रक्सीको कमाल : सुखत रहेन वडाध्यक्ष संज्यालको रंगीन रात

२२ बैशाख २०७५, शनिबार १२:१४

सुर्खेत- कालिकोट रास्कोट नगरपालिका वडा नम्बर १ का अध्यक्ष नवराज संज्याल प्रहरीको फन्दामा परेका छन् । रक्सी खाएर सुर्खेतको एक दोहोरीमा रमेका वडाध्यक्ष संज्यालले मध्यरात तमसा देखाएपछि प्रहरीले खोरमा हालेको हो । पशु तथा कृषि सम्वन्धि अन्तर जिल्ला अवलोकन तथा भ्रमणमा गएका संज्यालसहितका ३ जना पक्राउ गरिएको प्रहरीले बताएको छ ।

जिल्लाबाट मंगलबार सुर्खेत पुगेका वडाध्यक्ष संज्याल एक ग्याङ साथी बनाएर सुर्खेतको काँग्रेविहार दोहोरीमा पसेका थिए । करिव रातीको ९ बजे दोहोरी छिरेका संज्यालले एक घण्टासम्म मदिरा मोज गरे । त्यो रंगीन रातमा उनका मुख्य सारथी एक वडा सदस्य र माओवादी केन्द्रका नेता नर्धाेवज खड्का (उमेश) थिए । भ्रमणको लागि गएका वडाध्यक्ष संज्यालले दोहोरीको मोजमा रास्कोट नगरपालिकाको इज्जत राखे नत पैसाँ नै ।

दोहोरीबाट करिव रातीको १० बजे बाहिर निक्लेका उनि मंगलगडी नजिकको जुम्ला रोडमा प्रहरीको फन्दामा परेका हुन् । दोहोरीभित्र तछाडमछाड गर्दै फर्किएका संज्यालले बोल्ने—नबोल्ने शव्द बोलेका थिए । जुम्ला रोडमा रहेको ३ वटा पसलको सटरमा मुक्का हान्दै गाली गरिरहेको अवस्थामा प्रहरी पुगेको थियो । संज्यालसंगै पक्राउ परेका दुईजनाले प्रहरीलाई समेत गाली दिनुका साथै उल्टै प्रहरीलाई मुक्का प्रहार गरेको जनाइएको छ ।

प्रहरीले जाँड खाएर हल्ला गर्न पाइन्न भन्दै समातेर लिन खोज्दा तिनै जना प्रहरीसंग भिडेको बताइएको छ । प्रहरीको एउटा भ्यानमा आएका ७ जना प्रहरीले नसकेपछि पुनः अर्काे भ्यान आएको थियो । दुई वटा भ्यान आएपछि बल्ल नगर प्रहरीले नियन्त्रणमा लिएको थियो । नगर प्रहरीले नियन्त्रणमा लिएसंगै फेरी बाटोमा फुत्कीने प्रयास भएको एक जना प्रहरीले बताए ।

भ्रमणको नाममा मदिरा मोज
जनप्रतिनिधिले भ्रमणको नाममा लाखौैं बजेट सकेर मदिरा मोज गरेका छन् । कृषी, पर्यटन र पशु क्षेत्रको भ्रमण गरेर ज्ञान र सिप सिक्ने उद्देश्यले भ्रमणमा गएका वडाध्यक्षको यो हालत हेर्दाे स्थानीय निराश बनेका छन् । प्रहरीका अनुसार, संज्यालले मुख्यमन्त्रीको शान झार्दै प्रहरीले छुन पनि सक्ने क्षमता छैन भनेका थिए । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको निर्वाचन क्षेत्रका वडाध्यक्ष सहितका तिनै जना तिन दिनसम्म प्रहरीको खोरमा वास वसेका थिए । पाल्पा जिल्लातिर अवलोकन तथा भ्रमण गर्ने भनिएका जनप्रतिनिधि नै प्रहरीको खोरमा परेपछि साथमा गएका कर्मचारीलाई निकै समस्या भएको थियो ।

मध्यरात मदिरा खाएर तथानाम बोलेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तिनै जनाले मादक पदार्थ खाएर हल्ला गर्नुको साथै बदनाम कमाएका थिए । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दोहोरीभित्र र बाहिर सास्ती दिएपछि प्रहरीले ठाउँको ठाउँ पक्राउ गरेको थियो । वडाध्यक्ष संज्यालको यो हालत हेर्दा गाउँका स्थानीय जनता वाक्क दिक्क बनेका छन् । नमुना वडा वनाउँछु भन्ने संज्यालले रास्कोट नगरापालिकाकै ठुलो बेइजेती गरेको एक स्थानीयले बताए । यहि १८ गते मंगलबार पक्राउ परेका संज्याल सहितका दुई जना प्रहरीसंग क्षमा माग्दै आइन्दा रक्सी पीएर हल्ला नगर्ने सर्तमा प्रहरीले छोडेको छ ।

Next Post

बन्दै मुगु–हुम्ला लिंकरोड, वैदेशिक निकायसँग हातेमालो

२२ बैशाख २०७५, शनिबार १२:१४
सुर्खेत — बेलायत सरकारको सहयोगमा कर्णाली प्रदेशमा सडक पूर्वाधारले गति लिएको छ । बेलायतको अन्तर्राष्ट्रिय विकास मन्त्रालय (डीएफआईडी) को अनुदान सहयोगमा मंगलबार मुगु–हुम्ला लिंकरोड निर्माणको घोषणा गरियो । डीएफआइडीका अनुसार ६५ किमि लामो उक्त सडक दुई वर्षभित्र सम्पन्न हुने गरी काम सुरु गरिएको छ । मुगुको छायाँनाथ रारा नगरपालिकादेखि हुम्लाको चंखेली गाउँपालिकाको देउली […]