शिवराज सिम्खाडा-
नेपालको इतिहासको कालखण्डमा नै पृथ्विनारायण शाहको कार्यकालदेखि पार्दुभाव भएको राष्ट्रियता उनका दिब्यउपदेशबाट नै कति राष्ट्रियता थियो भन्ने कुरा प्रष्ट हुन्छ । त्यसरी नै अमरसिंह थापाले बाघको डमरु हु सिनो खाने कुकुर झै नसम्झ भनी तत्कालिन अंग्रेज सरकारलाइ दिएको प्रतिउत्तर होस चाहे नालापानी युद्धमा विर बलभद्रकुवरले एक थोपा पानी नपाउदा पनि युद्धमा देखाएको रणकौसल होस् । चाहे त्यो ७० बर्षको उमेरमा देउथल युद्धमा सरदार भक्ति थापाले देखाएको रणकौसल होस ।
चाहे त्यो मकैको खेती पुस्तकमा विदेशी कुकुर भन्दा स्वदेशी कुकुर नै काम लाग्छन भनि सुब्बा कृष्णलालले भनेका उदगार हुन यि उदगारहरुबाट के प्रष्ट हन्छ भने त्यो बेलामा राष्ट्र र राष्ट्रियताप्रति कति माया रहेछ ? त्यस्तै राजा महेन्द्र ले तत्कालिन चिनिया राष्ट्रपती माओलाइ लेखेको पत्र जसमा राजा महेन्द्रले भारतले नेपालमाथि गरिरहेको दवदवाका कारण म नेपाली जनताको हितका खातिर कम्युनिष्ट बन्न पनि तयार छु भनेका थिए । तत्कालिन भारतिय प्रधानमन्त्री इन्दिरा गान्धीलाइ दिएको जवाफमा पनि राष्ट्रियताको भाव नै लुकेको थियो तसर्थ राष्ट्र र राष्ट्रियता त हाम्रा पुर्वजहरुले कमाएको सम्पत्ती हो यो राष्ट्रियतालाइ कसैले दाइजो दिएको होइन ।
जव दासढुगा हत्याकाण्ड भयो त्यसमा क.मदन तथा क.अश्रित को निधन भयो यो कुरामा हामी नेपाली सवैलाइ त्यो दुखको अनुभुति त छदैछ । तर त्यो घटना किन भयो भन्ने सवालमा भन्नुपर्दा नेपालको राष्ट्रियता समाप्त पार्नका लागि भएको थियो किनकी विस्तारवादी शक्ति र साम्राज्यवादी शक्ति तथा अन्य कम्युनिस्ट विरोधि शक्तिहरुको एक तिर ले दुइ सिकार गर्ने योजना थियो त्यो के भने एकातिर विश्वबाट पलायन गराइएका कम्यनिष्ट शक्ति नेपालमा बढदै जानुमा क.मदनको ठुलो योगदान थियो यसकारण मदनको हत्या गरिएमा नेपालमा कम्यनिष्ट पतन हुन्छन भन्ने मान्यताको आधारमा नेपालका कम्यनिष्टहरुलाइ धरासायि बानाउन अर्को विस्तारवादी शक्ति र साम्राज्यवादी शक्ति हरुका अगाडि नेपाल सधै गुलाम भैरहोस र तिनिहरुको विरोध गर्न आँट गर्ने कुनै त्यस्तो नेता नजन्मोस नेपालको राष्टबाद वसिगटन र दिल्लिमा कायम रहोस भन्ने चाहना थियो त्यो सफल भयो पनि ।
किनकि क.मदन भण्डारीले स्वतन्त्रता राष्टियता तथा परतन्त्रता कहिल्यै नस्विकार्नै खालका सम्वोधन हरुमा काठमाडौ को चावहिल मा मिति २०४७ साल चैत्र ५ गतेका दिन रजा विरृन्द्रलाइ चुनौति दिदै भन्नु भएको थियो महाराज हात नलम्काइ बक्सियोस आँखा नचम्काइ बक्सियोस आफना सण्ड मुण्डहरुलाइ नचलाइबक्सियोस यदि चालाउने नै हो भने श्रपेच फुकालेर मैदानमा नेता भएर आउनु परयो ताकी प्रतिद्धन्तिा गर्न सकियोस भन्ने सम्वेधन