवर्वाह गरेको सैद्धान्तिक आधार जनताको बहुदलीय जनवादलाई विश्व भरिक कम्युनिष्ट पार्टीहरुले सैद्धान्तिक चिन्तन गरिउको भेटिन्छ । कम्युनिष्ट अधिनायकत्वको पुरानो वैचारिक धारणालाई बहुदलीय जनवाले अस्वीकार गरेको छ । किनभने बहुदलीय जनवाद सुस्पष्ट रुपमा अगाडी सारेको हुनाले जनताको नवादी राज्यसत्ता निर्माणका लागि अधिनायकत्व घातक हुनेभएकाले जनताको जनवादी राज्यसत्ता विपरित बहुदलीय जनवाद हो । क. मदन भण्डारीले भन्नु भएको छ “अधिनायकत्व वर्गीय राज्यको प्रश्न हो विश्व कम्युनिष्ट आन्दोलनमा वर्गको अधिनायकत्वलाई पार्टी र अझ व्यक्तिको तहमा प्रयोग गर्ने केही अनुचित कुराहरु भएका छन् । एउटा वर्गको राज्य हुन सक्छ तर एउटा पार्टीको एउटा व्यक्तिको राज्य कुनै हालतमा स्वीकार्य विषय होइन । स्वयं पुजिपति वर्गले राज्यको पुजिवादी अधिनायकत्वको गरिरहेका हुन्छन ।”
त्यसकारणले जनताको बहुदलीय जनवाद कुनै अधिनायकत्व होइन । जनताको बहुदलीय जनवादको सैद्धान्तिक तहबाट व्याख्या गरिने हो भने कुनै पनि खाले अधिनायकत्व र एकाधिकारवादका विरुद्धमा अनवरत संघर्ष र आन्दोलन गर्दै आएको छ । नेपालमा राणाशासनका विरुद्धमा वि.सं. २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा कम्युनिष्ट पार्टीको सहभागी र सामन्तवादी पञ्चायती व्यवस्थाका विरुद्ध वि.सं. २०४६ सालमा वाम मोर्चाको सक्रियतामा बहुदलीय व्यवस्थाको स्थापना, देशमा प्रजातान्त्रिक आन्दोलन पटक पटक हुँदै आए नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा बहुदलीय जनजादकका छन् ।
बहुदलीय व्यवस्था पछिको माओवादी शसस्त्र विद्रोहलाई शान्तिी पूर्ण वार्ताको माध्यमबाट राष्टलाई निकास दिने उद्देश्यले मध्यस्तरका संमन्वयकारी भुमिका निर्वाह गरी बहुदलीय खुल्ला समाज र बहुदलीय प्रतिष्पर्धाको प्रणाली अनुरुप लोकतान्त्रिक गणतान्त्रिक राजनीतिक व्यवस्थाका लागि २०६२।०६३ सालको जनआन्दोलनमा नेतृत्वदायी भुमीका निर्वाह गरेको छ । नेपाली कम्युनिष्ट आन्दोलनको ईतिहासमा बहुदलीय जनवादले सृजना गरेका सैद्धान्तिक विचार चिन्तनहरु अहिलेको वर्तमान विश्व परिवेशलाई मार्ग दर्शनका रुपमा राजनीतिक सृजना भएको मानिन्छ ।
बहुदलीय जनवादका मौलिक विशेषता
कम्युनिष्ट पार्टीको लोकतान्त्रिकरण
कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरण
राज्य सत्ताको लोकतान्त्रिकरण
अर्थतन्त्रको लोकतान्त्रिकरण
वर्तमान नेपाली कम्युनिष्टका सैद्धान्तिक मतभेदलाई एकरुपता कायम गर्दै विशाल तथा शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण गरी विश्वसामु नेपाली राजनीतिक चेतनालाई श्रेष्ठता गरेको छ । नेपाली राजनीतिकको मौलिकतमलाई औचित्य प्रदान गरेको छ ।
एमालेका सैद्धान्तिक आधारहरु
संविधानको सर्वोच्चता
बहुदलीय प्रतिस्पर्धाको प्रणाली
शक्ति पृथकिकरणको सिद्धान्त
लोकतान्त्रिक गणतन्त्र
सामाजिक न्याय र सुरक्षा
जनताको बहुदलीय जनवाद
वर्तमान विश्वका कम्युनिष्टको सैद्धान्तिक दृष्टिकोण र भुपरिवेष्टित राजनीतिक दृष्टिकोणमा मतभिन्नता र अन्तरसंवाद भईरहेकै परिवेशमा विश्व सामु नेपाली कम्युनिष्ट आन्दोलनले नयाँ उचाई प्राप्त गरेको छ । वागठवन्धनको चुनावीय घोषणा पत्रमा उल्लेखनीय पार्टी एकताको प्रतिवद्धतालाई आज नेपाली जनताले कम्युनिष्टलाई सार्वभौमसत्ता सम्पन्न गरेका छन् । आज नेपालमा शक्तिशाली कम्युनिष्ट पार्टी घोषणा भएको छ । कम्युनिष्ट आन्दोलनमा देखापरेका राजनीतिक चिन्तनहरुलाई वर्तमान परिस्थितिको चिन्तनसँग सृजनात्मक चेतनाको विकास गरी प्रगतीशील सर्वविचारको श्रेष्ठता कायम गर्ने भन्ने अपेक्षा गरिएको छ ।
पार्टी एकताको सैद्धान्तिक दृष्टिकोण
विचारको एकता
संगठित एकता
कार्यशैलीमा एकता
नेपाली कम्युनिष्ट आन्दोलनले उठाउँदै आएका नेपाली क्रान्तिका कार्यक्रम बहुदलीय जनवाद वा एक्काईसौं शताब्दीको जनवाद आज हाम्रो जस्तो कमजोर मुलुकमा पुजिवादी क्रान्ति सम्पन्न भएको छ । आज यस मुलुकको महान उपलब्धीलाई रक्षा गर्न वर्तमान नेपाली राजनीतिमा हाम्रा नेतृत्वहरुले सैद्धान्तिक चिन्तनलाई वर्तमान परिस्थितिको सामना गर्नुपर्ने मुख्य चुनौती रहेको छ । लेखक–बम नेकपा एमाले जिल्ला कमीटी कालिकोटका सदस्य हुन् ।