कालिकोट- नेपाली कांग्रेसका पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देवाले लोकतान्त्रीक गठबन्दनको पक्षमा निर्वाचन परिणाम आएमा मात्र विकासले गति पाउँने बताए । विहिवार नरहरीनाथ गाउँपालिको सुनथराली विमानस्थलमा चुनावी आमासभालाई सम्वोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् । उनले सभालाई सम्वोधन गर्दै भने, ‘बाम गठबन्दनले नेपाली काँग्रेसलाई झनै सहज बनाएको छ ।
विगतको द्धन्द्धमा माओबादीले कालिकोटका जनतालाई दिएको धोकाको साटो पहिचो यो चुनावमा फर्काउने छन् ।’ प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा कालिकोटका विवेकशिल नागरिकले माओवादीलाई भोट नहाल्ने प्रधानमन्त्री देउवाले दावी गरे ।
कालिकोटमा एमालेको उम्मेदवार नहुनु नै कांग्रेसको भाग्य खुलेको देउवाले बताए । देउवाले भने, ‘नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधिसभामा साझाँ उम्मेदवारलाई उठाएकाले जित सुनिश्ति पक्का छ ।’ चुनावी सभाका प्रमुख अतिथी समेत रहेको प्रधानमन्त्री देउवाले विकट कालिकोटलाई माओवादीले विकासको नाममा विनास गरेकाले अवको चुनावले समृद्धि देखाउने सांसद जन्माउन आग्रह गरे । चुनाव जित्ने सुनौलो अवसर अहिले नै भएको देउवाले बताए ।
देशको समृद्धि विकासका लागि लोकतान्त्रिक गठबन्धनलाई जिताउन प्रधानमन्त्री शेरबहादुर देउवाले चुनवीसभामा आग्रह गरेका छन् ।
देशमा अहिले कम्युनिष्टहरुले बर्बाद पार्न खोजेकोले लोकतान्त्रिक गठबन्धनले देशको समृद्धि र विकास गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले बताए । ‘कम्युनिष्टहरु मिलेर देशलाई बर्बाद पार्न खोजेका छन् ।’ उनले भने, ‘देश विकास समृद्धिका लागि लोकतान्त्रिक गठबन्धनको बिजय आवश्यक रहेको छ ।’
देशमा समृद्धि र विकास लोकतन्त्रमा रहने र कम्युनिष्ट शासन ब्यवस्थामा लोकतन्त्रको कुनै स्थान नरहने प्रधानमन्त्री देउवाले बताए । ‘देशमा कम्युनिष्ट शासन ब्यवस्थामा लोकतन्त्रको कुनै स्थान रहदैन् ।’ उनले भने,‘समृद्धि र विकास लोकतन्त्रमा संम्भव रहेको छ ।’
प्रधानमन्त्री देउवाले नेपालकै पछाडी परेको कर्णाली क्षेत्रको विकासका लागि आफुले धेरै प्रयास गरेको त्यसका लागि अब पनि आफु लागि पर्ने प्रधानमन्त्री देउवाले बताए ।
‘कर्णाली सबै क्षेत्रमा पछाडी परेको छ ।’ उनले भने, ‘त्यसका विकासका मैले धेरै प्रयास गरेको छुँ ।’
प्रधानमन्त्री देउवाले कोटबाडा विमानस्थलको चाडै कालोपत्रे गर्ने र विमानस्थलमा नियमित उडान गरिने समेत बताए । ‘यो विमानस्थलको कालोपत्रे चाडै गरिने छ ।’ उनले भने,‘नियमित उडानसमेत तयारी थालेका छौं ।’
प्रदेश नं. ६ र ७ मा पर्ने रामारोसन, बडिमालिका पर्यटकिय क्षेत्रको विकास प्रर्बद्धनका लागि बडिमालिका रामारोसन कोटबाडा विमानस्थलमा सडक संजालले जोड्ने गुरुयोजना निर्माण गर्न आवश्यक रहेको प्रधानमन्त्री देउवाले बताए । ‘रामारोसन, बडिमालिका पर्यटकिय क्षेत्रको विकास प्रर्बद्धनका कोटबाडा विमानस्थलबाट ती क्षेत्रमा जोड्ने सडक निर्माण आवश्यक रहेको छ ।’ उनले भने,‘त्यसका लागि सबै प्रक्रिया पुरा भएका छन् ।’