दिनु अर्को २०४७ सालमा काठमाडाको खुला मञ्चमा आयोजित जनसभामा अमेरिकी राष्ट्रपति जर्ज बुस तथा तत्कालिन नेपालका लागि अमेरिकी राजदुत जुलिया चाङ ब्लक लाइ चुनौती दिदै भन्नु भएको थियो हामिलाइ कुनै आपत्ति छैन चाहे अमेरिकी राष्ट्रपति जर्ज बुस ले अव कम्युनिष्टको आयु धेरै छैन भनुन चाहे जुलिया चाङ ब्लक ले केहि भनुन यस्ता स्यालहरु धेरै कराउदैे गर्छन दुनियामा प्रतिगामी र पुजिबादि स्यालहको त्यति साह्रो कमी छैन काग कराउदै गर्छ पिना सुक्दै गर्छ कुकुर भुक्दै गर्छ हाति हिड्दै गर्छ भन्ने भनाइबाट होस विश्व कम्युनिष्ट सम्मेलनमा गरको लामो ३ घण्टे सम्वोधनहरु र अमेरिका बाट प्रकाशित ‘द न्यूज वीक’ पत्रिकाले लिएको मदनको अन्र्तबार्तामा मुख्य शिर्षक कार्ल माक्र्स लिभ इन नेपाल भनेको कारण र यता मदनको उपस्थितिमा टनकपुर सन्धि नेपालको संसदमा पास नहुने अवस्थाले गर्दा यि सवै कारणले पुजिबादि प्रतिगमनकारी तथा विस्तारबादी शक्तिहरु डराएर दासढुगा हत्याकाण्ड रचाउन पुगे तत्पश्चात मदनका हत्यापछि टनकपुर सन्धि नेपालको संसदले पारित पनि गर्यो तर त्यसमानेमा क. बामदेव गौतम लगायत केहि राष्ट्रिवादी नेताहरुको असहमति रहयो जसको फलस्वरुप नेकपा (एमाले) विभाजन पनि भयो । तर बामदेव कमरेडले एकोहोरो ढंगले रष्टियता मात्र गुम्यो भन्ने सोचाइ राख्नु भयो तर बमपन्थि समाम्त पार्ने खेललाइ बुझन नसकेको कारणले पार्टि विभाजन भयो तैपनि क.बामदेव गौतमलाइ दोषि ठान्दिन किनकी उहाँ सोझो किसिमले खरो राष्ट्रिबादी बन्नभयो तर अर्को कुरा नबुझेर नै गर्नु भएको हो यदि नेपालमा बामपन्थि समाप्त पार्ने अर्का योजना बन्दैछ भन्ने थाहा पाएको भए सायद पार्टि फुटाउनु हन्न थियो होला । माफ गर्नु होला आदरणिय पाठक महानुभावहरु मैले वितेका कुरालाइ कोट्याएर पुरानो घाउ बल्झाउन खोजेको होइन मैले त राष्ट्रबादको कुरा गर्दा यि कुराहरुको उल्लेख गर्नु पर्ने भएकाले मात्र उल्लेख गरेको हु । हालका दिन हरुमा काठमाडौ प्रहरी प्रमुख रमेश खरेललाइ धन्यवाद दिन चाहान्छु किनकी उहाँले काठमाडौको राष्ट्रवादलाइ बचाउन र सान्ति सुरक्षा कायम गर्नका लागि गुण्डाहरुलाइ तह लगाउनुभएको छ । यसमा देशका आन्तरिक गुण्डाहरुलाइ तह लगाउन सफल हुन भएको थियो र आफनो कर्तब्य निर्वाह गर्नु भएको थियो उहाँलाइ हार्दिक बधाइ दिन चाहान्छुकी साहसीमुलक कार्य गर्नु भएकोमा र अर्को कुरा भारतिय चलचित्र इन्डियन मा ए.सि.पी आजादको भुमिकामा सन्निदेवल ले गरेको स्टाइलमा गर्नु भएकोमा बधाइ तर नेपालमा अन्तराष्ट्रिय गुण्डाहरु पनि छन तिनिहरुलाइ तह लगाउन तपाइ खरेल लगायत अन्य प्रहरी अधिकृतको नभएपनि कोसिस गर्दा कुनै हानी हुनेछैन र अन्तराष्ट्रिय गुण्डाहरुलाइ विशेस गरी नेपालका राजनेताहरु शेर बहादुर ,झलनाथ खनाल, केपी ओली प्रचण्ड तपाइहरु लाइ पनि मेरो विनम्र अनुरोध छ यो देशवाट अन्तराष्ट्रिय गुण्डाहरुलाइ धपाएर राष्टियतालाइ जोगाउन सक्ने आँट छ ।
