माओवादी किन आफै लाग्दैछ शुन्यको यात्रामा

२३ जेष्ठ २०७४, मंगलवार १०:२८

रमेश रावल-
माओवादी शान्ति सम्झौतापछिका ०६५ सालसम्मका ३ बर्ष यति लोकप्रिय भयो की नेपालमा देशमा माओवादीले जनयुद्धले भन्दा शान्तिपुर्ण ढंगले कब्जा गर्न सक्छ भन्ने सबैलाई लाग्यो । जनता पनि निकै उत्साहित र निकै आशावादी भए । तर, बिडम्बना प्रचण्ड प्रधानमन्त्री भएपछि साना साना कुराको आलोचना भयो । माओवादीका बिभिन्न गतिबिधिको आलोचना भयो ।

माओवादीले गर्ने हरेक निर्णयमा माओवादीका कार्यक्रता नै निकै आलोचक देखिए । नेता र कार्यक्रताका यसै खाडलका बीच माओवादी खासै केही गर्न सक्दैन भन्ने साधारण जनहरुलाई लाग्यो । त्यहीबाट माओवादीको ओरालो यात्रा लाग्यो । माओवादीका नेताहरु पद, प्रतिष्ठा, पैसाको पछाडी दौडिन थाले । पाए आजै हो । खाए आजै हो । जे गरे पनि आजै हो भोली के हो के हो भन्ने माओवादीका नेतामा देखियो । सयौं कार्यकर्ताहरु खाडी भासिए । नेताहरु सहर केन्द्रीत भए । गाउँमा रहेको उनका कार्यक्रता र समर्थक जनताहरुलाई लाग्यो माओवादी नेता हाम्रा नेता होइनन् ।

अन्य राजनीतिक दलका कार्यकर्ताहरु निरन्तर गाँउमा बसीरहे । हाम्रा सुख दुःखका नेता अन्य राजनीतिक दलका नेताहरु भएको साधारण जनलाई लाग्यो । माओवादी आन्दोलन त्यो पनि ओरालो लाग्ने वातावरण तयार भयो । माओवादी नेताहरुले हिजो आफैले लड्न पठाएका सोझा कार्यक्रतालाई बिर्सदै गए । तडकभडक गर्ने र नेताहरुको काखमा बस्ने उनीहरुको हनुमान बन्नेलाई आफ्नो कार्यकर्ता ठानियो ।

युद्धलडेका कार्यक्रता निस्कृय बस्न थाले । तडकभडक गर्नेहरु माओवादी कार्यकर्ताले र साधरण जनताले पनि पत्याएनन् । यसरी निरन्तर आरोलो लाग्दै गएको माओवादीको यात्रा कर्मचारीको चुनावमा आउँदा पनि झनै लज्जास्पद दखियो । अरुमा त अरुको कुरै छाडौं माओवादीका मन्त्री भएका मन्त्रालय शुन्य मत पाए । उर्जा मन्त्री टोपबहादुर रायमाझीको मन्त्रालयबाट माओवादी कर्मचारी शुन्य मत पायो ।

माओवादीलाई उपराष्ट्रपति कार्यालयबाट माओवादी कर्मचारी शुन्य मत पायो । गोर्खामा शुन्य मत पायो । यसबारे सरकारमा गएका मन्त्रीको कार्यशैली र उनीहरुले गर्न नसकेको कामका बिषयमा माओवादीले छानबिन गर्नु पर्दैन ? आफ्ना पराई देख्ने र अरुलाई आफ्नो देख्ने, पार्टी र जनताभन्दा पैसाका पछाडी लाग्ने माओवादी मन्त्रीहरुको बिषयमा धेरै भनिरहन पर्दैन । यही कर्मचारीको चुनाव काफी छ । हुन त माओवादीले बिभिन्न कुरा बहाना बनाउँला ।

यो वा त्यो बहाना । तर, नितान्त रुपमा माओवादी अब आफ्नै गतिबिधिका कारणले ओरालो लाग्दैछ । माओवादीका १ हजार १सय नेताहरुले आफ्नो कार्यशैली संच्याएन र सुध्रिएनन भने । जताततै शुन्यमा झर्नेछ । यस बिषयमा बैले ध्यान देओस ।

Next Post

थवाङमा चुनावी उत्साह, विप्लव समूह पनि चुनाव लड्ने तयारीमा

२३ जेष्ठ २०७४, मंगलवार १०:२८
काठमाडौं । दोस्रो संविधानसभा निर्वाचनमा एउटा पनि मत नखसेको रोल्पाको थवाङमा अहिले चुनावी उत्साह छ । चुनाव बहिष्कारको नीति अवलम्बन गर्दै आएका थवाङ्गी जनता गाउँमै आएको सिंहदरवारको अधिकार भरपुर उपयोग गर्ने मानसिकतामा छन् । पहिलो चरणको चुनाव बहिस्कार गरेको विप्लव नेतृत्वको नेकपासमेत थवाङमा यसपटक चुनाव लड्ने दबावमा छ । नेकपाले […]