छैन किनकि प्रधानमन्त्रिले पहिलो भ«मणमै माहाकालीमा आधा भारतको पनि हक छ भन्न खोजिएको भारतलाइ रिझाउन गरिएको होकी यदि माहाकाली साझा हो भने मदन भण्डारीले २०४७ साल चैत्र ५ गते चावहिलको जनसभामा तत्कालिन प्रधान मन्त्री कृष्ण प्रसाद भट्टराइ लाइ त्यस्तै प्रश्न गर्नु भएको थियो त्यो म पनि हाल नेपालका प्रधानमन्त्रीज्यू यदि माहकाली साझा नदी हो भने तपाइ इन्डिया गएर मनमोहन सिंह लाइ पनि गंगा नदि पनि साझा हो भन्न सक्नु हुन्छ ? तसर्थ रष्द्रियताको सवालमा नेपाली कांग्रेस ले पटक पटक हमला गर्दै आएको छ त्यसका ज्वलन्त प्रमाणको रुपमा कोशि ब्यारेज, टनकपुर ब्यरेज,त्यस्तै हाल बन्दै गरेको अपर कर्णाली जसका प्रत्येक सम्झौतामा नेपाली कांग्रेस नै सामेल छ । यि विभिन्न घटनक्रमलाइ हेर्दा जो लोकतन्त्र र प्रजातन्त्रको हिमायति हु भनेर भन्छ त्यस सँग राष्ट्रियता हुदैन तसर्थ नेपाली जनतालाइ लोकतन्त्र प्रजातन्त्र गणतन्त्र भन्दापनि राष्ट्रिय स्वतन्त्रता चाहिएको छ । केहि समय पहिले पटनामा गृह मन्त्रि बामदेवलाइ बनाइनु हुदैन भनि अर्को मुलकमा गएर भन्नु को तात्पर्य के हो माधवजी के तपाइलाइ यि कुराहरुको अभिब्यक्त गर्नका लागि बल्खुमा तपाइलाइ ठाउ पाइएन ? अनि तपाइ अराजक नभएर हामी कार्यकर्ता मात्र अराजक हुने ? यहि हो राष्ट्रियता ? नेपाली कांगे्रसका नेताहरुका त कुरै छोडौ किनकी उहाँहरुसँग राष्टवादको परिभाषा नै थाह छैन तर कांग्रेस भित्र पनि केहि राष्ट्रबादी हरु छन गगन थापा नरहरी आचार्य तर यस्ता मानिसहरु पेलिइएका छन ।
एमाले का नेताहरुमा पनि राष्ट्रियता भएको कुरामा माधव नेपाल तथा झलनाथ खनाल र केपि शर्मा ओली प्रधानमन्त्री भएका कारण यि ३ जना बाहेका अरुको बारेमा थाह भएन झलनाथ खनाल माधव नेपाल भन्दा के.पी शर्मा ओलीमा राष्ट्रियता भएको दिखियो किनकी मदेशबादी नेताहरुलाइ एकमदेश एक प्रदेशका विषयमा दिइएको जबाफले के.पि.ओलीमा राष्टबाद भएको झाल्किन्छ त्यसै गरी भारतले अघोषित रुपमा लगाएको नाकाबन्दी को समयमा भारतलाइ नै झुकाएकोमा यो राष्टबादको ज्वलन्त उदाहारण हो । एमाओवादीका नेताको कुरा गर्ने हो भने त्यहाँ त पटक्कै राष्ट्रियता नभएको देखियो किनकी विगत १२ वर्षमा मैले नै माओबादी नेता हरुका भाषणहरु सुनेको थिय गाँउमा छदा एमाओवादी पार्टिका नेता तथा कार्यकर्ता सवैको जिव्रोमा के झण्डिएको थियो भने अमेरिकी साम्राज्यवाद तथा भारतिय विस्तारवाद को खरो विरोध थियो तर सत्तामा आइसके पछि देखियो उहाँहरुको राष्ट्रबाद भन्दा त राजा महेन्द्रको राष्ट्रबाद नै उत्तम थियो किनकी एमाओबादीका बाबुराम भटराइले विप्पा सन्धि गरेर आत्मसर्मपणबादको नमुना देखाइसक्नु भएको छ ।
त्यस्तै गरी बर्तमान प्रधान मन्त्रि प्रचण्ड पनि भारतलाइ रिझाएर प्रधानमन्त्रि पदलाइ टिकाउनका लागि लम्पसारबादको सिर्जन गर्नु भएको छ किनकी नेपाललाइ स्थिर नवनाउने भारतको चाहना बमोजिम मदेसलाइ टु््क्रयाउने ध्ययले संविधान शंशोधनको प्रस्ताव ल्याउनु यसको ज्वलन्त प्रमाण हो । तसर्थ देशको शाशन सत्ता चलाएका सवै नेताहरुको बसमा सम्पुर्ण पार्टि र २ तिहाइ बहुमत भएको अवस्थामा तिमिलाइ आजिवन प्रधानमन्त्री बनाइदिन्छु नेपाललाइ भारतको एउटा प्रान्त बनाउ भनेका खण्डमा यि नेताहरुको एउटै जवाफ हुनेछ यदि मित्रराष्ट को यहि चाहना हो भने हुन्छ भन्ने जवाफनदेलान भन्न सकिदैन । कमसेकम राजा महेन्द्रलाइ इन्दिरा गान्धिले तिमिलाइ नेपालको आजिवन राष्ट्रपति बनउला तर नेपाललाइ भारतमा गाभेर भरतको प्रान्त बनाउ भन्ने प्रस्नको उत्तरमा राजा महेन्द्रले भनेका थिए ठिक छ मेरो एउटा शर्त पुरा हुछ भने म सवै मान्न तयार छु भनेका थिए त्यो शर्त के थियो भने नेपालको राष्ट्रिय झण्डा दिल्लिमा गाडिनु पर्छ भन्ने थियो तर अहिले त्यस्तो जवाफ दिने कुनै महापुरुष छ ?तर
ठिक उल्टो नेपालको राष्ट्रिय अस्मिता लुटिदा अर्थात जनानी माथि बारम्वार बलात्कार गरिदा प्रतिकार
त परै जावस छोरा अर्थात नेपाली जनातालाइ हाम्रो जननी माथि बलात्कार भयो भन्ने कुराहरुलाइ
भन्न सकिरहेका छैनन र आफनो नामर्दिपन देखाइरहेका छन । र विशेष गरि नेपालका राजनितिक पार्टिका बरिष्ट नेताहरु लाइ मेरो विनम्र अनुरोध छ कि हाम्रो देशमा शासन गर्ने ठुला पार्टिहरु सवै मा भारतिय गुप्तचर संस्था ‘रअ’ का एजेन्ट हरु पसिसकेका छन तिनिहरलाइ धपाउनुहोस पत्ता लगाउनुहोस सर्वप्रथम तिनिहरु लाइ कार्यवाही भन्दा पनि फासि दिदा पनि फरक पर्ने छैन किनकी गुग्तरुपमा देशका सुचना हरुलाइ दिएर नेपाललाइ बर्वाद पार्न भाइरसहरु हुन समयमा हामिले विचार पुगेन भने भोली क्यान्सर भैसके पछि औषधि गर्न गाह्रो हुनेछ यदि सक्नुहुन्न भने संसदमा नेपाललाइ भारतको एउटा प्रान्त बनाउने भनेर पास गर्नुहोस केहि फरक पर्दैन यसरी अर्ध औपनिबेसिक हुनु भन्दा पुरै औपनिबेसिक भए जनताले सास्ती पाउछन अनि पृथ्विनारयण शाह, बाहादुर शाह,बलभद्र कुवर,भिमसेन थापा,अमरसि थापा, तुल्सीमेहर श्रेष्ठ जस्ता विर पुर्खा हरु ले गरेको संघर्ष नेपालको इतिहासमा नकाम हुनेछन ।
सायद तपाइहरुले भारतिय अमिताभ बच्चन अभिनित चलचित्र हेर्नु भएकै होला त्यसमा अमिताभ ले देहोरो भुमिका निर्वाह गरेका छन एउटा पुलिस अफिसर भएर घुस लिइ गुण्डाहरुको सम्पुर्ण सुचना लिएका छन भने राति तिनिहरुलाइ शंशाह बनेर खतम पारेका कुरालाइ मनन गरी एउटा भुमिका मात्र गर्न सक्नुहन्न भने दोहारो भुमिका निर्वाह गर्नुहोस ताकी हाम्रो देशका राष्टिय अस्मिता बचोस अर्को तिर दोश्रो विश्व युद्धताको शक्तिशाली राष्ट्र जर्मन सम्राट विलियम केयुरले भनेका थिय म मेरा सैनिकहरुलाइ संसारका सवै सेना सँग लडाउन चाहान्छु तर नेपाली सेना भन्ने वित्तिकै मेरो मुटु थर्कमान हुन्छ भन्नु यो त्यतिकै भनेका थियनन होला तसर्थ यि कुराहरुलाइ पनि मनन गर्दै हे राजनेता हरु मेरो विन्ति छ विलियम केयुरका यि भनाइलाइ माटोमा मिलाउने प्रयत्न गर्ने दुश्शाहस नगर्नहोस ति भनाइलाइ जिवन्त राख्ने प्रयास गर्नुहोस ।
तपाइ हरुले तलका उदगारहरुलाइ त भुल्नु भएको छैन होला नि ? ति उदगारहरु
हटने होइन डटि लड्ने नेपालीको बानी हुन्छ ।
शिरउभिएको स्वभिमानी नेपाली हुन्छ ।।
हाम्रो किल्लामा गाडिएका खाँवाहरु भाचेर भाचिन्नन ।
हामिलाइ कसैको परतन्त्र स्विकार छैन ।
हामिलाइ कसैको दासत्व स्विकारछैन ।
हामी नेपाली जन्मैदेखि स्वतन्त्र छौं
तर आज मदन भण्डारी को हत्या अर्थात दासढुगा हत्काण्ड, राजा विरेन्द्रको हत्या अर्थात दरवार हत्याकाण्ड तथा कालापानी काठमाडौलाइ किन दुख्दैन भन्ने कुरा लेखेका कारण ले भएको प्रेमसिंह धामीको हत्या बाट माथिका उदगारहरु विर्षिएका छन नेपालको राष्ट्रियता गुमेको छ र ति घटना हरु नेता, राजनेता तथा पत्रकारका लागि तेस्र्याउने हतियार भएका छन जव कसैले राष्ट्रियता को कुरा उठाउदा तलाइ पनि त्यस्तै बनाइदिउ भन्ने जबाफ आउछ होला । तर मैले यि सवालहरुलाइ समस्यामुलक ढंगले अगाडि सारेको होइन समाधान विधि पनि छ ।
त्यसको बारेमा म उल्लेख गर्न चाहन्न किनकी हाल कुरालाइ ल्याउने समय भएको छैन तसर्थ म ब्यक्तिगत रुपमा कालिकोट जिल्लामा जन्मी हुर्केको मानिस कालिकोट जिल्लाको ने.क.पा एमाले जिल्ला कमिटी सदस्य भएको हुनाले अहिले सम्म कुनै नेतालाइ भेटेको पनि छैन भेटने अभिलाषा पनि राख्दिन किनकी त्यसो गर्नका लागि अनेकौ चाप्लुसी गरेर भेटनु पर्ने हुन्छ कि त ठुला बडा भनाउदाहरुलाइ साथ लिनु पर्ने हुन्छ ।
मलाइ चाकडि चाप्लुसी गरिरेर ठुलो नेता वा पदमा जाने रहर छैन किनकी आज म चाकडि चाप्लुसी गरी कुनै ठुलो पद मा जाउला सभासद बनौला र मन्त्री बनौला र त्यसपछि प्रधानमन्त्री बन्नका लागि भारतको चाकडी अर्थात दहिच्युरे राष्ट्रबाद जप्दै राष्ट्रिय आत्मसमर्पण बाद तिर जाउला त्यसकारण मलाइ राष्ट्रियता गुमेको राज्यमा नेता बन्न रहर छैन । नेपालको सत्तासंचालनको रिमोट दिल्लिबाट सिंहदरवार नल्याएसम्म हामी नेपालीको कल्याण हुने छैन । तवसम्म दहिच्युरे राष्टबाद र राष्ट्रिय आत्मसपर्मणबाद कायमै रहने छ । तसर्थ दहिच्युरे राष्ट्रवाद मुर्दावाद ! राष्ट्रिय आत्मसर्मपणबाद मुर्दाबाद ! !